साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

साहित्यकास अन्तर्गत अमृता स्मृतिको एकल कविता वाचन सम्पन्न

साहित्यकास अन्तर्गत अमृता स्मृतिको एकल कविता वाचन सम्पन्न

दमक । डिपिएल (DPL) दमकको आयोजनामा ‘साहित्यकास’ विशेष साहित्यिक कार्यक्रमअन्तर्गत कवि अमृता स्मृतिको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम डिपिएल दमककी अध्यक्ष पूर्णिमा तिम्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय साहित्यकार, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख आकर्षणका रूपमा रहेकी कवि अमृता स्मृतिले आफ्ना सिर्जनामार्फत नेपाली समाजका विविध यथार्थलाई सशक्त रूपमा प्रस्तुत गर्नुभयाे । उहाँका कविताहरू विशेषगरी नारी जीवन, वर्गीय विभेद, प्रेम तथा मानवीय संवेदनाका विभिन्न आयाममा केन्द्रित रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पूर्णिमा तिम्सिनाले युवापुस्तालाई साहित्यसँग जोड्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयाे । उहाँले दमकलाई साहित्यिक नगरीका रूपमा विकास गर्न ‘साहित्यकास’ जस्ता पहलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा दमक क्षेत्रका विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा युवा स्रष्टाहरूको सक्रिय सहभागिता रहेको थियो । आयोजकका अनुसार ‘साहित्यकास’ कार्यक्रमले स्थानीय स्तरमा साहित्यिक चेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

प्राप्त जानकारीअनुसार कवि अमृता स्मृति नेपाली साहित्यमा उदाउँदै गरेको एक प्रगतिशील आवाजका रूपमा स्थापित हुँदै गइरहनुभएकाे छ । उहाँका कवितामा प्रेम, प्रकृति, सहअस्तित्वका साथै लैङ्गिक तथा वर्गीय असमानताजस्ता विषयहरू गहिराइका साथ अभिव्यक्त हुने गरेका छन् ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.