साहित्यपोस्ट डट कम

नइ प्राध्यापक सम्मेलन सम्पन्न, प्राज्ञहरू सम्मानित

नइ प्राध्यापक सम्मेलन सम्पन्न, प्राज्ञहरू सम्मानित

काठमाडौं । नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ सहभागी प्राज्ञहरूको मन्तव्यसहित सम्पन्न भएको छ ।

समापन समारोहमा नइ एकेडेमीले डा. स्वामी केशवानन्द, डा. मानसाग्नि, सुनीता कार्की, डा. दुबसु क्षेत्री, वसन्तकुमार चौधरी र रामचन्द्र तिमोथीलाई मानार्थ सदस्यता प्रदान गरेको थियो ।

उक्त अवसरमा कुलपति इन्दिरा प्रसाईले महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ तथा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो । त्यसपछि डा. त्रिपाठीले नेपाल र भारतका २६ जना प्राज्ञलाई समान पुरस्कार र पदक प्रदान गर्नुभएको थियो । प्रत्येक पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको थियो ।

पुरस्कृत हुनेहरूमा प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा. कपिलदेव लामिछाने, प्रा.डा. कविता लामा, प्रा. केशव सुवेदी, प्रा.डा. कृष्णराज घतानी, प्रा. खेमराज जोशी (मरणोपरान्त), प्रा.डा. चक्रपाणि खनाल, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. जङ्गब चौहान, डा. टेकबहादुर छेत्री, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्रा.डा. पुष्प शर्मा, प्रा.डा. भरतकुमार भट्टराई, प्रा.डा. महादेव अवस्थी, डा. रजनी काफ्ले ढकाल, डा. राजकुमार क्षत्री, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. लेखप्रसाद निरौला, प्रा. शिवगोपाल रिसाल, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. हर्कबहादुर शाही तथा संयुक्त रूपमा डा. सञ्जय राई र डा. अरुणा राई रहेका छन् ।

यसैक्रममा डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गरिएको थियो, जसको राशि जनही २५ हजार रुपैयाँ रहेको थियो ।

त्यसैगरी, सम्मेलनसँग सम्बन्धित ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थसहित अन्य सामग्रीको प्रेस सम्पादनमा योगदान पुर्‍याएबापत आयुष्मान शाक्य, लवप्रसाद भण्डारी र सुमन कार्कीलाई जनही १० हजार रुपैयाँसहित ‘नइ सेवा पुरस्कार’ प्रदान गरिएको थियो ।

समारोहमा कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा समालोचक प्रा.डा. वासुदेव त्रिपाठीसहित विभिन्न विश्वविद्यालयका प्रतिनिधि प्राध्यापकहरू तथा सम्मेलन संयोजक प्रा.डा. महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले सम्मेलनका उपलब्धिबारे प्रकाश पार्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.