साहित्यपोस्ट डट कम

मोगलीको कथा (भाग ४)

मोगलीको कथा (भाग ४)

मूल लेखक : रूडयार्ड किप्लिङ

अनुवादक : भानु छेत्री

दोस्रो खण्ड ‘का’-को शिकार

कहिलेकाहीँ त मोगलीलाई तिनीहरूले तल्तिर झारिदिन्छन् कि भन्ने डर पनि लाग्थ्यो। उसलाई रिस पनि उठ्न थालेको थियो तर त्यस्तो स्थितिमा शान्त रहेर बुद्धिमानीसित काम गर्नुमा नै उसले आफ्नो भलो ठान्यो। बाँदरहरूका दौड़ाइको गति देखेर उसले बुझिसकेको थियो कि भालु र बघेरा धेरै पछि परेका होलान्, तिनीहरूलाई खबर दिनु नै ठीक हुनेछ। तलतिर हेर्न त व्यर्थ थियो किनभने त्यहाँ रूखका हाँगाहरूका टुप्पो मात्र देखिन्थ्यो, यसकारण मास्तिर हेर्न थाल्यो अनि देख्यो कि चीलले आफ्ना पखेटाहरूलाई सन्तुलित पारेर आकाशमा घुम्दै सिनोहरूमाथि झम्टिने सुर कस्दै थियो। जब उसले देख्यो कि बाँदरहरूले कुनै प्राणीलाई समातेर लागिरहेछन् तब ऊ केही तल झरेर बुझ्न खोज्यो कि त्यो खान लायकको छ कि छैन भनेर। बाँदरहरूका कैदमा परेको मोगलीलाई देखेर अचम्मित बन्दै उसको मुखबाट सिटी बज्यो। त्यति नै खेर उसले मोगलीबाट उसलाई लक्ष्य गरिएको सङ्केत शब्द सुन्यो, “तँ र म एउटै रगतको हौँ।” अनि मोगलीको शरीर रूखका बाक्लो हाँगाहरूभित्र लुक्न पुग्यो तर चील ऊसँगसँगै त्यही दिशातिर उडेर गई यथा समयमा नै उसको अको दु अर्थात अर्को रूखमा पुग्यो अनि मोगलीले उसलाई देख्नेबित्तिकै कराएसर भन्यो, ‘मेरो बाटो राम्ररी हेर अनि शिओनी झुण्डको भालु अनि परिषदको शिलाको बघेरालाई भनिदेऊ।”

“तिनीहरूलाई तेरो नाम के हो भनी बताइदिनु भाइ ?” चीलले सोध्यो । चीलले मोगलीको विषयमा धेरै कुरो सुनेको थियो र यसभन्द अघि उसलाई कहिल्यै देखेको थिएन ।

“म मोगली हूँ- मोगली भ्यागुता । तिनीहरूले मलाई मान्छेको बच्च पनि भन्छन्। मेरो पिछा गरेर यो बाटो राम्ररी चिन।”

एउटा रूखदेखि अर्को रूखमा छिटोछिटो हाम फालिरहेका ती दुः बाँदरहरूका बीचमा झुण्डिएको मोगलीले कुनै सुरतले चिच्याएर चीललाई यो खबर दिएको थियो। खबर पाएर चील मास्तिर उड्न थाल्यो – यति माथि कि ऊ एउटा धुलोको कणतुल्य देखिन थाल्यो। उसले त्यहींबात आफ्नो दुरबीन झैँ आँखाहरूले बाँदरहरूका रूखको बाटोमा पर्ने रूखहरूक झुण्डिरहेका हाँगाहरूतिर ध्यानसित हेर्दै उसको बाटोको अनुमान लगाऊ थाल्यो।

“यी बाँदरहरू धेरै टाढासम्म त जाने होइनन् ।” उसले हाँस्दै सोच्चये “यिनीहरू सधैं नै नयाँनयाँ कुराहरू सोचिरहन्छन् जसलाई कहिल्यै पवि पूर्ण गर्न भने सक्तैनन् । यसपटक यिनीहरूले साँच्चै नै सङ्कटलाई निम्ताएक छन्। भालु कुनै कमलो र अनुभवहीन चराको बचेरा त होइन अनि बघेर मैले बुझेअनुसार, कुनै बाखख्रा मार्ने साधारण जन्तु त अवश्य होइन।”

उसले आफ्ना खुट्टाहरू खुम्चाएर भित्र हाल्यो अनि पखेटाहरूव भरमा हल्लिँदै पर्खन थाल्यो ।

उता भने भालु र बघेरा दुवै नै रिस र दुःखले मुर्मुरिरहेका थिए बघेरा यति छिटो एउटा रुखमाथि चढ्यो जसरी ऊ पहिले कहिल्यै चदेव F थिएन। तर रूखका कमलो हाँगाहरू उसको ओजनले गर्दा भाँच्चियो अ ऊ सुल्किंदै तल झस्यो। उसका पञ्जाहरूमा रुखको ताछिएको बोक्रा टाँसिएको थियो।

“तैंले त्यो मान्छेको बच्चालाई पहिला नै चेताउनी किन नदिएको?” उसले भालुलाई गर्जेर भन्यो जो बाँदरहरूलाई पक्रन सकिन्छ भन्ने आशामा आफ्नो बेढङ्गको चालमा दौड़ने कोशिश गरिरहेथ्यो ।

“एक त तैंले उसलाई सचेत गराइनस् अनि फेरि थप्पड़ हिर्काईहिर्काई आधामारो तुल्याइदिइस्। त्यस्तो के आवश्यकता परेको थियो र?”

