साहित्यपोस्ट डट कम

सार्वजनिक पुस्तकालयमा ताला, २० वर्षको सेवा अवरुद्ध

सार्वजनिक पुस्तकालयमा ताला, २० वर्षको सेवा अवरुद्ध

काठमाडौं । भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा समाज कल्याण परिषद्ले भाडा बक्यौता नतिरेको भन्दै चैत ३० गते ताला लगाएको छ । २०६२ सालदेखि सञ्चालनमा रहेको पुस्तकालयमा पहिलोपटक ताला लागेको हो।

परिषद्का अनुसार पुस्तकालयले दुई स्टलको भाडा वापत करिब २ करोड ९० लाख रुपैयाँ तिर्न बाँकी छ । पुस्तकालय व्यवस्थापनले भने पुरानो सम्झौता अनुसार सहुलियतमा भाडा तिर्दै आएको र पुनरावलोकन नगरी निजी व्यवसायसरह व्यवहार गरिएको गुनासो गरेको छ ।

करिब ४० हजार पुस्तक संग्रह रहेको पुस्तकालयमा दैनिक झण्डै २ सय पाठक पुग्ने गरेकाे थियाे । हाल ताला लागेपछि अध्ययन सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.