मूल लेखक : रूडयार्ड किप्लिङ
अनुवादक : भानु छेत्री
तेस्रो खण्ड बाघ-बाघ
“खै तिमीहरू लोग्ने मान्छेहरूलाई पनि के भन्नु ।” मटकाले आफ्नो पछिल्लो भाग उठाएर शरीरलाई हम्काउँदै भनी, “तिमीहरू झगड़ा नगरी आफ्नो ठाउँ ठीक पार्न किन सक्तैनौ ? तिमीलाई हेर्दा त भर्खरै खेलसित भिड़िएर आएको झैँ देखिन्छ ।”
“म त मई महिनाको बीचदेखि नै भिड़िहेछु । यसपालि त समुद्रको किनारमा खूबै भीड़ छ । मैले कमसेकम सयजना जति यस्तो सील भेटें जो ल्यूकेन्नन समुद्र तटबाट घरको खोजीमा आएका छन् । यिनीहरू जहाँका हुन् त्यहीँ चैं किन नबसेका होलान् ।”
“छिः कोही बेला मेरो मनमा यस्तो विचार आउँछ कि हामीहरू यस्तो भीड़मा भन्दा अट्टर द्वीपमा गएको भए असल हुने थियो ।” मटकाले भनी ।
सी क्याचले घमण्डसित आफ्नो टाउको दुई काँधहरू माझमा हुल्यो अनि निदाएको बहाना गर्न थाल्यो तर उसले मनमनै अर्को भिडन्तको विषयमा सोचिरहेको थियो । त्यतिखेरसम्म सबै सील र तिनीहरूका स्वास्नीहरू समुद्रको किनारमा आइसकेका थिए अनि तिनीहरूका हल्ला समुद्रको छालको आवाजलाई पनि उछिनेर धेरै टाढा-टाढासम्म सुनिदै थियो । त्यस समुद्रतटमा बूढापाका, आमाहरू, मसिना बच्चाहरू, अविवाहित किशोर-किशोरी आदि मिलाएर कमसेकम दश लाख सीलहरूसित अनि आपस्तमा भिडिनु, चिच्याउनु, कराउनु, घस्रनु, एकार्कासित मिलेर खेल्नु इत्यादि सबै किसिमका गतिविधिहरू त्यहाँ देखिन्थे । कतिजना झुण्डबाट समुद्रतिर गइरहेका थिए भने कोही त्यहाँबाट आउँदै थिए । कुइरोको माझबाट जहाँसम्म आँखाले ठिम्याउन सकिन्थ्यो, चारैतिर समुद्रको किनारमा सीलहरू मात्र देखिन्थे । जबसम्म सूर्यको किरण पसेर सबै कुरोलाई इन्द्रेणी रङ्गले रङ्गाउँदैन तबसम्म नोवास्तोशनाको सागर तट सधैं नै कुइरोले डम्म रहन्छ ।
मटकाको बच्चा कोटिकको जन्म यस्तै वातावरणमा भएको थियो । उसका टाउको र काँधहरू ठूल्ठूला अनि आँखाहरू पहेँलो नीलो रङ्गका थिए, जस्तो सबै सीलका बच्चाहरूको हुने गर्छ । तर उसको छालाको रङ्ग भिन्नै किसिमको थियो । एक दिन बच्चाको छालालाई नियालेर हेर्दै मटकाले भनी, “सी क्याच मलाई लाग्दैछ कि हाम्रो बच्चाको शरीरको रङ्ग शायद सेतो हुनेछ ।”
“हन के कुरो गरेकी!” सी क्याचले व्यङ्ग्य कस्दै भन्यो, “आजसम्म संसारमा कसैले सेतो सीलको विषयमा सुनेको वा देखेको छ?”
