साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

पत्रकार विनोदबाबु रिजालको कथासङ्ग्रह ‘नैबेद’ सार्वजनिक

पत्रकार विनोदबाबु रिजालको कथासङ्ग्रह ‘नैबेद’ सार्वजनिक

पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक भएको छ ।

यसअघि लकडाउन डायरी ‘एकान्तबास’ प्रकाशित गरिसक्नुभएका रिजालको नयाँ कृति शिखा बुक्सले प्रकाशन गरेको हो । अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा कृतिको लोकार्पण गरिएको थियो ।

लेखकका बुवाआमा तथा छोराछोरी, कवि भूपिन, एक्सपर्ट चितवनका प्रबन्धक नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा कृति विमोचन गर्नुभएको थियो ।

विमोचनपछि कवि भूपिनले ‘नैबेद’ समकालीन नेपाली समाजका विविध सङ्कट र यथार्थलाई केन्द्रमा राखिएको सशक्त कथासङ्ग्रह भएको बताउनुभयो । सङ्ग्रहका कथाले मनोरञ्जनभन्दा बढी पाठकलाई विचार, प्रश्न र आत्ममन्थनतर्फ डोर्‍याउने उहाँको धारणा थियो ।

कथासङ्ग्रहमा विज्ञान, शिक्षा, अन्धविश्वास, वैदेशिक रोजगारी, प्रेम, राजनीति, अपराध, महामारी र मनोविज्ञानजस्ता विषय समेटिएको बताइएको छ । यी कथामार्फत समकालीन नेपाली समाजको मानसिक, सामाजिक र सांस्कृतिक सङ्क्रमणलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको समीक्षक भूपिनले उल्लेख गर्नुभयो ।

कार्यक्रममा अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले लेखक रिजालसँग कृतिको लेखन प्रक्रिया, कथाको संरचना तथा साहित्यिक रुचिका विषयमा संवाद गर्नुभएको थियो । अक्षर समूहका पूर्वअध्यक्ष रमेश प्रभातले स्वागत तथा कार्यक्रम सहजीकरण गर्नुभएको थियो ।

शिखा बुक्सबाट प्रकाशित ‘नैबेद’मा १४ कथा समेटिएका छन् । पुस्तकको मूल्य ५ सय ९५ रुपैयाँ रहेको छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.