साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

राप्ती साहित्य परिषद्को एकल रचना वाचन शृङ्खलामा जनक

घोराही । राप्ती साहित्य परिषद् दाङ शाखाको ८५औँ एकल रचना वाचन शृङ्खलामा साहित्यकार जनक विकले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको छ ।

परिषद्का जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय पूर्वअध्यक्ष साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विकले १२ वटा कविता वाचन गर्नुभएको थियो ।

प्रमुख अतिथि डा. गिरीले कविमा सिर्जनात्मक क्षमतासँगै काव्यशास्त्रसम्बन्धी ज्ञान पनि आवश्यक हुने बताउनुभयो । अध्ययनशील, सिर्जनशील र प्रतिभाशाली युवा स्रष्टाका रूपमा जनक विकले आफ्ना अनुभूतिलाई प्रभावकारी रूपमा कवितामा उतारेको उल्लेख गर्दै उहाँले दाङको कविता र समकालीन सिर्जनामाथि गम्भीर छलफल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालले विकका कवितालाई गहकिला र समाज रूपान्तरणका पक्षमा प्रेरक रहेको बताउनुभयो । उहाँले कविता वाचन शैलीलाई अझ परिष्कृत बनाउन सुझाव पनि दिनुभयो ।

कार्यक्रममा कवितामाथि समीक्षा गर्दै प्रगतिशील लेखक सङ्घ दाङका जिल्ला सचिव पुरन शर्माले वाचित कवितामा राष्ट्रप्रेम, न्याय, समानता र देशमै रहेर योगदान गर्नुपर्ने चेतना मुखरित भएको बताउनुभयो । उहाँका अनुसार कविताले वर्तमान सामाजिक–राजनीतिक अवस्थाप्रति प्रश्न उठाउँदै परिवर्तनको दिशातर्फ संकेत गरेका छन् ।

सो अवसरमा राप्ती साहित्य परिषद्ले साहित्यकार जनक विकलाई कदरपत्र प्रदान गरी सम्मान गरेको थियो ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.