साहित्यपोस्ट डट कम

प्रा.डा. विद्यानाथ कोइरालाको ‘शिक्षामा बेलाको बोली’ प्रकाशित

प्रा.डा. विद्यानाथ कोइरालाको ‘शिक्षामा बेलाको बोली’ प्रकाशित

काठमाडौं । शिक्षाविद् विद्यानाथ कोइराला द्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ प्रकाशित भएको छ । शिखा बुक्स द्वारा प्रकाशित उक्त कृतिको मूल्य ९ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ ।

पुस्तकले शिक्षा क्षेत्रलाई केन्द्रमा राख्दै जनस्तर, प्राज्ञिक तथा प्रज्ञावान दृष्टिकोणहरूलाई समेटेको छ । यसमा विभिन्न सोचहरूबीचको अन्तरसम्बन्ध—शारीरिक, मानसिक तथा चेतनात्मक आयामलाई विश्लेषण गरिएको छ । साथै जगत, जीवन, मन र हिरण्यगर्भसँग सम्बन्धित दर्शन तथा सिद्धान्तहरूको पनि चर्चा गरिएको छ ।

कृतिले कतै व्याख्या प्रस्तुत गर्छ भने कतै प्रश्न उठाउँछ, कतै समस्या देखाउँछ भने कतै समाधानको मार्ग सुझाउँछ । समग्रमा यसको विषयवस्तु शिक्षाकै सेरोफेरोमा घुमेको छ, जसले पाठकलाई सोच्न, प्रश्न गर्न र सम्भावना खोज्न प्रेरित गर्छ ।

लेखकका अनुसार पुस्तक बहुआयामिक ‘स्वाद’ बोकेको छ पाठकले ज्ञान, अनुभव र दृष्टिकोणको विविधता पाउन सक्छन् । विभिन्न उमेर र रुचिका पाठकका लागि उपयोगी हुने यस कृतिले शिक्षामा रहेका चुनौतीहरू पहिचान गर्दै तिनै ठाउँमा समाधान खोज्नुपर्ने सन्देश प्रवाह गरेको छ ।

लेखक कोइरालाले आफ्ना विचारहरूबारे पाठकबाट कार्यगत, विचारगत तथा प्रस्तुति सम्बन्धी प्रतिक्रिया र सुझावको अपेक्षा समेत व्यक्त गरेका छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.