साहित्यपोस्ट डट कम

सुरेन उप्रेतीद्वारा अनेसास अध्यक्षमा उम्मेदवारी घोषणा

सुरेन उप्रेतीद्वारा अनेसास अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुुर्याउन महत्वपूर्ण योगदान गरिरहनुभएकाे साहित्यकार सुरेन उप्रेतीले आगामी कार्यसमितिका लागि अध्यक्षको उमेद्वारी दिने घोषणा गर्नुभएकाे छ । गैरआवासीय नेपालीका सन्तानलाई नेपाली भाषा सिकाउने अभियानमा गम्भीर रुपमा लाग्नुभएकाे उप्रेतीले केन्द्रीय कार्यसमिति २०२६–२०२८ को निर्वाचनका लागि अध्यक्षको उमेद्वारी दिने घोषणा गर्नुभएकाे हाे । बैशाख २४ गते इनेप्लीज र बैशाख २५ गते साहित्यपोस्टमार्फत उहाँले उक्त घोषणा गर्नुभएकाे हाे ।

पाँचथरमा जन्मिनुभएकाे उप्रेतीले ५० को दशकमा अध्ययनका क्रममा धरान बस्दा साहित्य लेखन प्रारम्भ गर्नुभएकाे हाे । २०५३ सालमा ‘आजका स्वरहरू’ कविता सङ्ग्रहबाट साहित्यमा औपचारिक पाइला चाल्नुभएकाे उप्रेतीले २०५८ सालमा ‘अजम्बरी माया’ बाल कथा सङ्ग्रह प्रकाशित गर्नुभएकाे थियाे ।

सन २००२ मा क्यानडामा पुग्नुभएकाे उप्रेती त्यहीँबाट साहित्यसेवामा प्रवेश गर्नुभयाे । उहाँले २००३ देखि २००७ सम्म नेपाली पाठशालामा नेपाली भाषा शिक्षकको रूपमा गैरआवासीय नेपालीका सन्तानलाई नेपाली भाषासँग जोड्ने काम गर्नुभएकाे थियाे । क्यानडामा सन् २००४ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना गर्नुभएकाे उप्रेती सन् २००६ मा अनेसास केन्द्रीय समितिकाे महासचिव निर्वाचित हुनुभएकाे थियाे । त्यसयता अनेसासमा निरन्तर लाग्नुभएकाे उप्रेती २००४ देखि २०१० सम्म अनेसास क्यानडाको अध्यक्ष र २०१० देखि हालसम्म सक्रिय रहनुभएकाे छ ।

सन २०१५ देखि २०१७ सम्म एनआरएन क्यानडाको उपाध्यक्ष निर्वाचित हुनुभयाे यता नेपाली नयाँ बर्ष र अंग्रेजी नयाँ वर्षमा क्यालेण्डर प्रकाशन गरी ६ हजार डलर विज्ञापन मार्फत उठाएर संस्थालाई प्रदान गरेको । त्यस्तै स्मारिका प्रकाशन गरी २ हजार डलर संकलन गरेको । बालबालिकाहरूलाई नेपाली भाषा पढाउनका लागि कक्षा एकदेखि–आठसम्मको पाठ्यक्रम बनाई सोही अनुसारका पुस्तकहरू – प्रवासमा नेपाली शिक्षा , भाग १ र भाग २– प्रकाशन गरी क्यानडा भरी वितरण गर्नुभएकाे थियाे ।

एनआरएनको भाषा साहित्य विभागमा रहेर सन २०१८ मा प्रथम नेपाली भाषा साहित्य सम्मेलनमा सदस्यसचिवको भूमिका निर्वाह गर्नुभएकाे थियाे । त्यही बेला उहाँले उत्तर अमेरिकाका कथाकारहरूका कथा संकलन गरी २१ वटा कथालाई अंग्रेजीमा प्रकाशन समेत गर्नुभएकाे थियाे ।