“छिटो ! अलि छिटो ! हामी… हामी अझै पनि तिनीहरूलाई पक्रन सक्छौँ!” भालुले स्याँ… स्याँ… गर्दै भन्यो।

“यस्तै वेगले ! यस्तो प्रकारले तैंले एउटा घाइते गाईको पिछा पनि गर्न सक्दैनस्। एई कानूनको गुरु ! बच्चापिटुवा ! यसरी लड्दैपड्दै, धरमरिँदै एक माइलसम्म कुदिस् भने त तेरो मुँड़ी फुट्नेछ। पहिला चुपचापसित बसेर सोच् अनि कुनै उपाय रोज्। यी बाँदरहरूको पछाड़ि कुद्ने समय होइन। हामीहरूले पिछा गरेको देखेर कतै तिनीहरूले मोगलीलाई भुइँमा नखसाइदिऊन् ।”

“अरे! अरे! कतै तिनीहरूले थाकेर अहिलेसम्म मोगलीलाई भुइँमा त खसाइदिएनन् ! यी बाँदरहरूको के भरोसा ! मेरो टाउकोमाथि मरेका चमेरा राखिदे ! मलाई काला हड्डीहरू खान दे! मलाई जङ्गली मौरीहरूका चाकाभित्र घुसारिदे जसमा तिनीहरूका विषालु चिलाइले म मर्नसकूँ अनि त्यसपछि मलाई गाड़िदे। म अभागी भालु कड़ाभन्दा कड़ा सजायको भागी हुँ। कठै बरा ! एई मोगली, मोगली! मैले तँलाई चोट पुरयाउनको साटो सचेत किन गराइनँ? कठै बरा ! हुनसक्छ मेरो पिटाइ खाइखाइकन उसले मैले सिकाएको पाठ, सङ्केत शब्द नै भुलिसकेको होला अनि अहिले जङ्गलमा एकलो र असहाय बनेको होला।” त्यसपछि आफ्ना दुवै पञ्जालाई कानमा राखेर भालु भुइँमा लड़ीबड़ी विलाप गर्न थाल्यो ।

“केही क्षणअघि त उसले मलाई सङ्केत शब्दहरू ठीक-ठीक भनेको थियो।” बघेराले अधीर बनेर भन्यो। “तँलाई न त केही याद रहन्छ न त आफ्नो इज्जतको नै वास्ता छ। तैंले सोचेर हेर्, यदि म, कालो चितुवा, त्यो दुम्सी साहीजस्तै गुड़ल्किँदै रून कराउन थालें भने जङ्गलवासीहरूले के सोच्नेछन् ?”

“मलाई जङ्गलवासीहरूले के सोच्लान भन्ने कुराको चिन्ता छैन त्यो अहिलेसम्म मरिसकेको नहोस् ।”

“ त्यस्तो त्यतिखेरसम्म हुन सक्दैन तबसम्म तिनीहरूले खेल-खेलमा नै उसलाई माथिबाट फ्याँक्दैनन वा तिनीहरू आफै थाकेर उसलाई मार्दैनन “त्यस्तो त्यतिखेरसम्म हुन सक्तैन जबसम्म तिनीहरूले खेल-खेल मलाई उसको विषयमा त्यस्तो कुनै डर छैन। ऊ राम्ररी पढेको र बुद्धिमा छ। अनि फेरि उसको आँखासित त जङगलको सबै डराउँछन् । खतरा यति मात्रै छ कि ऊ बाँदरहरूको कब्जामा छ अनि तिनीहरू रूखमा बस्ने हुनाल हामी जङ्गलवासीहरूसित डराउँदैनन् ।” अनि बघेरा आफ्नो एउटा अघिल्ल पञ्जा चाट्दै विचारमग्न भयो ।

“यो मेरै मूर्खताले गर्दा भयो।” आफ्नो भारी शरीरलाई झटक दिएर सीधा पार्दै भालुले भन्यो, “मोटो फुस्रो र जरा खोदल्ने मूर्ख हुँ हात्तीको भनाइ छ कि प्रत्येक प्राणी कसै न कसैसित अवश्य डराउँस एकदम साँचो हो। यी बाँदरहरू पनि चट्टानको छेउमा बस्ने अजिङ्ग ‘का’-सित डराउँछन् । ऊ तिनीहरूजस्तै फूर्तिसित रूखमा चढ्न सक्छ। ३ राति रूखहरूमा चढेर बाँदरहरूको बच्चा चोर्ने गर्छ। उसको नाम सुनेर बाँदरहरूको पुच्छरसम्म सेलाउँछ। हिँड् ‘का’ भए ठाउँमा जाऊँ।”

“त्यसले हाम्रो के मदत गर्ला र? एक ता त्यो हाम्रो जातिको अर्था चौपाया हैन, खुट्टाबिनाको प्राणी हो अनि त्यसको आँखा कति डरलाग्द छ!” बघेराले भन्यो।

“त्यो त धेरै बूढ़ो, अनुभवी र चलाक छ। अनि फेरि त्यो सा भोकाएको हुन्छ।” भालुले नयाँ आशा साँच्दै भन्यो, “त्यसलाई केही बाढ खुवाउने बाचा गर्नू ।”

“एकपटक खाएपछि त्यो महिनाभरि नै सुत्छ। के जान्नु त्यो अहिर पनि सुतिरहेकै होला। अनि यदि ब्यूँझिएको छ भने हामीले बाचा गर्दा उस आफ्नो लागि बाख्राहरू आफै नै मार्नेछु भन्ने उत्तर दियो भने?” बघेरा भन्यो। उसले ‘का’ को विषयमा उस्तो केही जान्दैन थियो । यसैकारण आशङ्कित बन्नु स्वाभाविक थियो।

“यदि उसले त्यसो भन्यो भने, मेरो शिकारी साथी, हामी दुवै मिली उसलाई सम्झाउनेछौं”, भालुले बड़ो आत्मीयतासित आफ्नो फुस्रो काँध बघेराको काँधसित दल्दै भन्यो अनि ती दुवै चट्टानको छेउमा बस्ने अजिङ्गर ‘का’ को खोजीमा हिँड़े।

