नेपाली साहित्य क्षेत्रमा फरक पहिचान बनाउनुभएका लेखक सर्वज्ञ वाग्लेका जुवा खेलसँग सम्बन्धित कविता अबदेखि साहित्यपोस्ट ईदैनिकमा नियमित रूपमा प्रकाशन हुने भएका छन् ।
जुवा विषयलाई साहित्यिक रूपमै गहिरो ढंगले प्रस्तुत गर्दै आउनुभएका वाग्लेले यसअघि ‘जूवाघर’ (हास्यव्यंग्य निबन्ध संग्रह, २०६८), ‘क्यासिनो’ (कथासंग्रह, २०६९), ‘युधिष्ठिर’ (कथासंग्रह, २०७२) तथा ‘साँढे’ (हास्यव्यंग्य निबन्ध, २०७४) जस्ता कृतिहरू प्रकाशित गरिसक्नुभएको छ ।
धेरै वर्ष क्यासिनो जागिरे अनुभवलाई आधार बनाएर तयार गरिएका उहाँका सिर्जनाहरूले जुवा संस्कृतिको यथार्थ, मनोविज्ञान र सामाजिक पाटोलाई व्यंग्यात्मक तथा कलात्मक ढंगले उजागर गर्दै आएका छन् ।
साहित्यपोस्ट ईदैनिकका संरक्षक समेत रहनुभएका वाग्लेका यी नयाँ कविताहरूले पाठकमाझ जुवा विषयक साहित्यिक विमर्शलाई थप विस्तार गर्नेछ ।

