साहित्यपोस्ट डट कम

‘शारदा’को जेठ अङ्क प्रकाशित

‘शारदा’को जेठ अङ्क प्रकाशित

काठमाडौं । नेपालको जेठो साहित्यिक पत्रिका ‘शारदा’को २०८३ साल जेठ अङ्क प्रकाशित भएको छ ।

वि.सं. १९९१ फागुनमा पहिलोपटक प्रकाशन शुरू भएको ‘शारदा’को यसपटक वर्ष १३, अङ्क २ तथा पूर्णाङ्क १४६ प्रकाशित भएको हो । पत्रिकाका सम्पादक तथा प्रकाशक विमल भौकाजी, प्रबन्ध निर्देशक अन्जूलक्ष्मी प्रधान तथा सल्लाहकार डा. दुबसु क्षेत्री रहनुभएको छ ।

जेठ अङ्कमा कवि वीरेन्द्र पाठकको ‘हस्ताक्षर कविता’ समावेश गरिएको छ । यसैगरी भागीरथी श्रेष्ठको ‘ऐतिहासिक दस्तावेज’, ज्ञानुवाकर पौडेलका गजल, माधव काफ्लेको निबन्ध, डा. दुबसु क्षेत्री र सपूत कार्कीका कविता प्रकाशित छन् ।

अङ्कमा तेजप्रकाश श्रेष्ठको नियात्रा, ज्ञानेन्द्र विवशको लघुनिबन्ध तथा विश्वराज अधिकारीको ‘देशबाहिरका नेपाली लघुकथा’ स्तम्भ पनि समावेश गरिएको छ । उक्त स्तम्भ दीपक लोहनीद्वारा प्रस्तुत गरिएको हो ।

त्यसैगरी डा. नवराज सुब्बाका कविता, पवनकुमार बुढाथोकीको चारु, डा. शान्तिमाया गिरीको समालोचना, विवेक दुलाल क्षेत्री ‘दमक’को कथा, शान्ति रिसालको कविता तथा डा. नवराज रिजालको निबन्ध पनि प्रकाशित भएका छन् ।

अङ्कमा सुमन ‘शिरीष’ पोखरेलका कविता, अतृप्ताचार्यको लघुकथा, नारायणकुमार आचार्यको गीत, डा. हरिप्रसाद भण्डारीको समालोचना, बुद्धिमान महर्जनको कविता, दशराज शाक्यको निबन्ध तथा अरुणबहादुर खत्री ‘नदी’को ‘नयाँ पुस्तक’ स्तम्भ समेटिएको छ ।

यसका साथै विजयरत्नको लघुकथा, विन्दु अधिकारी ढकालका कविता तथा भीम राना ‘जिज्ञास’का मुक्तक पनि प्रकाशित छन् ।

दीर्घ साहित्यिक परम्परा बोकेको ‘शारदा’ले यस अङ्कमार्फत कविता, कथा, निबन्ध, समालोचना, नियात्रा, लघुकथा, गजल र गीतलगायत विविध विधाका सिर्जना पाठकमाझ प्रस्तुत गरेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.