ऊ एउटा ढुङ्गामा पल्टिएर दिउँसोको घाम तापिरहेको थियो। विगत दश दिनदेखि उसको काँचुली फेरिने प्रक्रिया चलिरहेको थियो अनि अहिले ऊ आफ्नो नयाँ र सुन्दर काया देखेर रमाइरहेको थियो। उसले आफ्नो चेप्टो नाक भएको टाउको यताउता फ्याँकिरहेथ्यो अनि आफ्नो तीस फुट लामो शरीरलाई पल्टाईपल्टाई अचम्मको गाँठी र गुजुल्टो बनाउँदै आफ्नो आहारको कल्पना गर्दै जिब्रो मिठ्याइरहेथ्यो।

“अहिले यसले खाएको छैन।” भालुले शान्तिको श्वास फेरेर ‘का’ को फुस्रो पहेँलो थोप्ला भएको सुन्दर नयाँ कायालाई हेर्दै भन्यो, “बघेरा! अलि सचेत भई बस्नू । काँचुली फेरेपछि यसले केही कम्ती देख्छ, कतै हिर्काइनपठाओस् ।”

‘का’ विषालु साँप थिएन। बरू विषालु साँपहरूलाई ऊ हेय ठानेर उपेक्षाको दृष्टिले हेर्ने गर्थ्यो। उसको वास्तविक शक्ति उसको लपेट्याइमा थियो। जब उसले कसैलाई आफ्नो ठूलो गुजुल्ठोको लपेटमा पार्थ्यो तब केही पनि गर्न सक्थ्यो ।

“शुभ शिकार!” भालुले उसको छेउमा पुगी टुक्रुक्क बस्दै भन्यो। आफ्नो जातिको सबै साँपहरू जस्तै ‘का’ ले पनि केही कम सुन्थ्यो। यसकारण पहिला त उसले भालु बाजेको अभिवादन बुझेन अनि उसले कुनै पनि किसिमको दुर्घटनाबाट आफूलाई तत्पर राख्नका निम्ति आफ्नो शरीर गुजुल्ट्याएर टाउकोलाई केही तल ल्याई राम्ररी हेर्ने कोशिश गस्यो। त्यसपछि भालुको अभिवादन बुझेर प्रत्युत्तरमा भन्यो, “हामी सबैको शिकार शुभ होस् ! अरे, भालु तँ यहाँ के गर्दैछस् ? शुभ शिकार, बघेरा ! हामी तीनमध्ये कम्तीमा एकजनालाई अहिले आहारको खाँचो छ। यता वरिपरि कतै शिकार पाइने सम्भावना छ? कुनै हरिण वा सानोतिनो साँभर भए पनि चल्नेछ। मेरो मुँड़ी त सुकेको कुवा झैँ एकदम खाली छ।”

“हामी शिकार गरिरहेछौँ।” भालुले लापरवाहीसित भन्यो। उसल थाहा थियो कि यति विशाल ‘का’ – सित उत्ताउलो गर्न ठीक होइन।

“म पनि तिमीहरूसित जाऊँ?” ‘का’ ले भन्यो, “बघेरा भाइ भालु तिमीहरूका निम्ति त शिकार गर्नु त्यसै पनि सजिलो छ । एकदुईपट धेरै वा कम गर्नाले तिमीहरूलाई उस्तो कुनै फरक पर्दैन। तर मै जङ्गलको कुनै बाटोमा कति कति दिनहरूसम्म शिकार पर्खिरहनपत भएन भने बाँदरको कनै बच्चा पक्रन सकिन्छ कि भन्ने आशामा आ रातमा रूखमा चढ़नपर्ने हुन्छ । उफ! अब त रूखका हाँगाहरू पनि त्यस रहेनन जस्तो म जवान छँदा हने गर्थ्यो। पात्लो र सुक्खा हाँगाहरू मह रहेका छन्।”

“तँलाई आफ्नो ओजनले गर्दा यस्तो लागेको हुन सक्छ”, भालूले भन्यो।

“अँ मेरो शरीर त साह्रै लामो छ”, ‘का’ ले केही घमण्डसित भन्द “तर हिजआज उम्रने रूखहरू पनि त्यति बलिया छैनन्। अस्ति नै शिक गर्दा त एकपटक म झण्डै रूखबाट लड़ें। मेरो पुच्छर रूखमा कलि लपेटिएको थिएन जसले गर्दा म चिप्लिएर सुल्किएको आवाजले बाँदरह जागे अनि मलाई धेरै नराम्रा गालीहरू दिन थाले।”

“खुट्टाबिनाको पहेँलो गड़ेउला।” बघेरा यस्तो प्रकारले फतफतार मानो केही सम्झने कोशिश गरिरहेछ।

“हिस्-स्-स्-स्! के साँच्चै नै तिनीहरूले मेरो विषयमा यी स भनेका हुन्?” ‘का’ ले सोध्यो।

थिए, तर मैले उति ध्यान दिइनँ। यी बाँदरहरू यस्तै किसिमका निर्लज “बितेको पूर्णेको राति तिनीहरू कराई-कराई यस्तै केही भनिरहे। प्राणी हुन, केही पनि भन्न सक्छन् । तिनीहरूले त यहाँसम्म भन्छन कि त आफ्नो सबै दाँतहरू गुमाइसकेको छस अनि अहिले त तँ बाखाको सिडदौ पनि डराउँछस् – बच्चाहरूको शिकार मात्र गर्छस ।” बघेराले मीठो स्वस बतायो।

कुनै पनि साँप विशेष गरी ‘का’ झैँ सतर्क र अनुभवी अजिङ्गर आफ्नो रिसलाई प्रायःजसो प्रकट हुन दिँदैन। त्यसैकारण उसले बाहिरबाट शान्त देखिने कोशिश गरिरहेको थियो तर भालु र बघेराले उसको घाँटीको दुवैपट्टिका मांसपेशीहरू फुलिँदै घट्‌दै गरी हल्लिएको देखेर उसलाई उठेको रिसको अनुमान लगाइहाले।

