साहित्यपोस्ट डट कम

नुगः मुनामा कथाकार ध्रुव मधिकर्मीसित संवाद

नुगः मुनामा कथाकार ध्रुव मधिकर्मीसित संवाद

मासिक रूपमा सञ्चालन हुँदै आएको ‘नुगः मुना’ साहित्यिक गोष्ठीमा यसपटक कथाकार ध्रुव मधिकर्मीसँग संवाद कार्यक्रम सम्पन्न भएको छ। पाटनको सुन्धारामा आयोजित उक्त कार्यक्रममा मधिकर्मीले सिर्जना र कृति प्रकाशनका विविध पक्षबारे आफ्ना विचार राख्नुभएकाे थियाे ।

संवादका क्रममा उहाँले स्रष्टाहरूबीच हुने विमर्श र संवादले लेखनलाई थप गतिशील बनाउने उल्लेख गर्नुभयाे। साथै प्रकाशित कृतिहरू पाठकसम्म पुर्‍याउन संस्थागत र व्यक्तिगत दुवै पहल आवश्यक हुने धारणा पनि व्यक्त गर्नुभयाे।

कार्यक्रममा कवि शाक्य सुरेनले ‘नुगः मुना’मार्फत साहित्यका विविध पक्षबारे स्रष्टाहरूबीच नियमित परिचर्चा हुँदै आएको बताउनुभयाे। उहाँका अनुसार यसपटकको गोष्ठीमा कथाकार मधिकर्मीसँग स्रष्टाहरूको सिर्जना तथा कृतिहरू पाठकसम्म कसरी पुर्‍याउने भन्ने विषयमा केन्द्रित संवाद गरिएको थियो।

गोष्ठीका संयोजक सुरेश प्रधानले अतिथि स्रष्टाको परिचय गराउँदै यस्ता विमर्श कार्यक्रमबाट स्रष्टाहरूले नयाँ दृष्टिकोण र अनुभव प्राप्त गर्ने बताउनुभयाे। कार्यक्रममा स्रष्टाहरू पुष्पराज राजकर्णिकार, केदार सितु, वंशीधर बज्राचार्य, नरेश अमात्य, रीता महर्जन र मोहनकृष्ण न्याछ्योँलगायतले सिर्जना र प्रकाशनसम्बन्धी विषयमा आफ्ना विचार व्यक्त गर्नुभएकाे थियाे। ‘नुगः मुना’मार्फत साहित्य र सिर्जनाका विविध आयामबारे मासिक रूपमा स्रष्टाहरूबीच छलफल तथा संवाद हुँदै आएको आयोजकले जनाएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.