साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

रोचक घिमिरेलाई लीलाध्वज थापा साहित्य सम्मान

रोचक घिमिरेलाई लीलाध्वज थापा साहित्य सम्मान

काठमाडौं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई ‘लीलाध्वज थापा साहित्य सम्मान’ समर्पण गरेको छ ।

साहित्यकार लीलाध्वज थापाको १०६औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जयराज आचार्यले घिमिरेलाई सम्मानपत्रसहित २५ हजार रुपैयाँ नगद प्रदान गर्नुभएको हो ।

प्रा.डा. आचार्यले साहित्यिक साधनामा छ दशकभन्दा बढी समयदेखि सक्रिय घिमिरेलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले आदिकवि भानुभक्त आचार्य र कविशिरोमणि लेखनाथ पौड्यालका साहित्यिक विशेषताबारे पनि चर्चा गर्नुभयो ।

कवि डा. देवी नेपालले स्वर्गीय लीलाध्वज थापाको साहित्यिक योगदानमाथि प्रकाश पार्नुभयो ।

सम्मानित घिमिरेले उपन्यास र नाटकबाट साहित्यिक क्षेत्रमा प्रवेश गर्नुभएका लीलाध्वज थापा यशस्वी साहित्यकार रहेको उल्लेख गर्नुभयो । उहाँले नाट्यशिरोमणि बालकृष्ण समसँग थापाको सहकार्यबारे पनि स्मरण गर्नुभयो ।

आफूलाई योग्य ठानेर सम्मान प्रदान गरेकोमा घिमिरेले प्रतिष्ठानप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.