“बाँदरहरू आफ्नो पुरानो ठाउँदेखि अन्य कतै गएका छन् ।” ‘का’-ले सानो स्वरमा भन्यो।” आज जब म घाम ताप्न भनी आएँ तब मैले तिनीहरूलाई रूखका टुप्पोहरूमा चिच्याउँदै कराएको सुनें।

“अहिले हामीहरू बाँदरहरूलाई नै पिछा गरिरहेका छौं”, भालुले भन्यो। उसको घाँटीमा यी सब कुराहरू अड्किन पुग्यो किनभने उसले जानेअनुसार जङ्गलको कुनै प्राणीले बाँदरहरूका गतिविधि सम्बन्धमा कुनै पनि किसिमको चासो देखाएको यो पहिलोचोटि थियो।

“तिमीहरू झैँ जङ्गलका मानिएका शिकारीहरूले पनि कहिले बाँदरहरूका पिछा गर्छ, यसको पछि निश्चय पनि कुनै विशेष कारण लुकेको हुनपर्छ”, ‘का’ ले शिष्टपूर्ण कौतूहलतासित सोध्यो।

“वास्तवमा भन्नु हो भने म त शिओनी ब्वाँसोका बच्चाहरूलाई कानून पढ़ाउने एउटा बूढ़ो र मूर्ख शिक्षक मात्र हुँ। अनि यो बघेरा।”

“बघेरा हो?” कालो चितुवाले बीचैमा कुरा काटेर भन्यो। उसलाई भालुले अत्याधिक विनम्रता देखाएको उति मन परेन। उसले ‘का’-लाई भन्यो, “समस्या यस्तो छ ‘का’ कि ती फल चोर्ने अनि खजुरका पातहरू लुछ्ने बाँदरहरूले हाम्रो मान्छेको बच्चालाई, जसको विषयमा शायद तैंले सुनेको होलास्, चोरेर लगेका छन्।”

“मैले साही दुम्सीबाट कोही मान्छेको बच्चा ब्वाँसोहरूका झुण्डमा सामेल भएको छ भन्ने कुरा सुनेको थिएँ, तर त्यसको कुरामा विश्वास लागेको थिएन। दुम्सीको बानी नै यताउताका कुराहरू फैलाउनु हो।”

“तर यो कुरा साँचो हो। त्यो कुनै मान्छेको बच्चा होइन – सबैभन्दा राम्रो, बुद्धिमान र बहादुर छ। त्यो मेरो आफ्नो चेला हो जसले सम्पूर्ण जङ्गलमा आफ्नो यश फैलाउने छ। अनि फेरि म मात्रै होइन तर ‘का’ हामी सबै नै उसलाई माया गर”हिस!” ‘का’ ले आफ्नो शिर अघि पछि गर्दै भन्यो, माया भन् कुरो के हो त्यसको अनुभव मलाई पनि छ। म तिमीहरूलाई यस्ता क कथाहरू सुनाउन सक्छु…।”

“त्यसका निम्ति जुनेली रात आउनपर्छ अनि भुँडी भरिएको हुनपर त हाम्रो मान्छेको बच्चा बाँदरहरूका कब्जामा छ जो सम्पूर्ण जङगलम तब मात्र यस्तो कथाका आनन्द लिन सकिन्छ।” बघेराले भन्यो, “अकु ‘का’-सित मात्र डराउँछ।”

“अँ यो कुरा त ठीकै हो, तिनीहरू मसित डराउँछन अनि त्यसक समुचित कारण पनि छ।”, ‘का’ ले भन्यो, “यी बाँदरहरू त्यसै बित्थाम मान्छेको के गति भयो होला, केही भन्न सकिँदैन । तिनीहरूले फल टिफ बक्-बक गरिहिँड्ने मूर्ख र घमण्डीहरू हुन् । तिनीहरूका हातमा परेक अनि अघाइसकेपछि फ्याँक्छन् । तिनीहरू कुनै हाँगालाई लिएर मध्यान्हसर घुमिरहन्छन् – त्यसबाट नजाने के के योजनाहरू बनाइरहन्छन् अनि त्यसप त्यसलाई भाँचेर फ्याँकिदिन्छन्। के जान्नु ! बिचरा त्यो मान्छेको बच्चाला के हुने हो। तिनीहरूले मलाई पनि ‘पहेँलो माछा’ भनेको थियो, होइन?

“होइन, गढ़ेडला भनेको थियो, गढ़ेडला।” बघेराले भन्यो, त्यां मात्र कहाँ र! अरू पनि धेरै कुरा भनेको थियो, मलाई भन्न पनि लाग लाग्छ।”

“आफूभन्दा श्रेष्ठ जातिहरूप्रति भद्र भाषाको व्यवहार गर्नपर्छ म कुरा हामीहरूले तिनीहरूलाई सिकाउनपर्छ। अँऽऽऽऽऽऽ! तिनीहरूको झीन स्मरण शक्तिलाई ठीक पार्नैपर्छ। अँ त्यसो भए तिनीहरूले त्यस मान्छेक बच्चालाई लिएर कहाँ गएका छन् त?”

“त्यो त जङ्गललाई नै थाहा होला। मेरो विचारअनुसार जता घा अस्ताउँछ त्यतै गएको हुनपर्ने। हामी त तँलाई थाहा छ होला भन्ने पो सोब थियौँ, ‘का’!”

