काठमाडौं । साहित्य संवर्द्धन केन्द्र नेपालद्वारा प्रदान गरिँदै आएको ‘आमोई पद्याख्यान पुरस्कार–२०७८’ बाट यस वर्ष साहित्यकार नारायण नेपाल सम्मानित हुनुभएको छ ।
नेपाली साहित्य क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर पद्याख्यान सिर्जनामा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई नगद रु. २५ हजारसहित उक्त पुरस्कार प्रदान गरिएको हो । ‘साहित्य दिवस २०८३’ को अवसर पारेर आयोजित समारोहमा पुरस्कार हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार ठाकुर शर्मा भण्डारी ले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । साहित्य संवर्द्धन केन्द्र नेपालका महासचिव विनयकुमार शर्मा नेपाल लगायतका पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
साहित्य संवर्द्धन केन्द्र नेपालले पद्याख्यान विधामा निरन्तर सक्रिय स्रष्टाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘आमोई पद्याख्यान पुरस्कार’ प्रदान गर्दै आएको छ । उक्त पुरस्कारअन्तर्गत यो छैटौँ संस्करण हो ।

