साहित्यपोस्ट-नपढी सुखै छैन...

प्रा.डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

प्रा.डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।

नियुक्तिपछि शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले खतिवडालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

विश्वविद्यालयका उपकुलपति पद रिक्त भएपछि खतिवडा नियुक्त हुनुभएको हो । उहाँ यसअघि नेपाल संस्कृत विश्वविद्यालयमा निमित्त उपकुलपति तथा रेक्टरको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । नाटक विधामा विद्यावारिधि गर्नुभएका खतिवडा साहित्य, संस्कृति तथा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.