“मलाई कसरी थाहा हुन्छ ? म बाँदरहरूको शिकार गर्दिनँ, अन्या तिनीहरू मेरो बाटोमा आएछन् भने चैं खाइदिन्छु। बाँदर वा भ्यागुतास मार्नु मलाई मन पर्दैन।”

“अप्, अप् ! अप्, अप् हिल्लो! इल्लो ! इल्लो शिओनी ब्वाँसो झुण्डको भालु यसो मास्तिर हेर त !” माथिबाट आवाज आयो। भालुले माथि आवाज आएको दिशातिर हेर्दा चीललाई देख्यो। उसको पखेटा मास्तिर भएका कुराहरूमा घाम टल्किरहेको थियो। उसको सुत्ने समय भइसकेको थियो तर ऊ सम्पूर्ण जङ्गलभरि भालुको खोजमा घुमिरहको थियो अनि तल रूखहरूका बाक्लो छायाँले गर्दा उसले भालुलाई सहजै देख्न सकेको थिएन।

“के भयो?” भालुले सोध्यो।

“मैले मोगलीलाई बाँदरहरूसित देखेको छु। उसले तिमीलाई भनिदिनु भनेको थियो। मैले तिनीहरूमाथि आफ्नो दृष्टि राखिरहें। तिनीहरूले उसलाई नदीपारिको बाँदरहरूको शहर चिसो गुफामा लगेका छन्। तिनीहरू त्यहाँ कहिलेसम्म बस्नेछन् भन्ने कुराको कुनै पत्तो छैन हुनसक्छ तिनीहरू त्यहाँ एक रात वा दश रात वा एक घण्टा मात्र पनि बस्न सक्छन् । राति तिनीहरूमाथि दृष्टि राख्नू भनी मैले चमेराहरूलाई भनिदिएको छु। अँ यति नै भन्नु थियो। तल भएका सबैमा शुभ शिकारको कामना गर्दछु।”

“तिमीलाई पनि पेटभरिको आहार र गहिरो निन्द्रा प्राप्त होस् ! बघेराले कराएर आफ्नो शुभकामना दियो, अँ सबैभन्दा राम्रो चील ! मेरो अर्को शिकारमा म तिमीलाई सम्झनेछु अनि त्यसको पूरा टाउको नै म तिम्रो निम्ति राखिदिने छु।”

“अरे मैले त्यस्तो के गरेँ र ! केटोले सङ्केत शब्दमा बोलेको थियो। के म उसका निम्ति यति पनि गर्ने थिइनँ र?” अनि चील फन्को मार्दै आफ्नो गुँड़ भएतिर लाग्यो।

“देख्यौ ! केटोले मैले सिकाएको सङ्केत शब्दहरूको प्रयोग गर्न भुलेको छैन।” भालुले घमण्डसित भन्यो। “यसो विचार गर त, यति सानो बच्चालाई बाँदरहरूले पक्रेर एउटा रूखदेखि अर्को रूखमा हाम फाल्दै लगिरहेको यस्तो सङ्कटको समयमा पनि उसलाई चराचुरुङ्गीका सङ्केत शब्दसमेत याद रहेछ।”

“किन नहोस् त?” बघेराले भन्यो, “उसको शिक्षा जो यति पक्का र ठोस थियो। मलाई ऊमाथि गर्व छ। अब हामीहरू चिसो गुफातर्फ लाग्नपर्छ ती सबै जङ्गलवासीहरूलाई त्यो ठाउँ कहाँ छ भन्ने कुराको थियो तर तिनीहरू कहिल्यै पनि त्यहाँ जाँदैनथे किनभने त्यो ठाउँ बाक्ल जङ्गलहरूमाझ स्थित एउटा पुरानो, परित्यक्त र निर्जन गुफा थियो मान्छेहरूले परित्याग गरेका ठाउँलाई जङगली हिंस्रक जन्तुहरूले आफ्न काममा ल्याउँदैनन । जङगली सँगुरहरू मात्र त्यहाँ आउनेजाने गर्छन्। बाँदरहरू भने पक्कै पनि कहिलेकाहीँ त्यहाँ बस्ने गर्थे। तर जङ्गलको कु पनि आत्मसम्मान भएको जन्तुले खडेरी नपरुञ्जेलसम्म त्यस ठाउँनि यसो आँखा उठाएर पनि हेर्दैनथे । खडेरी परेको समयमा त्यहाँको भग्नप्राय कुण्ड तलावहरूमा वर्षाको केही पानी जमिएको पाइन्थ्यो।

“छिटो-छिटो गरी कुदयौँ भने पनि हामी त्यहाँ पुग्दानपुग्दा आधार त बितिहाल्छ।”, बघेराले भन्यो। यो सुनेर भालु पनि केही गम्भीर हुन पुग्यो। “म जति छिटो हिँड्न सक्छु हिँड्नेछु।”, उसले चिन्तित हुँदै भन्यो “हामी तँलाई पर्खन सक्दैनौँ। त जति छिटो हुन सक्छ हाम्रो पात्र आउँदै गर्। म र ‘का’ छिटो-छिटो गरी हिँडिहाल्नेछौँ।”

“मेरो खुट्टा नभए तापनि म हिँड्न तेरो बराबरी गर्न सक्छु।” ‘का’-भन्यो।

भालुले पनि ऊसितै छिटो-छिटो दौड़ने कोशिश गस्यो तर श्वान बढ़ेकोले गर्दा बसिहाल्न पस्यो। त्यसैकारण बघेरा र ‘का’ उसलाई पहि छाडेर अघि बढ्न थाले। बघेरा आफ्नो तेज र फुर्तिलो चितुवा सुला गतिले अघि बढिरहेथ्यो। ‘का’ ले भन्न त केही भनेन तर उसको गि बघेराको भन्दा कुनै रूपमा पनि कम्ती थिएन। जब तिनीहरू पहाड़क एउटा नदीको सामु पुगे तब बघेरा हाम फालेर नदीको पारिपट्टि पुग्य जबकि ‘का’-लाई भने पौडेर जानुपस्यो। तर समतल जमीनमा पुगेपणी भने ‘का’-ले बघेरालाई भेटिछाड्‌यो अनि बघेरा भन्न बाध्य भयो, “मला स्वतन्त्र तुल्याउने भाँचिएको, भत्किएको तालाको कसम, तेरो गति पाँ केही कम छैन !”

