साहित्यपोस्ट डट कम

२०८३ सालको पद्मश्री साहित्य पुरस्कारकाे सूची सार्वजनिक

२०८३ सालको पद्मश्री साहित्य पुरस्कारकाे सूची सार्वजनिक

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ ।

प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ साहित्यिक कृतिमध्येबाट पुरस्कार छनोट समितिले उत्कृष्ट १५ कृतिलाई विस्तारित सूचीमा समावेश गरेको हो ।

वर्णानुक्रमअनुसार विस्तारित सूचीमा गोविन्द गिरी प्रेरणाको ‘अ–विधवा’, डा. नवराज लम्सालको ‘कल्प’, नारायण ढकालको ‘जगज्जननी उसकी आमाको नाम होइन’, चन्द्रप्रकाश बानियाँको ‘तुलु राजा’, क्षितिज समर्पणको ‘तोरकीन’, नवीन अभिलाषीको ‘दहाड’, उमा सुवेदीको ‘परिधि’, ओम रिजालको ‘पैकेलो’, खगेन्द्र गिरीको ‘भग्न प्रेमशाला’, भूपिनको ‘मध्यको उज्यालो’, सीमा आभासको ‘महायुग’, डा. नवराज केसीको ‘स्वस्पर्श’, श्रवण मुकारुङको ‘सलह’, शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ र नदीशको ‘हिउँद’ परेका छन् ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार आगामी महिना यही विस्तारित सूचीबाट पाँच उत्कृष्ट कृतिको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिनेछ । त्यसपछि अन्तिम विजेताको घोषणा गरिनेछ ।

पद्मश्री साहित्य पुरस्कार नेपाली साहित्यको प्रतिष्ठित पुरस्कारमध्ये एक मानिन्छ। परम्पराअनुसार कोजाग्रत पूर्णिमाका दिन आयोजित विशेष समारोहमा विजेतालाई नगद राशि र सम्मानपत्रसहित पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.