साहित्यपोस्ट डट कम

सुन्दर कुरुपलाई ‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ प्रदान गरिने

सुन्दर कुरुपलाई ‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ प्रदान गरिने

पाँचथर । इलाममा स्थापित हाङयुगजुनिता फाउन्डेसन ले यस वर्षको ‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ गजलकार, कवि तथा कथाकार सुन्दर कुरुप लाई प्रदान गर्ने घोषणा गरेको छ ।

फाउन्डेसनले प्रेस विज्ञप्तिमार्फत उक्त पुरस्कार यही वर्षदेखि वितरण सुरु गर्न लागिएको जनाएको हो । पहिलो संस्करणको पुरस्कार वैशाख १८ र १९ गते आयोजना हुने इलाम साहित्य महोत्सव को उद्घाटन सत्रमा प्रदान गरिने फाउन्डेसनका अध्यक्ष हाङयुग अज्ञात ले जानकारी दिनुभयो ।

पुरस्कारमा नगद ५० हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिनेछ । फाउन्डेसनका अनुसार हरेक वर्ष साहित्य, कला, संगीत, पत्रकारिता, स्वास्थ्य, शिक्षा तथा खेलकुद लगायतका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई यस पुरस्कारद्वारा सम्मान गरिनेछ ।

यस वर्षको पुरस्कारका लागि इलाम नगरपालिकाको साहित्य कला संगीत प्रतिष्ठान को सिफारिसमा सुन्दर कुरुप लाई चयन गरिएको हो । गजल, कविता र कथामार्फत नेपाली साहित्यमा योगदान पुर्‍याउँदै आएका कुरुप इलामको हात्तीलेखा क्षेत्रमा बसोबास गर्दै आउनुभएको छ र राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न सफल हुनुभएको छ ।

फाउन्डेसनले साहित्य तथा सिर्जनशील क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो पुरस्कार स्थापना गरिएको जनाएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.