साहित्यपोस्ट डट कम

रामरिझन यादवलाई ‘पद्मप्रसाद–कृष्ण कुमारी दाहाल सामाजिक सम्मान पुरस्कार’

रामरिझन यादवलाई ‘पद्मप्रसाद–कृष्ण कुमारी दाहाल सामाजिक सम्मान पुरस्कार’

काठमाडौं । दाहाल प्रतिष्ठानले ‘पद्मप्रसाद–कृष्ण कुमारी दाहाल सामाजिक सम्मान पुरस्कार–२०८२’ लेखक तथा पत्रकार रामरिझन यादवलाई प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिष्ठानका अनुसार चार दशकभन्दा बढी समयदेखि समाजसेवा, पत्रकारिता, प्राध्यापन र लेखनमार्फत योगदान पुर्‍याउँदै आउनुभएकाे यादवलाई एक लाख एक हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ । उहाँ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाहकारसमेत रहिसक्नुभएकाे छ ।

वि.सं. २०१६ फागुन १७ गते सिरहाको सन्हैठामा जन्मिनुभएकाे यादवका नेपाली र मैथिली भाषामा आठ कृति प्रकाशित छन् । भाषा तथा संस्कृतिको प्रवर्द्धनमा सक्रिय यादवले नेपाल पत्रकार महासंघको स्वतन्त्रता सेनानी सम्मान, वातावरण पत्रकारिता पुरस्कारलगायत दर्जनौँ सम्मान प्राप्त गरिसक्नुभएकाे छ ।

समाजसेवी बद्रीप्रसाद पहाडी दाहालले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट प्राप्त ब्याजमार्फत उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका महासचिव सूर्यकुमार दाहालले जानकारी दिनुभएकाे छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.