साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

नारायणनाथ योगीकाे तीन मुक्तक

नारायणनाथ योगीकाे तीन मुक्तक

१.

किताबका पानाबाट ज्ञानको रस चुहाउनुपर्छ

मस्तिष्कको सुक्खा बगरमा मूल फुटाउनुपर्छ ।

पढेर मात्र पुग्दैन यहाँ विवेकलाई जगाउन

विचारको जलले चेतनाको मुना पलाउनुपर्छ।

२.

निकासको बाटो छेउमै छ, तर आँखा जुधाएको छैन,

अँध्यारो गुफाभित्र मान्छेले गन्तव्य पछ्याएको छैन ।

सामुन्ने छ शिखर चढ्ने सिँढी, तर के गर्नु र खै ?

आफ्नै हातको औजारले यहाँ आफैँलाई सघाएको छैन।

३.

कम्प्युटर छैन हातमा, तर सपनाका पहाड छन्

कालोपाटीकै चित्रभित्र भविष्यका आकार छन् ।

अभावले थिचे पनि सिक्ने भोक मरेको छैन

यिनै मैला कापीभित्र भोलिका नयाँ संसार छन् ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.