साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

साताकाे पुस्तक : नेपाली कर्खाको अध्ययन

साताकाे पुस्तक : नेपाली कर्खाको अध्ययन

नेपाली कर्खाको अध्ययन – डा. मुकुन्दराज पथिक वाग्ले

लेखक डा. मुकुन्दराज पथिक वाग्लेको पुस्तक हो – ‘नेपाली कर्खाको अध्ययन’ । वाग्लेले पुस्तकमा गन्धर्वहरुले घटनाहरुलाई कर्खा भाकाबाट कसरी सबै सामु पस्किन्छन् ? यसको सुरुवात कसरी भयो आदी बारे अध्ययन गरी यो पुस्तक तयार पार्नुभएको छ ।

”‘नेपाली कर्खाको अध्ययन’ मैले त्रिभुवन विश्वविद्यालयको प्रयोजनका लागि तयार गरेको हुँ।” पुस्तकमा लेखक डा. मुकुन्दराज पथिक लेख्नुहुन्छ, ”यस एक वर्षको अवधिमा मैले विभिन्न ठाउँहरूमा स्थलगत अध्ययनभ्रमण गरी भेटिएसम्मका ऐतिहासिक नेपाली कर्खाहरूलाई सङ्कलन गर्ने कार्य गरेको छु। अध्ययनका क्रममा मेरा श्रद्धेय गुरु लोकसाहित्यविद् तथा भाषाशास्त्री प्रा. डा. चूडामणि बन्धुको मार्गनिर्देशनले मलाई हौसला प्रदान गरेको छ। उहाँको उच्च प्राज्ञिक, व्यावहारिक र प्राविधिक सुझावले यस अध्ययन कार्यलाई पूर्णता दिन सकिएको हो । उहाँले मप्रति देखाउनुभएको सहृदयता र आत्मीय भावले मलाई ठूलो सहयोग पुऱ्याएको छ। म उहाँप्रति अनुगृहीत छु । मेरा अर्का गुरु प्रा. डा. माधवप्रसाद पोख्रेलले मलाई आवश्यक सुझाव र सामग्रीहरू जुटाइदिनुभएकाले म उहाँप्रति पनि कृतज्ञ छु । नेपाली कर्खाको अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले यस लेखकलाई एक वर्षको अध्ययन बिदा उपलब्ध गराएकोमा हृदयदेखि नै धन्यवाद अर्पण गर्दछु। यस कार्यका लागि उचित वातावरण मिलाइदिएकोमा म त्रि.वि. विश्वभाषा क्याम्पसलाई विशेष धन्यवाद दिन्छु । अध्ययन अनुसन्धान शुरु गर्दादेखि अहिलेसम्म नेपालका धेरै जिल्लाका सम्बन्धित व्यक्तिहरू र कर्खाका गायकहरूले आ-आफ्नो ठाउँबाट मलाई सहयोग नगरेको भए मेरो अध्ययन यस रूपमा सफल हुन सक्ने थिएन । म उहाँहरू सबैलाई एकमुष्ट रूपमा हृदयदेखि धन्यवाद अर्पण गर्दछु । अनुसन्धानका क्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, कीर्तिपुर, मदन पुरस्कार पुस्तकालय, पाटन ढोकाबाट पनि सहयोग प्राप्त भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, साझा प्रकाशन, पुलचोक, विश्वभाषा क्याम्पसको पुस्तकालय र केशर पुस्तकालय, केशर महलबाट प्राप्त सहयोगका लागि कृतज्ञता प्रकट गर्दछु। यसको साथै म्युजिक नेपाल, अनामनगर, काठमाडौँबाट पनि सहयोग प्राप्त भएको छ। स्वयम्भू काशी सदन निवासी डा. हंसपुरे सुवेदीले पनि आवश्यक सामग्री जुटाइदिएर मलाई सहयोग प्रदान गर्नुभएको छ । विभिन्न ठाउँहरूमा पुग्दा मैले धेरै व्यक्तिहरूबाट आवश्यक सहयोग पाएको छु। उहाँहरूको सहयोग अविस्मरणीय रहेकाले म साधुवाद व्यक्त गर्दछु ।”

पुस्तकलाई शब्दमिडिया प्रा.लि. साहित्यपोस्टले प्रकाशन गरेको छ । चार सय ७१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय ५० रुपियाँ रहेको छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.