साहित्यपोस्ट-नपढी सुखै छैन...

प्रदीप घिमिरेकाे तीन मुक्तक

प्रदीप घिमिरेकाे तीन मुक्तक


थाहा छ तिम्रो नवपरिवर्तनलाई वास्तवमा धोका भनिन्छ
नदिएर पनि उदाहरण असल भक्त तुलसीदास बनिन्छ ।
सुन्दर देखिने सबै पुष्पहरू भगवानसम्म पनि नपुग्न सक्छन्
थाल सुनकै किन नहोस् भोजनपश्चात् जुठोमै गनिन्छ ।


तिमी त साँच्चै बिना वसन्त पनि हरेक दिलमा पलाउने रहेछौ
माया खेल पो रहेछ तिम्रो लागि मस्त परिचालउने रहेछौ ।
के फरक छ त्यो शान्त आर्यघाट अनि अशान्त तिमीमा ?
खेलाडी त हौ तिमी मुटुभित्र बसी मुटु नै जलाउने रहेछौ ।


तिम्रो नामले आज सहरमा अत्यधिक चर्चा पाइरहेछ
अब कपट सिक्छु भन्छ बकुल्लो र त तिम्रो घर धाइरहेछ ।
भनेकै हो औकात र धुलोमाथि हुने हावा चल्न सम्म हो
सुगन्धित फूल थियो हिजो तर ऐले आफैँ दुर्गन्ध फैलाइरहेछ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.