साहित्यपोस्ट डट कम

प्रा. डा. जयराज आचार्यलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिने

प्रा. डा. जयराज आचार्यलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिने

काठमाडौं । दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले २०८२ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार कूटनीति तथा अन्तर्राष्ट्रिय मामिलाविज्ञ जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ।

महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिअनुसार फागुन ३० गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। पुरातत्वविद् प्रकाश दर्नालको संयोजकत्वमा गठित प्रतिभा चयन उपसमितिको सिफारिसका आधारमा निर्णय गरिएको जनाइएको छ। उपसमितिमा सुकदेव उपाध्याय र राजेन्द्रप्रसाद अर्याल सदस्य रहनुभएकाे थियाे।

वि.सं. २०६२ मा स्थापित केन्द्रले सामाजिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। यसअघि ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, सत्यमोहन जोशी, तुलसीराम वैद्य, दिनेशराज पन्त, मोदनाथ प्रश्रित, सुरेशराज शर्मा र सुरेन्द्र केसीलगायतलाई सम्मान गरिसकेको छ।

पुरस्कारको राशि ५० हजार रुपैयाँ र अभिनन्दन पत्रसहित आगामी चैत १३ गते काठमाडौंमा आचार्यलाई प्रदान गरिनेछ । स्वर्गीय दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष र संस्कृतिका अध्येता हुनुहुन्थ्याे भने नन्दकुमारी अर्ज्याल उहाँकाे धर्मपत्नी हुनुहुन्थ्याे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.