“म भोको छु ।” ‘का’ ले उत्तर दियो, “अनि फेरि तिनीहरूले मलाई थोप्ला भएको भ्यागुता भनेर मेरो अपमान पनि त गरेको थियो, होइन?”

“गढ़ेडला हो गढ़ेडला, अनि त्यो पनि पहेँलो गढ़ेडला।” “एउटै कुरा हो। जाँदै गरौं।” अनि ‘का’ तीव्र गतिमा अघि बढ्‌दै सुल्कन थाल्यो। ऊ आँखा झिम्म पनि नगरी सजिलो र चोर बाटो खोज्दै यति तेजीसित सुल्केर गइरहेथ्यो मानो जमीनसित नै पानीको धारा गइरेहछ।

उता चिसो गुफामा भने बाँदरहरू मोगलीका साथीहरूका यी गतिविधि सम्बन्धमा अनभिज्ञ रही आफ्नो नयाँ उपलब्धिमाथि रमाइरहेका थिए। मोगलीले यसअघि त्यस्तो भारतीय नगर कहिल्यै देखेको थिएन यद्यपि त्यो भग्नावशेषको थुप्रो भए तापनि सुन्दर र विचित्रको देखिन्थ्यो। यस नगरलाई धेरै समयअघि एउटा सानो पहाड़माथि कुनै राजाले निर्माण गरेका थिए। नगरको भत्किएको फाटकसम्म पुग्ने ढुङ्गाले बनिएको बाटो अझै पनि देख्न सकिन्थ्यो। फाटकका दैलोहरू खिया लागेका कब्जाहरूका भरमा झुण्डिरहेका थिए। भित्ता र त्यसका छेउछाउमा रूखहरू उम्रिसकेका थिए। प्राचीर भाँचिएर तल झरेको थियो। किल्लाको झ्यालहरूबाट जङ्गली लहराहरू गाँजिएर बाहिर निस्किएका थिए।

पहाड़माथि छाना भत्किएको एउटा ठूलो महल खड़ा थियो। त्यसको प्राङ्गण अनि फोहोराको सङ्गमर्मरको पटाइ ठाउँ-ठाउँमा फुटेको थियो अनि तीमाथि राता, हरिया दागहरू लागेका थिए। प्राङ्गणमा राजाको हात्ती बाँधिने ढुङ्गामा पनि घाँस-पात र कलिला रूखहरू उम्रेकाले गर्दा भाँचिएर उप्कन पुगेको थियो। नगरको अन्य भवनका छानाहरू पनि ढलिसकेका थिए अनि ती मौरीहरूको रित्तो चाका झैँ देखिन्थे जहाँ महको ठाउँमा अँध्यारो भरिएको हुन्छ। चौबाटोको बीचमा ढुङ्गामा एउटा ठूलो, आकृितिविहीन टुक्रा उभिएको थियो जो कुनै समयमा कुनै मूर्ति भएको हुनपर्छ। कुवाको ठाउँमा खाल्डोहरू मात्र थिए अनि मन्दिरको भाँचिएका गुम्बजहरूको छेउमा नेभाराको रूखहरू उम्रिएका थिए। बाँदरहरूले यस ठाउँलाई आफ्नो नगर भन्थे अनि जङ्गलमा बस्ने जन्तुहरूलाई आफूभन्दा हीन ठानेर अटेरी स्वभाव देखाउने गर्थे। तरै पनि त्यो भवन केका निम्ति बनिएको हो अनि त्यसको उपयोग कसरी गर्नपर्ने हो भन्ने कुराको पत्तो तिनीहरूलाई थिएन। तिनीहरू महलको ठूलो सभागृहमा गोलाकार भई बसेर एकार्काको शरीरको जुम्रा हेर्थे अनि तिनीहरू पनि मान्छे नै हुन भन्ने स्वाँग पार्ने गर्थे। कहिले तिनीहरू ती भत्किएर घरहरूका कुनामा पुराना इँटा र ढुङ्गाहरूको थुप्रो लगाउँथे अनि ती को लुकाइएका थिए भन्ने कुरो भुल्थे अनि त्यसै विषयमा आपस्तमा भिदि थाल्थे । चिच्याउँदै हल्ला गरेर एकार्कामाथि हात उठाउँथे अनि केही क्षणपछि मिल्थे पनि । त्यसपछि राजमहलको बगैंचामा खेल्न जान्थे । तिनीहरू मेवा सुन्तलाको रूख र गुलाबको झ्याङलाई बेस्सरी हल्लाएर फल अनि फूल चूँडिएर भुइँमा खसेको देखी रमाउँथे। तिनीहरू महलमा चारैतिर घुमिहिंदर र कहाँ के छ भन्ने कुरो भूल्ने गर्थे तर पनि तिनीहरू त्यहाँ मान्छेहरू जसे शब् भएर काम गरिरहेछन भन्ने कुरा एकार्कालाई जताइरहन्थे । तिनीहरू तलाउमा ऊ पानी पिउन गए भने पानी मैला पारिदिन्थे अनि त्यसका निम्ति एकार्काला भदोषी ठहरयाउँदै भिड़िन थाल्थे अनि फेरि एक ठाउँ जम्मा भई करार थाल्थे, “जङ्गलमा बाँदरहरू झैँ चतुर, बुद्धिमान, इमानदार, बलवार अनि भद्र अन्य कोही छैनन्।” त्यसपछि फेरि तिनीहरू त्यहाँ घुमी-घुमीक भआफ्ना उही पुराना चेष्टाहरू दोहोस्याउने गर्थे। तिनीहरू जब त्यहाँबाट का थाक्थे तब फेरि फर्केर जङ्गलको रूखका टुप्पाहरूमा पुग्थे अनि बा जङ्गलवासीहरूका ध्यान आफूपट्टि पार्ने कोशिश गर्थे।

