साहित्यपोस्ट डट कम

साताकाे पुस्तक : सभा देखि सागर…

साताकाे पुस्तक : सभा देखि सागर…

सभा देखि सागर… – दाजु गुरुङ

लेखक दाजु गुरुङको निबन्ध सङ्ग्रह हो ‘सभा देखि सागर…’ । पुस्तकमा दाजु गुरुङले हङकङलाई कर्मथलो बनाएर बस्ने नेपालीहरुको जीवन सङर्घषको उतार चढाव लेख्नुभएको छ ।

”कति भेटिए, कति छुटिए जिन्दगीका उकाली ओरालीहरूमा ।” पुस्तकमा दाजु गुरुङ लेख्नुहुन्छ, ”कति खर्चिए, कति साँचिए, जिन्दगीका हिसाब-किताबहरूमा । र, कति लेखिए, कति मेटिए सम्झनाका तरेलीहरूमा । तर सबै कहाँ साँच्न सकिँदोरहेछ र । अनि सोचेजस्तै सबै कहाँ हुँदोरहेछ र । जति भयो, जति गरियो सन्तोष पनि गर्नु पर्दोरहेछ । तर, कतै पर्दोरहेछ भनेर सन्तोष मानेर बस्नु बाँचिरहेको समयसँग पो सम्झौता गरिएजस्तो पनि हुँदोरहेछ । तथापि यी सबै समय-समयका प्रयासहरू हुन्, अलिकति बचेको समय सदुपयोग पनि । र, कतै सदुपयोग वा अतिपयोग अति पो हुने हो कि ? आश‌ङ्काहरू पनि खेल्न आउँछन् घरीघरी । तर, जे ऑटियो, गरियो यस्तै भयो यसपटकका लागि । सम्झना ! कति मीठो लाग्ने । बेलाबखत खेल्न आउँछन् फुसर्दका क्षणहरूमा । तर, कति सम्झिए, कति बिर्सिए ! सबै सम्झिएर साध्य नहुने र केही बिर्सिन खोजे पनि बिर्सन नसकिने। अनि घोचिरहने बिगतको पानाभित्र रहेर । तर, कति-कति त पीडादायक भएर पनि सम्झनामा मीठो लाग्ने ती भोगाइहरू । अनि जसरी तसरी काटिए । धेरै जम्मा भएका रहेछन् ती पलहरू जिन्दगीले देश खोज्दै जाँदा । सायद तिनै यादहरू पो सँगालिन गएका हुन कि यो सभादेखि सागर (यात्रा र सम्झनामा) ! आभारी छु – मेरो लेखन र प्रकाशनमा सधैं सहयोग पुन्याइरहने सलबहादुर कोरङ्गी, प्रेमकुमार कोरङ्गी, देवेन्द्र कोरङ्गी, प्रकाश (जेपी) गुरुङ, टि.बि. याक्खा, सुनिता गिरी, भाइ सुरेन्द्र गुरुङ, लोकबहादुर घले, एलबी गुरुङ, अमिर गुरुङ, अनित गुरुङ, संखुवासभा समाज हङकङलगायत सबै सहयोगी मनहरूमा । कृतज्ञ छु- समग्र संयोजनका लागि कवि तथा प्राज्ञ शशी लुमुम्बू, प्रकाशनका लागि रत्न पुस्तक भण्डार, शुद्धाशुद्धिका लागि माधव नेपाल र अनिता पन्थी, आवरणकलाका लागि सुन्दर बस्नेत र लेआउटका लागि द प्रिन्ट डिजाइन र ध्रुव बस्नेतप्रति ।”

पुस्तकलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । दुई सय ४९ पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय ९९ रुपियाँ रहेको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.