उहाँसँग एनआरएनको संस्कृति र सम्पदा समितिमा रहेर द सिङ्गर गायन प्रतियोगिता कार्यक्रम, सम्झनामा कृष्णप्रकाश श्रेष्ठ नामक स्मृति ग्रन्थ र अक्षर शिरोमणि मदनमणि दिक्षित नामक ग्रन्थ पनि तयार गर्नुभएकाे थियाे । बालसाहित्यका दश कृति तयार गर्नुभएकाे उप्रेतीले आफू अध्यक्ष भए निम्न काम गर्ने वाचापत्र तयार गर्नुभएकाे छ ।

उहाँका ११ वटा वाचा यस प्रकार छन् ।

१– अनेसासको भवन निर्माण योजनालाई निरन्तरता दिँदै सफल बनाउने ।

२– नेपालीहरुको मातृभूमि नेपालको राजधानीमा पनि अनेसासको भवन निर्माणका लागि जग्गा खोज्ने कार्य भैरहेको र प्राप्त भएपछि कानुनी व्यवस्था तथा निर्माणका लागि केन्द्रीय समितिबाट पास गराई योजना र प्रकृयालाई मूर्तरूप दिई भवन निर्माण कार्यलाई अगाडि बढाउने ।

३– पठन संस्कृतिको विकाश गर्न श्रव्य पुस्तक तयार गर्ने र ती पुस्तकहरूलाई यथा यथा समयमा केन्द्रीय र च्याप्टरका पदाधिकारीहरू तथा सदस्यहरूले पढ्ने र अरूले सुन्ने, अथवा उहाँहरू सबैले सुन्ने चलन बसाउने र सो सो पुस्तकको समीक्षा गर्ने प्रथाको थालनी गर्ने ।

४– नेपाल प्रज्ञाप्रतिष्ठान. त्रि वि वि, का वि वि, पूर्वाञ्चल, पश्चिमाञ्चल , संस्कृत विविहरू तथा अन्य संघसंस्था अनि सम्पादक, सम्पादन र प्रकाशन गृहहरूसित यथासम्भव सहकार्यका सम्झौता गर्ने र कार्यन्वयन गर्ने, गराउने ।

५– नेपाल सरकारलाई हजुरबा हजुरआमा दिवस घोषणा गरेर २०२२ देखि मनाउँदै आएको दिवसलाई विश्वभर पुर्याउन ज्ञापन पत्र दिने ।

६– नेपाललाई विश्वभरी परिचित गराउन नेपाली राष्ट्रिय पोशाक दिवसको घोषणा गर्न नेपाल सरकारलाई ज्ञापन पत्र दिने र लागु गर्न पहल गर्ने । सो दिवसमा नेपाल भित्रका सबै पोशाक लगाएर सन्सारभरका शहरहरूमा एकै दिन र्याली गर्ने ।

७– बालबालिकाहरूलाई भाषा कक्षा सबै महादेशहरूमा अनलाइन मार्फत सुरु गर्ने । पाठ्य सामाग्रिलाई अन्य संघसंस्थाहरूसँग समन्वय गरी एकरूपता ल्याउने ।

८– सर्जकहरूलाई बाल साहित्य लेखनमा पनि प्रेरित गर्ने ।

९– बालबालिकाहरूलाई विविध विषयका लेखन, तालिम, अन्तक्र्रिया कार्यक्रम संचालन गरी नेपाली भाषा साहित्य र संस्कृतिको महत्व बोध गराउने । हरेक नेपाली घरमा नेपाली भाषा वोल्न प्रेरित गर्ने ।

१०– साहित्यका विविध विधामा बाल, किशोर, युवायुवतीहरूको प्रतियोगिता गर्ने, गराउने ।

११ – साहित्यमा नोवेल पुरस्कार या यस्तै अन्य ख्याती प्राप्त साहित्यिक सर्जकहरूलाई नेपालमा ल्याउने र नेपाली साहित्यकारहरूसँग अन्तक्रिया गराउने ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.