पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी साहित्यकार गनेस (खडगराज) पौडेलले पाउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने सरकारमा गनेस पौडेलले पर्यटन मन्त्रीको जिम्मेवारी पाउनुभएको हो ।
गनेस पर्यटक नगरी पोखरासमेत पर्ने कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
वि.स. २०७९ सालमा ‘लौरो अभियान’मार्फत पोखरा महानगर प्रमुखको स्वतन्त्र उम्मेदवार बन्नुभएका पौडेल काठमाडाैं महानगरका पूर्वमेयर बालेन्द्र शाहसँगै रास्वपा प्रवेश गर्नुभएको थियो ।
चर्चित उपन्यास ‘पैताला’का लेखक पौडेलको अनुवादमा ‘मुसा मानुस’ प्रकाशित छ ।

