साहित्यपोस्ट डट कम

स्रष्टा साँझ अमेरिकाद्वारा नयाँ वर्ष २०२६ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

स्रष्टा साँझ अमेरिकाद्वारा नयाँ वर्ष २०२६ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अमेरिका | शनिबार, जनवरी ३, २०२६ — नेपाली साहित्यको प्रवर्द्धन र विश्वभर छरिएका नेपाली स्रष्टाहरूलाई जोड्ने उद्देश्यले सन् २०१७ मा अमेरिकाको टेक्ससमा स्थापना भएको स्रष्टा साँझ अमेरिकाले नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदानप्रदान तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।

भौतिक तथा अनलाइन जुम प्रविधिमार्फत करिब चार घण्टा चलेको उक्त कार्यक्रममा नेपाल, अमेरिका र भारतका साहित्यकार तथा स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै स्रष्टा भेटघाट र रचनावाचनसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सर्वज्ञ वाग्ले, महासचिव राजु सिटौला, साथै तीर्थ अधिकारी, डा. देवी पन्थी, राधाकृष्ण काफ्ले, विजयराज भट्टराई, नीता गुरुङ, निर्मला राई, रमा शर्मा, खेमराज पोखरेल, ममता मृदुल, टीका गौतम, रिता देवी प्रधान, साधना कुमारी, बासु भण्डारी, आर.सी. रिजाल, घनश्याम पौडेल, भगवती पौडेल लगायत प्रतिष्ठित स्रष्टाहरू सहभागी हुनुहुन्थ्यो ।

संस्थाका अध्यक्ष प्रा. प्रभात दीक्षितले स्वागत मन्तव्यसहित नयाँ वर्षको शुभकामना व्यक्त गर्दै संस्थाका कार्यक्रमहरूमा निरन्तर माया र सक्रिय सहभागिता प्रदान गरेकोमा सबै स्रष्टाप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

त्यसैगरी संस्थाका सचिव बैकुण्ठराज आचार्यले संस्थाको उद्देश्य, पृष्ठभूमि तथा हालसम्म सम्पन्न साहित्यिक गतिविधिहरूबारे जानकारी गराउनुभयो ।

कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम संयोजकद्वय विश्वराज अधिकारी तथा पवनकुमार बुढाथोकीले गर्नुभएको थियो । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित निरन्तर सक्रिय रहँदै आएको स्रष्टा साँझ अमेरिकाले आगामी दिनमा पनि यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.