साहित्यपोस्ट डट कम

नोबेल साकोस साहित्य संस्थाको मासिक रचनावाचन कार्यक्रम सम्पन्न

नोबेल साकोस साहित्य संस्थाको मासिक रचनावाचन कार्यक्रम सम्पन्न

विराटनगर । नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाको नियमित मासिक रचनावाचन कार्यक्रम शनिबार दाहाल प्रतिष्ठानको भवनमा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतापनिधी शर्मा स्मृति कोषका संस्थापक अध्यक्ष अग्रज साहित्यकार लक्ष्मण नेवटियाको प्रमुख आतिथ्यता रहेको थियो। विशिष्ट अतिथिका रूपमा मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल सहभागी हुनुभएकाे थियाे । विशेष अतिथिहरूमा संगम मासिक पत्रिकाका सम्पादक रामबाबु दाहाल, विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख शिवनारायण सिङ्गल, कोशी साहित्य–कला परिषद्का अध्यक्ष केशु विरही, विराट मैथिल नाट्य कला परिषद्का अध्यक्ष डोमी कामत, समीक्षक भवानीप्रसाद पोखरेल तथा विराट साहित्य संगमका सचिव गोपाल निर्भिकको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न भाषाभाषीका कविहरूले आ–आफ्ना रचना वाचन गर्नुभएकाे थियाे। रचनावाचन गर्ने स्रष्टाहरूमा उमेश लुइटेल, प्रयाग न्यौपाने, नेत्र खतिवडा, एल.पी. पराजुली, केशव रिजाल, नवराज पोखरेल ‘नवशिला’, नानुमैया दाहाल, शुभकुमारी राई, गीतादेवी पोखरेल, सुरेश कुमार अग्रवाल, सिर्जना प्रसाई, गोपाल निर्भिक, डोमी कामत, प्रेमप्रसाद रिजाल, चन्द्रकान्ता भट्टराई, सुशिला प्रसाई, महेश कटुवाल, उद्धव केसी, निर्मला नेपाल, ऋषि तिवारी, भूपाल अधिकारी तथा बालप्रतिभा चन्द्र सागर राई रहनुभएकाे थियाे । प्रस्तुत गरिएका रचनाको मार्मिकता र कलात्मक प्रस्तुतिले कार्यक्रमलाई भव्य बनाएको थियो।

कार्यक्रममा यमुना भट्टराई, शारदा भट्टराई, किस्मत खतिवडा र चुडामणि घिमिरे (गोपाल) असल श्रोताका रूपमा सहभागी रहनुभएकाे थियाे। संस्थाकी सहसचिव रेणुका राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे भने सचिव सुजाता राईले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.