साहित्यपोस्ट डट कम

राप्ती साहित्य परिषद् दाङको १८औँ वार्षिकोत्सव सम्पन्न

राप्ती साहित्य परिषद् दाङको १८औँ वार्षिकोत्सव सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले १८औँ वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान, पुरस्कार वितरण तथा काव्यवाचन कार्यक्रम सम्पन्न गरेको छ। नेपाल पत्रकार महासङ्घ दाङ शाखाको सभाहलमा आयोजित कार्यक्रम परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न विधाका पुरस्कारहरू प्रदान गरिएको छ। ‘यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार’बाट डा. टीकाराम उदासी, ‘कृष्ण गायत्री प्रज्ञा पुरस्कार’बाट हरि पोख्रेल, ‘नेत्रमोहनादेवी साहित्य पुरस्कार’बाट डिल्लीराज श्रीधर र ‘वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार’बाट खगेश्वर भण्डारी पुरस्कृत हुनुभएकाे छ । साथै साहित्यकार गुरुप्रसाद शर्मा रेग्मी तथा पुरस्कार संस्थापक परिवारलाई सम्मान गरिएको थियो ।

काव्यवाचन सत्रमा डा. हिमलाल पन्थी, धनसिंह गिरी, देवेन्द्र रिजाल, शंकर घर्ती मगर, पदमप्रसाद पोखरेल, महेश कुमार न्यौपाने, दीपबहादुर खत्री, कपिल किशोर घिमिरे, पुरण शर्मा, वसन्त अनुभव, नारदप्रसाद भण्डारी, शारदा शर्मा, सुरेशकुमार पाण्डे, लोकराज पराजुली, अनुजा शर्मा संस्कृतिलगायत स्रष्टाहरूले कविता वाचन गर्नुभएकाे थियाे । पुरस्कृत स्रष्टाहरूले समेत मन्तव्यसहित काव्य प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । प्रमुख अतिथि डा. अमर गिरीले साहित्य सिर्जनामा गुणस्तर र विधागत चेतनाको महत्त्वमा जोड दिनुभएकाे थियाे भने विशिष्ट अतिथि पुरुषोत्तम खनालले परिषद्का शाखाहरू सक्रिय रूपमा अगाडि बढिरहेकोप्रति खुसी व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा परिषद्का कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन र सचिव घनश्याम केसीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव केसीले गर्नुभएकाे थियाे ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.