तीन मुक्तक
१.
तिम्रो मुहार हेरेर यो मन मात्तिन्छ
नदेख्दा तिमीलाई यो मुटु आत्तिन्छ ।
अलिकति गाजल र रातो टीका लगाउनु
धेरै सुन्दर भएर हिँड्दा हृदय समातिन्छ ।
२.
मेरो माया पित्तल होइन तेजाबी सुन हो
तिम्रो कठोर मुटुलाई शीतल पार्ने जून हो ।
लाग्छ होला तिमीलाई माया एकोहोरो नै हुन्छ
यो मेरो माया त केवल तिम्रो प्रेमको गुन हो ।
३.
मेघ गर्जन्छ, असिना झर्छ अनि पानी पर्
छवटै ऋतुहरूको मानिसलाई बानी पर्छ ।
जब बिथोल्छौ प्रकृति आफ्नाआफ्ना स्वार्थहरूले
सम्झ एक दिन त्यसले तिमीलाई नै हानी गर्छ ।


