साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

नेपाल–जापान लेखक संघ पुनर्गठन

नेपाल–जापान लेखक संघ पुनर्गठन

काठमाडौं । नेपाल र जापानबीच साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित ‘नेपाल–जापान लेखक संघ’को पुनर्गठन गरिएको छ ।

दुवै देशबीच भाषिक, साहित्यिक र सांस्कृतिक आदानप्रदान गर्ने, नेपाली साहित्यका उत्कृष्ट कृतिहरूलाई जापानी भाषामा तथा जापानी साहित्यलाई नेपाली भाषामा अनुवाद र प्रकाशन गर्ने लक्ष्यसहित संघ पुनर्गठन गरिएको हो ।

पुनर्गठित संघको अध्यक्षमा दुबसु क्षेत्री चयन हुनुभएकाे छ । उपाध्यक्षमा ध्रुव मधिकर्मी, विमल भौकाजी र कृसु क्षेत्री रहनुभएकाे छ । महासचिवमा बद्रीप्रसाद ढकाल र कोषाध्यक्षमा पुनम क्षेत्री चयन हुनुभएकाे छ ।

सदस्यहरूमा नगेन्द्रराज रेग्मी, ज्ञानिन राई, सन्ध्या पहाडी, व्याकुल पाठक, भरत भारद्वाज, नवीन गुरुङ, राजकुमार बराइली, शिखर सन्तोष, सुमन कार्की र खगेन्द्र शिवाकोटी रहनुभएकाे छ ।

त्यसैगरी जापान–नेपाल लेखक संघतर्फ अध्यक्षमा हारुहितो नोजु चयन हुनुभएकाे छ । उपाध्यक्षमा मासाकी कोबायासी र तोसिआकी इतो रहनुभएकाे छ भने महासचिवमा अकिहिरो ताजिमा र कोषाध्यक्षमा सातोमी फुरुया चयन हुनुभएकाे छ ।

सदस्यहरूमा सासाकी मिकिरो, कुरोमारु, कोकोरा कुरियामा, मायु ओनिसी, आयाका कोमाया, काजुओ हिराओ र मिचिहिरो नारिता रहनुभएकाे छ ।

संघले आगामी दिनमा नेपाल–जापान साहित्यिक सहकार्यलाई थप विस्तार गर्दै अनुवाद, प्रकाशन तथा अन्तर्राष्ट्रिय साहित्यिक आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.