साहित्यपोस्टले आजीवन सदस्यहरूको सम्मिलनमा ‘शुभाकांक्षा सभा’ सम्पन्न गरेको छ । साहित्यपोस्टका लगानीकर्ता, आजीवन सदस्य तथा शुभचिन्तकहरूको उपस्थितिमा उक्त सभा सम्पन्न भएको हो ।
सभामा साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइरालाले साहित्यपोस्टको पाँच वर्षे यात्राको आर्थिक विवरण प्रस्तुत गर्दै आगामी पाँच वर्षको खाका प्रस्तुत गर्नुभएको थियो । कोइरालाले संयुक्त पहलमा हालसम्म एक करोड २९ लाख लगानी भइसकेको जानकारी सभालाई गराउँदै लगानीकर्ताहरूको विवरण प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख लगानीकर्ताहरू प्रधानसम्पादक अश्विनी कोइराला, संरक्षकद्वय प्रकाश पौडेल ‘माइला’ र सर्वज्ञ वाग्ले, आजीवन सदस्यहरू एवं अन्य लगानीकर्ता राजन अधिकारी र उहाँको समूह, सुनिता सुवेदी, तारा भट्टराई, तैँ तैँ धिताल, माया मितु, आलोक चालिसे तथा विनोद पौडेलप्रति सभाले साहित्यिक कृतज्ञता प्रकट गरेको थियो ।
तैँ तैँ धितालको सहजीकरणमा सञ्चालित सभामा उपस्थित आजीवन सदस्य तथा सहित्यिक व्यक्तित्वहरूले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
धारणा व्यक्त गर्नेहरूमा शरच्चन्द्र वस्ती, सनतकुमार वस्ती, विनयकुमार भण्डारी, सुनिता सुवेदी, गणेशप्रसाद लाठ, चेतन काफ्ले, तारादेवी सुनुवार, सुमन पाण्डे, पूर्ण ओली, आलोक चालिसे, ज्ञानेद्र विवश, विनोद खड्का, कृष्ण बाउसे, सञ्जीव पौडेल, योगेन्द्र तिमिल्सिना, हरि गौतम, हरिप्रसाद उप्रेती, चैतन्य अधिकारी तथा खगराज बराल हुनुहुन्थ्यो । साथै, सभालाई नवनिर्वाचित प्रतिनिधि सभाका सांसद् साहित्यकारद्वय गनेस पौडेल र गणेश कार्कीले पनि सम्बोधन गर्नुभएको थियो ।

