साहित्यपोस्ट डट कम

प्रकृति देवकोटाकाे तीन मुक्तक

प्रकृति देवकोटाकाे तीन मुक्तक

१. मुक्तक

म त पीडा पेल्ने मेसिन हुँ, पीडा पेलेर हिँड्छु

म विधान हुँ, आफ्नो भाग्य आफैँ लेखेर हिँड्छु

के भनौँ मेरो बारेमा, मान्छे एक काम अनेक गर्छु

म त व्यापारी हुँ, स्वार्थीसँग निस्वार्थ बेचेर हिँड्छु ।

२. मुक्तक

शब्द हुँ भने म, भाव तिमी हौ

जस्तो छु जे छु, प्रभाव तिमी हौ

सबै भएर पनि उदास देख्यौ भने

यति बुझिराख्नु, अभाव तिमी हौ ।

३. मुक्तक

जानी–जानी अरूलाई ठेल्न मन पराउँछन्

मानसिक तनाव दिएर पेल्न मन पराउँछन्

खारेज गरिदेऊ सरकार, विश्वका सबै खेलहरू

मान्छे अरूको भावनासँग खेल्न मन पराउँछन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.