साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

शरणलाई ‘भोजपुर प्रतिभा सम्मान’, तेजेन्द्रलाई ‘प्रतिभा पुरस्कार’

शरणलाई ‘भोजपुर प्रतिभा सम्मान’, तेजेन्द्रलाई ‘प्रतिभा पुरस्कार’

सुनसरी । भोजपुर प्रतिभा प्रतिष्ठान वेलायतले आख्यानकार शरण राईलाई ‘भोजपुर प्रतिभा सम्मान’ तथा लोकगायक तेजेन्द्र गन्धर्वलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरेको छ ।

धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयको सभाकक्षमा शुक्रबार आयोजित समारोहमा राईलाई नगद १५ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्ला प्रदान गरिएको थियो भने गन्धर्वलाई नगद ३५ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा अग्रज साहित्यकार बम देवान र प्रतिष्ठानका अध्यक्ष काङ्माङ नरेशले सम्मान तथा पुरस्कार हस्तान्तरण गर्नुभएकाे थियाे ।

शरण राईका आधा दर्जनभन्दा बढी आख्यान तथा लघुकथा सङ्ग्रह प्रकाशित छन् भने सारङ्गीवादक तेजेन्द्र गन्धर्वका तीन दर्जनभन्दा बढी लोकभाकाका गीत रेकर्ड भइसकेका छन् ।

प्रतिष्ठानले यसअघि पूर्णप्रकाश यात्री, परशु प्रधान, कृष्ण जोशी, जीवी लुगुन, शैलेन्द्र साकार, मन्जुल, गणेश रसिक, ज्ञानमणि नेपाल, श्याम तमोट तथा हिरण्य भोजपुरेलाई सम्मान गरिसकेको छ ।

त्यसैगरी श्रवण मुकारुङ, दिनेश वान्तवा, विप्लक ढकाल, विमल गिरी, मीरा राई, पूर्ण इन्फादा, भिषण मुकारुङ, कविता राई र करुणालाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको जनाएको छ ।

ट्याग: शरण राई
साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.