मोगलीले, जसले जङ्गलको कानूनको शिक्षा पाएको थियो, उसल यस किसिमको जीवनचर्या न त बुझ्यो न उसलाई मन पस्यो। जब बाँदरहरूल उसलाई घिसार्दै चिसो गुफामा पुस्याए तब साँझ परिसकेको थियो। यति लामो यात्रापछि मोगली सुत्न चाहन्थ्यो तर तिनीहरू एकार्काको हात समाते नाच्न अनि आफ्नो मूर्खतापूर्ण गीत गाउन थाले। एउटा बाँदरले भाषा दिँदै भन्यो कि मोगलीलाई पक्रेर ल्याउनु बाँदरहरूको इतिहासको एउट विशिष्ट र नौलो घटना हो किनभने मोगलीले तिनीहरूलाई वर्षा वा ठण्डादेखि बाँच्नका निम्ति पात्लो हाँगा अनि वेतहरू बुनेर झोपड़ीहरू बनाऊ सिकाउनेछ। मोगलीले केही लहराहरू चुँडाएर त्यसलाई बुन्न थाल्यो अनि बाँदरहरूले उसको देखासिकी गर्ने कोशिश गर्न थाले तर तिनीहरू केह क्षणमा नै त्यस कामदेखि वाक्क भए अनि ख्याँक-ख्याँक, खुक-खूँक गरेर एकार्काको पुच्छर तान्न थाले।

“मलाई भोक लागेको छ।” मोगलीले भन्यो, “म यहाँ एकदमै अपरिचित छु। कि त मेरो निम्ति केही खाने कुरा ल्याइदेऊ कि मलाई शिकार गर्ने अनुमति देऊ।”

झण्डै बीस वा तीसजना बाँदरहरू उसका निम्ति त्यहाँ पाइने जङ्गली मेवा इत्यादि ल्याउन भनी गए। तर तिनीहरू बाटोमा नै आपस्तमा भिड़िन थाले अनि बड़ो मुश्किलसित उब्रिएका फलहरू लिएर फर्के। कुद्ध, दुःखी र भोका मोगलीले त्यस निर्जन नगरमा अपरिचितहरूलाई डाक्ने सङ्केत शब्दहरू भट्याइहिँड्यो तर उसले कुनै उत्तर पाएन अनि उसले बुझ्यो कि ऊ एउटा कुनै साहै नराम्रो ठाउँमा आइपुगेको छ। ऊ सोच्न थाल्यो ‘भालु बाजेले यी बाँदरहरूका विषयमा सत्य नै भनेका थिए। यिनीहरूका त कुनै कानून छ, न त कुनै सङ्केत शब्द छ, न कुनै नेता नै छ। मूर्खतापूर्ण कुराहरू र चोर्ने ससाना हातहरूबाहेक अरू केही पनि छैन। यदि म यहाँ भोकै मरे वा मारिए भने मेरै दोष हुनेछ। मैले फर्केर आफ्नै जङ्गलमा जाने कोशिश गर्नपर्छ। भालु बाजेले साँच्चै नै मलाई धेरै पिट्नेछन् तर यी बाँदरहरूसित बसेर गुलाबका पातहरू चुँडाउनुभन्दा त उनको पिटाइ खानु नै बेस हो।’

यस्तै के के सोच्दै ऊ नगरको देवाल नजिक पुग्यो। तर बाँदरहरूले उसलाई तानेर फर्कायो। तिनीहरूले उसलाई भन्न लागे कि बाँदरहरूसित बस्नु पाउनु उसका निम्ति ठूलो सौभाग्यको कुरो हो जसका निम्ति ऊ तिनीहरूप्रति कृतज्ञ बन्नपर्छ। तर तिनीहरूले उसलाई कतिपटक चिमोट्दा पनि उसको मुखबाट कृतज्ञताका शब्दहरू निस्केनन्। तिनीहरूले हल्ला गर्दै उसलाई वर्षाको पानीले आधा भरिएका राता ढुङ्गाहरूले निर्मित जलाशयका माथिल्लो कौसीतिर लगे। कौसीको माझमा कुनै समयमा रानीहरूका निम्ति बनाइएका ग्रीष्म-आवासको खण्डहर थियो। त्यसको गुम्बज भाँचिएर झरेको थियो जसको कारणले गर्दा त्यहाँ भित्रको बाटो बन्द भएको थियो जहाँबाट रानीहरू आफ्नो महलदेखि त्यहाँसम्म आउनेजाने गर्थे। त्यस आवासको दूध झैँ सेतो सङ्गमर्मरको जाली भएको देवाललाई खुबै सुन्दर ढङ्गले घस्ने काम भएको थियो अनि राति जब जून पहाङमाथि आई चम्कन्थ्यो तब त्यसको किरण यिनै जाली भएका देवालबाट छिरेक पटाइमा यति सुन्दर छायाचित्र बनाउँथ्यो मानो कसैले कालो मखमलमाधि जरीको बेलबुट्टा भएको हस्तशिल्प गरेको हो। मोगली भोक, निन्द्रा थे थकानले ग्रस्त भए तापनि उसले त्यस समय आफ्नो हाँसो रोक्न सकेन जब एकैचोटि बीस-बीसजना बाँदरहरूले उसलाई बताउन थाले कि तिनीहर कति महान् बलवान् अनि दयालु छन अनि तिनीहरूलाई छोड्ने इच्छ साँच्नु उसका निम्ति ठूलो मूर्खता हुनेछ । तिनीहरू कराउन थाले, “हाम महान छौँ! हामी स्वतन्त्र छौं। हामी अद्भुत छौँ सम्पूर्ण जङ्गलमा सबैभन्द भिन्न! किनभने हामी सबै यही नै भन्छौँ । यसैकारण यो कुरा अवश्य नै सत हो।” फेरि तिनीहरूले मोगलीलाई भने, “हाम्रा यी कुराहरू सुन्न ति एकजना नयाँ व्यक्ति हौ। यी कुराहरू जङ्गलमा फर्केर गएपष्चि जङ्गलवासीहरूलाई बताउनू जसमा कि तिनीहरूले हामीप्रति ध्यान दि थालुन्। हामी आफ्ना सबै महान् गुण अनि विशेषताहरू तिमीलाई बताउनेछौँ। मोगलीले यस कुरोप्रति कुनै आपत्ति जनाएन अनि त्यस ठूलो कौसीम सैकड़ाँ बाँदरहरू आफ्नो जातिद्वारा गरिएको आत्माप्रशंसा सुन्नका निमि जम्मा भए। जसै कुनै वक्ता श्वास फेर्नका निम्ति अड़िन्थ्यो, तिनीहरू सा कराएर उसको अनुमोदन गर्न थाल्थे। तिनीहरूले मोगलीलाई जब कु प्रश्न गर्थे तब उसले झुल्दै हो भन्ने सङ्केतमा टाउको हल्लाइदिन्थ्य तिनीहरूको हल्लाले गर्दा उसलाई रिङ्गटा चल्न थालिसकेको थियो। मनमनै सोचिरहेथ्यो, ‘शायद यिनीहरूलाई तबाकी स्यालले टोकेको छ यिनीहरू पागल भएका छन् योभन्दा ठूलो पागलपन अरू के हुनसक्छ! येनीहरू कहिल्यै सुत्छन पनि होला र? जूनमा एउटा बादल आएको देखिदैश जो बादल आएर जूनलाई पूर्ण रूपले ढाक्नु नि अनि म त्यस अँध्यारोव कायदा उठाएर यहाँदेखि भाग्न पाउनु नि! तर साहै थाकेको छु।”

