दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले यस वर्ष पनि स्रष्टा सम्मान, साधारण सभा तथा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी चैत २१ गते शनिबार आयोजना गरिने जनाइएको छ।
परिषद्ले २०८२ सालका लागि पुरस्कार प्रदान गर्न प्रतिभा छनोट समिति गठन गरेको छ। समितिको संयोजकमा दीपक शर्मा ‘समीर’ रहनुभएकाे छ भने सदस्यहरूमा शारदा शर्मा र प्रकाश केसी चयन हुनुभएकाे छ।
परिषद्का अनुसार दाङ शाखामा विभिन्न व्यक्तिहरूद्वारा स्थापना गरिएका चार वटा पुरस्कारहरू रहेका छन्। उक्त समितिको सिफारिसका आधारमा स्रष्टाहरूलाई पुरस्कृत गरिनेछ भने २/३ जना अग्रज स्रष्टालाई विशेष सम्मान गरिनेछ।
शाखाका अध्यक्ष यम रेग्मीले विगतका वर्षहरूझैँ यस वर्ष पनि स्रष्टा सम्मान, साधारण सभा तथा साहित्यिक कार्यक्रम भव्य रूपमा आयोजना गरिने जानकारी दिनुभयो।

