साहित्यपोस्ट डट कम

साताकाे पुस्तक : धमिराको देवल

साताकाे पुस्तक : धमिराको देवल

धमिराको देवल : बोधराज पौडेल

निबन्धकार बोधराज पौडेलको निबन्ध संग्रह हो ‘धमिराको देवल’ । पौडेलले सामाजिक यर्थाथलाई शब्दहरुको कला भरेर सुन्दर निबन्ध पस्किीनुभएको छ ।

”कविता विधा यिनको लेखन यात्राको प्रस्थानविन्दु रह्यो । पुस्तकमा आर एम् ड‌ङ्गोल लेख्नुहुन्छ, अनुभूतिको पौढता र तीक्ष्णतासँगै विचार निर्मितिक्रममा सायद कविताको साँध सीमा यिनलाई अपर्याप्त लाग्यो अनि यिनी निबन्धतिर लहसिए । यसैमा एकोहोरिएको साक्ष्यको रूपमा दोस्रो निबन्ध कृति ‘धमिराको दैबल’ सार्वजनिक भएको छ। तीन दशक लामो साहित्यिक यात्रामा आर्जन गरेको विपुल अनुभवराशि र जीवन भोगाइको प्रतिक्रिया पहिलो निबन्ध कृति ‘साेकेसको ऐना’मा बोधराज पौडेलले आफैलाई निफने, छामे, जोखे र तौले। यस क्रममा यिनले अमर्मण्यता, अव्यवस्था र अराजकताप्रति आलोचकीय मत जाहेर गरेका छन् । पछिल्लो कृतिका निबन्धहरूमा यिनी सरल जीवन, सुन्दर जगत्, सरस व्यहारको पक्षमा देखिएका छन् । निबन्धको वस्तु चयन र प्रस्तुति शिल्पमा निजत्वको गाढा महक महसुस हुन्छ ।”

त्यसैगरी पुस्तकमा प्राज्ञ डा. भागवत आचार्य लेख्नुहुन्छ, कवि तथा निबन्धकार बोधराज पौडेलको दोस्रो निबन्ध कृति ‘धमिराको देवल’ सष्टा पौडेलको अन्तश्चेतना, व्यावहारिक परिपक्व, गहिरो जीवनबोध तथा गहन आत्मानुभूतिको अभिव्यक्तिका रूपमा आएको छ । उनका निबन्धको विषयको क्षितिज समाजका भौतिक सन्दर्भबाट विस्तार हुँदै अध्यात्मतर्फ ढल्केको देखिन्छ । ‘अध्यात्मको पाटोलाई सम्झेर भुलौं सारा द्वेष र विकारहरू’ (आदर्श), ‘यही जीवनको बोध नभएको होइन मात्र तत्वबोधको कमीले भौतारिएको हो’ (अतृप्त जलको तृष्णा) जस्ता अभिव्यक्ति अब उनको दृष्टि क्रमशः सुक्ष्म हुँदै गएको प्रमाण हो । निबन्धले वर्णनको भारभन्दा अन्तस्करणको चेतको गहिराइ छाम्छ (पाखनवेदको गुणमा निबन्धको सङ्घर्ष) भनी निबन्धलाई परिभाषित गर्छ। यो कृति उनको निबन्धलेखनको परिपक्व अभिव्यक्ति र शिल्पगत उत्तरोत्तर प्रगतिको निशानी हो ।”

पुस्तकलाई परिबोध मिडिया प्रा.लिले प्रकाशन गरेको छ । २२ ओटा निबन्ध सङ्ग्रहित पुस्तकको मूल्य चार सय ५० रुपियाँ रहेको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.