साहित्यपोस्ट डट कम

राजकुमारकाे ‘किनाराका गीतहरू’ लोकार्पण

राजकुमारकाे ‘किनाराका गीतहरू’ लोकार्पण

काठमाडौं । कवि राजकुमार श्रेष्ठको कविता संग्रह किनाराका गीतहरू कौशलटारस्थित बि डब्लु रेष्टुरेण्टमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको छ।

कृतिको संयुक्त रूपमा साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, रामबाबु सुबेदी, लेखक राजकुमार श्रेष्ठ, प्रा.डा. सनतकुमार वस्ती, जमुना कुँवर तथा ध्रुव महतले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो।

कार्यक्रममा अच्युत कोइरालाले ‘किनाराका गीतहरू’बाट एक कविता वाचन गर्दै लेखकलाई शुभकामना व्यक्त गर्नुभयो। समीक्षात्मक धारणा राख्दै प्रा.डा. सनतकुमार वस्तीले संग्रहमा समेटिएका कविताहरू पठनयोग्य र अर्थपूर्ण रहेको उल्लेख गर्नुभयो। साहित्यकार जमुना कुँवरले श्रेष्ठका कवितामा अरुणदेखि कर्णालीसम्मका सामाजिक तथा सांस्कृतिक विषयवस्तु समेटिएको बताउनुभयो।

कृतिकार राजकुमार श्रेष्ठले कविताको पृष्ठभूमिबारे प्रकाश पार्दै आफ्ना केही रचना वाचन गरेर सुनाउनुभएको थियो। अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुनिता अधिकारीले गर्नुभएको थियो। पुस्तक शब्दमिडीया प्रा. लि साहित्यपाेस्टले प्रकाशन गरेकाे हाे ।

राजकुमार श्रेष्ठले २०८१ मा ‘राेयल चारघरे’ उपन्यास ल्याइसक्नुभएकाे छ । ‘किनाराका गीतहरु’ उहाँकाे दाेस्राे कृति हाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.