साहित्यपोस्ट डट कम

राप्ती साहित्य परिषद् दाङद्वारा बाल कविता प्रतियोगिता सम्पन्न

राप्ती साहित्य परिषद् दाङद्वारा बाल कविता प्रतियोगिता सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा ‘निमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कार’का लागि घोराहीमा बाल कविता प्रतियोगिता सम्पन्न भएको छ।

घोराहीस्थित गोर्खा इन्टरनेसनल पब्लिक सेकेण्डरी स्कुलमा आयोजित प्रतियोगितामा १० वटा विद्यालयका १४ वर्षभन्दा मुनिका २८ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा सिद्धार्थ एकेडेमीकी अंशु पौडेल प्रथम, ज्योति पुञ्ज बोर्डिङ स्कुलकी प्रेशा खनाल द्वितीय, गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलकी प्रिन्सा पोखरेल तृतीय तथा जनज्योति विद्यामन्दिरकी रुबी अधिकारी सान्त्वना भएकी छन्।

कार्यक्रम यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार एवं पुरस्कार संस्थापक पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। त्यसैगरी गोर्खा इन्टरनेसनलका प्रिन्सिपल मानसिङ घर्ती विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

प्रतियोगितामा साहित्यकार यज्ञबहादुर डाँगी, देवेन्द्र रिजाल र विना रोका निर्णायकका रूपमा रहनुभएको थियो। कार्यक्रम संयोजक सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसी तथा अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसीले गर्नुभएको थियो।

बालबालिकामा साहित्यिक अभिरुचि विकास र सृजनशील प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.