उता नगरको केबलामुन्तिरको खाल्डोमा पर्खिरहेका उसका दुई साथीहरू बघेरा र ‘का’ ले पनि त्यही बादललाई नियालिरहेका थि उता नगरको केबलमुन्तिरको खाल्डोमा पर्खिरहेका उसका दु नीहरूलाई थाहा थियो कि धेरै सङ्ख्यामा जम्मा भएका बाँदरहरू नोखिमपूर्ण हुन्छन् अनि तिनीहरूले सैकड़ौँको सङ्ख्यामा धुरिएर एकजना पत्रुमाथि आक्रमण गर्छन् । तिनीहरू यस्तो कुनै जोखिम उठाउन चाहँदैन व्यए अनि सही मौकाको खोजीमा थिए।

“म पश्चिम देवालतर्फ जानेछु”, ‘का’ ले कानेखुसी गर्दै भन्यो, त्यहाँको ओह्रालो परेको जमीनबाट चिप्लँदै गएर तिनीहरूमाथि जाइलाग्नेछु। ननीहरूले सैकड़ौँको सङ्ख्यामा मेरो ढाड़माथि आक्रमण गर्न सक्नेछैनन्, र…”

“मलाई थाहा छ”, बघेराले भन्यो, “भालु यहाँ हुँदो हो ता! जे होस्, मी जे पनि गर्न सक्छौँ, गर्नेछौँ। त्यो बादलले जब जूनलाई ढाक्छ तब म कौसीमा पुग्नेछु। त्यहाँ तिनीहरू केटोलाई लिई कुनै सभा गरिरहेका होलान्।”

“शुभ शिकार!” भनेर ‘का’ घसँदै पश्चिम देवालतर्फ लाग्यो। तापट्टिको देवाल केही कम भत्किएको हुनाले त्यस विशाल सर्पलाई माथि बढ्न केही समय लाग्यो। जूनलाई बादलले ढाक्यो अनि मोगलीले जसै ही गर्ने कुरा सोच्न थालेको मात्र के थियो कि उसले कौसीमा बघेराको एका पद्याप सुन्यो। त्यो कालो चितुवा चुपचापसित दौड़ेर त्यो भिरालो मीनमाथि आइपुगेको थियो अनि टोकेर समय नष्ट नगरी आफ्नो दुवै जाले भकाभक बाँदरहरूलाई हिर्काइरहेको थियो। बाँदरहरू रिस र बतङ्कले गर्दा चिच्चाइरहेका थिए अनि छटपटाएर हात-खुट्टा चलाइरहेका बए। यतिकैमा एउटा बाँदर करायो, “त्यो त एकजना मात्र छ त्यसलाई र्काऊ ! मारिदेऊ ! त्यसपछि बघेरालाई आफ्ना दाँतहरूले टोक्दै, ड्राउँदै-चिथोर्दै अनि यताउताबाट तान्दै बाँदरहरूका झुण्डले घेस्यो। च-छ जना बाँदरहरूले मोगलीलाई समातेर घिसार्दै लगेर भत्किएको बजको दुलोबाट भित्र ठेलिदियो। यदि कुनै साधारण मान्छेको बच्चा हुँदो ता ऊ यस्तो पन्ध्र फुट माथिबाट तलतिर ठेलिँदा नराम्रो प्रकारले घाइते नथियो, तर मोगली भालुद्वारा प्रशिक्षित थियो। यसरी ठेलिँदा उसले लुले सिकाएजस्तै गरी हाम फाल्यो अनि तल पुगेर आफ्ना दुवै खुट्टाको रमा भुइँमा उभियो।

बाँदरहरूले कराएर उसलाई भन्यो, “त्यहीँ बस्। हामी तेरा थीहरूलाई मारेर आउनेछौँ। त्यतिखेरसम्म यदि तँ विषालु साँपहरूदेखि बाँचिस् भने आएर तँसित खेल्नेछौँ।”

क्रमश:

(भानु छेत्रीको अनुवादमा रहेको विश्वप्रसिद्ध पुस्तक ‘जङ्गल बूक’ पुस्तकबाट)

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.