साहित्यपोस्ट डट कम

ओम रिजालको ‘पैकेलो’ उपन्यास सार्वजनिक

ओम रिजालको ‘पैकेलो’ उपन्यास सार्वजनिक

काठमाडौं । लेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक गरिएको छ। नेपालयको कालिकास्थानस्थित आरशालामा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो।

लेखक रिजालले इतिहासकार भवेश्वर पंगेनी र आफ्नी छोरी स्पृहा रिजाललाई पुस्तक हस्तान्तरण गर्दै कृति सार्वजनिक गर्नुभयो। दैलेखको दुल्लुमा जन्मिनुभएकाे रिजालले कर्नाली क्षेत्रको लोकसाहित्य, भाषा र संस्कृतिबाट प्रेरित भएर उपन्यास लेखिएको बताउनुभयो।

कार्यक्रममा बोल्दै उहाँले कर्नाली नेपाली भाषा, सभ्यता र संस्कृतिको मूल थलो रहेको उल्लेख गर्दै त्यहाँको लोकसाहित्यमा समाज, इतिहास र संस्कृतिका गहिरा पक्ष समेटिएको धारणा राख्नुभयो। कर्नालीसम्बन्धी लेखनमा पर्याप्त अनुसन्धानको अभाव रहेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले मौलिक स्रोत र श्रुतिसामग्रीको महत्व औँल्याउनुभयो।

विमल आचार्यले ‘पैकेलो’ साहित्यिक दृष्टिले मात्र होइन, समाज, संस्कृति, भाषा र इतिहास अध्ययनका लागि पनि महत्वपूर्ण कृति रहेको टिप्पणी गर्नुभयो।

यसअघि रिजालको ‘हटारु’ उपन्यास, ‘यात्रा–विम्ब’ कविता संग्रह र ‘रुँदै बग्दोछ मुगु कर्नाली’ नियात्रा प्रकाशित छन्। २५० पृष्ठको ‘पैकेलो’को मूल्य ५ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ।

ट्याग: ओम रिजाल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.