साहित्यपोस्ट डट कम

नेपाल स्रष्टा समाजद्वारा तीन स्रष्टा सम्मानित हुने

नेपाल स्रष्टा समाजद्वारा तीन स्रष्टा सम्मानित हुने

काठमाडौं । नेपाल स्रष्टा समाजले यस वर्षको ‘रेखा–पवन स्रष्टा सम्मान’ र ‘रमेशगंगा स्रष्टा सम्मान–२०८२’ तीनजना स्रष्टालाई अर्पण गर्ने निर्णय गरेको छ।

समाजले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद राशिसहितको ‘रेखा–पवन स्रष्टा सम्मान–२०८२’ संयुक्त रूपमा अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ।

यसैगरी २१ हजार १ सय ११ रुपैयाँ नगद राशिसहितको ‘रमेशगंगा स्रष्टा सम्मान–२०८२’ साहित्यकार डा. देवी नेपाललाई अर्पण गरिने भएको छ।

नेपाल स्रष्टा समाज केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो। समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार ‘रेखा–पवन स्रष्टा सम्मान’ आगामी फागुन २४ गते तथा ‘रमेशगंगा स्रष्टा सम्मान’ फागुन २६ गते समर्पण गरिनेछ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.