साहित्यपोस्ट डट कम

राजु अधिकारीको ‘राज्याभिषेक’ उपन्यासको थाइ संस्करण विमोचित

राजु अधिकारीको ‘राज्याभिषेक’ उपन्यासको थाइ संस्करण विमोचित

काठमाडौँ । लेखक राजु अधिकारीको चर्चित उपन्यास ‘राज्याभिषेक’ को थाइ भाषामा अनूदित संस्करण थाइल्याण्डको सबैभन्दा ठूलो पुस्तक प्रदर्शनी बैंकक अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी (BKKIBF) मा एक समारोहबीच विमोचन गरिएको छ ।

अङ्ग्रेजी संस्करण ‘Coronation’ बाट थाइ भाषामा उल्था गरिएको उक्त कृति बैंककस्थित प्रफन्सर्न प्रकाशनले बजारमा ल्याएको हो । स्वैर कल्पना र विज्ञानकथा विधामा आधारित यस उपन्यासले मानव स्वार्थका कारण पर्यावरण तथा पृथ्वीका अन्य जीवजन्तुमाथि भइरहेको अत्याचार र त्यसका परिणामस्वरूप मानवले नै भोग्नुपरेको संकटलाई उजागर गर्छ ।

करिब पन्ध्र लाख पाठकहरूको सहभागिता रहने तथा चार सयभन्दा बढी प्रकाशक, अन्तर्राष्ट्रिय प्रतिनिधि र शैक्षिक संस्थाहरू सहभागी हुने उक्त प्रदर्शनीअन्तर्गत आयोजित कार्यक्रममा लेखक अधिकारीले थाइल्याण्डसहित विभिन्न देशबाट आउनुभएकाे विज्ञानकथा लेखकहरूसँग नेपाल तथा एसियामा विज्ञानकथाको वर्तमान अवस्था र भविष्यबारे विचार आदानप्रदान गर्नुभएको थियो ।

‘राज्याभिषेक’ उपन्यासको थाइ अनुवाद इत्थापर्न फुचारोएनले गर्नुभएको हो । उक्त कृति चार वर्षअघि वी रिडले प्रकाशन गरेको थियो ।

उपन्यास ‘राज्याभिषेक’ साहित्यपोस्ट एपमा इ–बुक तथा अडियोबुकका रूपमा उपलब्ध छ भने थुप्रै डट कममार्फत पनि पढ्न सकिन्छ । यसको अङ्ग्रेजी संस्करण ‘Coronation’ का मुद्रित, इ–बुक र अडियो संस्करणहरू अमेजनलगायत प्रमुख अनलाइन पुस्तक पसलमार्फत विश्वभर उपलब्ध रहेका छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.