पोखरा । गीतकार प्रतिष्ठान नेपालले शनिबार पोखरामा ‘चिया संसारमा गीत–गजल’ कार्यक्रम सम्पन्न गरेको छ ।
पोखराको चिया संसारसँगको सहकार्यमा आयोजित कार्यक्रममा प्रतिष्ठानका सात जना स्रष्टाहरूले गीत तथा गजल प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले व्यावसायिक संस्थाले साहित्यलाई स्थान दिनु सकारात्मक अभ्यास भएको बताउनुभयो । उहाँले आफ्ना चर्चित गीत तथा गजलसमेत प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै संस्थापक अध्यक्ष हरिहर खनियाले यस्ता कार्यक्रमले प्रतिष्ठानलाई जनसमक्ष परिचित गराउन मद्दत गर्ने बताउँदै साहित्य र सङ्गीतको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष लाल कार्की ‘अञ्जान’, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष आदर्श पोखरेल तथा सदस्यहरू सुरज उपाध्याय र जमुना बरालले पनि आफ्ना गीत र गजल प्रस्तुत गर्नुभएकाे थियाे । चिया संसारका सञ्चालक किस्मतजङ कार्कीले साहित्य र चियाको सम्बन्ध गहिरो हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

