साहित्यपोस्ट डट कम

नेपाल–बेलायत लेखक संघ गठन, दुबसु क्षेत्री अध्यक्ष

नेपाल–बेलायत लेखक संघ गठन, दुबसु क्षेत्री अध्यक्ष

काठमाडौँ । नेपाल र बेलायतबीच भाषिक, साहित्यिक तथा सांस्कृतिक सहकार्य विस्तार गर्ने उद्देश्यसहित नेपाल–बेलायत लेखक संघ गठन गरिएको छ । साहित्यकार दुबसु क्षेत्रीको अध्यक्षतामा गठन गरिएको उक्त संस्थाले दुवै देशबीच साहित्यिक आदानप्रदान, अनुवाद, प्रकाशन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

संघले दुवै देशका भाषा र साहित्यका उत्कृष्ट कृतिहरूलाई अनुवाद गरी प्रकाशन गर्ने, साहित्यिक भ्रमण, महोत्सव, अन्तरक्रिया तथा सम्मेलन आयोजना गर्ने उद्देश्य राखेको जनाएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा सुरेशजङ्ग शाह रहनुभएकाे छ भने उपाध्यक्षहरूमा डा. गोपाल पौड्याल, विमल भौकाजी, कृसु क्षेत्री र गोपीकृष्ण प्रसाइँ रहनुभएकाे छ । महासचिवमा वीरेन्द्र कुँवर, सचिवमा नगेन्द्रराज रेग्मी र बद्रीप्रसाद ढकाल, तथा कोषाध्यक्षमा पूनम क्षेत्री चयन हुनुभएकाे छ ।

संघको सल्लाहकार समूहमा तुलसी दिवस, बैरागी काइँला, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा.डा. अभि सुवेदी, प्रा.डा. सुवर्णलाल बज्राचार्य, प्रा.डा. विजुकुमार थपलिया, डा. रामदयाल राकेश, डा. शंकर थापा, डा. तिलक आचार्य, प्रा.डा. सुधनकुमार पौडेल, डा. हरिदत्त पाण्डे, शेखर गिरी, गोविन्दप्रसाद श्रेष्ठ, ज्ञानचन्द्र आचार्य र प्रल्हादकुमार प्रसाइँ रहनुभएकाे छ ।

त्यसैगरी सदस्यहरूमा तुलसीहरि कोइराला, मोहनवीर थापा, डा. नवराज रिजाल, भेषराज घिमिरे, लक्ष्मी उप्रेती, सन्ध्या पहाडी, मणि लोहनी, भरत भारद्वाज, मनोज न्यौपाने, राजेशजङ्ग शाह, नारद पौडेल, तारा सुवेदी, सुमन कार्की, भगवती बस्नेत, सुमन वर्षा, ललिता दोषी, बिमला तुम्खेवा, भुवन मास्के, किशोर उप्रेती, भरत साउद, मेघेन्द्र विश्वकर्मा र युवक उप्रेती रहनुभएकाे छ ।

वि.सं. २०८३ वैशाख ७ गते अक्षय तृतीया अवसरमा सार्वजनिक गरिएको यस संघले नेपाल र बेलायतबीचको साहित्यिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.