साहित्यपोस्ट-नपढी सुखै छैन...

साहित्यपोस्ट अङ्ग्रेजीको सम्पादकमा पेशलकुमार लुइँटेल नियक्त

साहित्यपोस्ट अङ्ग्रेजीको सम्पादकमा पेशलकुमार लुइँटेल नियक्त

काठमाडौँ, श्रावण ९

साहित्यपोस्ट ई–दैनिकको अङ्ग्रेजी संस्करणको सम्पादकमा साहित्यकार पेशलकुमार लुइँटेल नियुक्त हुनुभएको छ । अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गरिरहनुभएका साहित्यकार लुइँटेल कुशल काव्यकार, निबन्धकार र अधिवक्ता पनि हुनु हुन्छ । यसअघि सम्पादकको भूमिकामा रहनुभएका महेश पौड्याल साहित्यपोस्टको नेपाली संस्करणको सम्पादक नियुक्त भएपछि लुइँटेललाई अङ्ग्रेजीतर्फको सम्पादक पदमा नियुक्त गरिएको प्रधान सम्पादक अश्विनी कोइरालाले जानकारी दिनुभएको छ । यसअघि लुइँटेल त्यसै ई–पत्रिकाको सहसम्पादक पदमा कार्यरत हुनुहुन्थ्यो ।

लुइँटेल कविता, गीत र निबन्धमा क्षेत्रमा सिद्धहस्त लेखक हुनुहुन्छ । कवितातार्फ उहाँको ‘पोल्टाभित्र डिही’ कवितासङ्ग्रह प्रकाशित छ भने अङ्ग्रेजीतर्फ ‘म्युजिक अफ वाटर’ पर्या निबन्धसङ्ग्रह प्रकाशोन्मुख छ । विभिन्न पत्रपत्रिकामा लेख रचना र जर्नलहरूमा अनुशान्धानात्मक लेख प्रकाशित गरिसक्नुभएका लुइँटेलसँग नेपाली र अङ्ग्रेजी साहित्यको गहन अध्ययनका साथै कानुनी क्षेत्रको गहिरो ज्ञान र अनुभव छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.