“अहिलेसम्म सुनेको वा देखेको होस्-नहोस् तर अब अवश्य देख्नेछ ।” अनि उसले सबै सील आमाहरूले आफ्ना बच्चाहरूका निम्ति गाउने निनीनानी गीत मसिनो स्वरमा गुनगुनाउन थाली ।
छः हप्ता नबितुञ्जेल पौड़ने तरखर नगर्नू नत्र टाउको भारी भई डुब्नेछौँ भनी जान्नू गर्मीको आँधी र शिकारी ह्वेल दुवै नराम्रा हुन्छन्
यति नराम्रा तिनले तिम्रो प्राण हर्न सक्छन् बलियो बनेर पानीमा पस्नू, सबै सामना गर्नू समुद्रको मेरो छोरो अनि तिमी रमाउनू ।
शुरू-शुरूमा सीलका बच्चाहरूले यी शब्दहरूका अर्थ बुझ्दैन थिए । उसले पनि आफ्नी आमाको छेउमा बसेर घस्रनु अनि आफ्नो शरीर हल्लाउनु सिक्थ्यो अनि उसको बाबु अरू कसैसित भिडिरहेको समयमा उसको छेउमा पर्नुहुन्न भन्ने कुरो पनि बुझ्थ्यो । मटका खानेकुरो लिनका निम्ति समुद्रमा जाने गर्थी अनि बच्चालाई दुई दिनमा एकपटक मात्र खाना दिन्थी तर उसले त्यसै बेला नै पेटभरि खाना खान्थ्यो र खँदिलो बन्न पुगेको हुन्थ्यो ।
सबैभन्दा पहिला उसले आफ्नो वरपर घसन थाल्यो अनि उसले आफ्नो उमेरका हजारौं बच्चाहरूलाई त्यहाँ देख्यो । तिनीहरू आपस्तमा मिलेर किनारको सफा बालुवामा खेल्थे, निन्द्रा लागे त्यहीँ सुत्थे अनि ब्यूँझिएपछि फेरि खेल्न थाल्थे । शिशु कक्षामा भएका ठूलाठालाहरूले तिनीहरूको यस खेलमा कुनै बाधा पुस्याउँदैनथे । बढ़ेका र किशोर-किशोरीहरूका निम्ति त आफ्नै ठाउँ छँदै थियो, त्यसैकारण ती बच्चाहरू आनन्दपूर्वक खेल्ने गर्थे ।
मटकाले समुद्रको गहिरो पानीबाट माछा समातेर फर्केपछि ऊ सोझै बच्चाहरू खेल्दै गरेको ठाउँमा जान्थी अनि एउटा भँड़ाले पाठालाई डाके झैँ गरी आफ्नो प्यारो कोटिकलाई डाक्थी । कोटिकको स्वर सुन्नेबित्तिकै ऊ त्यस ठाउँमा गएर उसलाई आफूसित ल्याउँथी । उसले कोटिकलाई, ‘जबसम्म ऊ हिलो भएको पानीमा पसेर चिलाउने बिमार लाग्दैन, खस्रो बालुवा आफ्नो कुनै चोटमा दल्दैन अनि ज्वार चलेको समय पानीमा पौड़न नगए डराउनुपर्ने केही छैन’ भनेर राम्ररी सम्झाएकी थिई ।
सीलका बच्चाहरू शुरूमा आफै पौड़न जान्दैनन्, तिनीहरूलाई पौड़न सिकाउनपर्छ । तर पौड़न नसिकुञ्जेलसम्म तिनीहरू सञ्चोले बस्दैनन्। जब पहिलोचोटि कोटिक समुद्रमा गएको थियो तब उसलाई एउटा छालले जगाएको हुनाले उसको सन्तुलन बिग्रिएको थियो । यदि अर्को छालले उसलाई फर्काएर पछि नफ्याँकिदिएको भए ऊ डुब्ने थियो । त्यसपछि भने ऊ सतर्क तिनले उसलाई चोट पुस्याउन सक्थ्यो । उसले आफ्ना पौडने अङ्गहरूका भयो । ऊ केवल समुद्रका ठूल्ठूला छाल र लेउहरूबाट बाँचेर बस्थ्यो किनभने प्रयोग गरेको दुई हप्ता भइसकेको थियो अनि ऊ पानीभित्रबाहिर गर्दा कहिले खोक्ने अनि कहिले घुँकघूँक गर्ने गर्थ्यो, कहिले घसँदै किनारतिर जान्थ्यो अनि उँगेर एक दुई झप्को निदाइपठाउँथ्यो तर ब्यूँझिएपछि फेरि पानीमा जान्थ्यो । ऊ पानीमा बस्ने प्राणी हो अनि पानी नै उसको संसार हो मन्ने कुरा उसले राम्ररी बुझिसकेको थियो । ऊ आफ्ना साथीहरूसित कहिले अग्ला अग्ला छालहरूमा डुबुल्की मार्न पुग्थ्यो, कहिले कुनै छालमा चढेर माथि आइपुग्थ्यो अनि जब छाल किनारको कुनै सुदूर भागमा गई फैलन्थ्यो तब त्यसै छालको छ्याप्प हुने आवाजसितै तल ओर्लन्थ्यो । कहिले ऊ आफ्नो पुच्छरको भरमा उभिएर बूढापाकाहरूले झैँ टाउको कनाउने गर्थ्यो अथवा लेउ लागेको पहरामाथि ‘म यस किल्लाको राजा हुँ’ भन्ने खेल खेल्ने गर्थ्यो । कहिलेकाहीँ पानीमा उसले आफ्नो पछि आइरहेको शार्क माछाको मैं फिन अर्थात् माछाको पखेटा देख्थ्यो अनि उसले बुझिहाल्थ्यो कि ठूलो शिकारी ह्वेल ग्राम्पस आइरहेछ जसले सीलका बच्चाहरू खान साहै रुचाउँछ । त्यसलाई देख्नेबित्तिकै कोटिक काँड़को वेगमा पौड़िएर किनारमा आइपुग्थ्यो अनि त्यो फिन बिस्तारै यताउता फर्कन्थ्यो मानो त्यसले केही पनि खोजिरहेको छैन ।
अक्टोबर महिनाको अन्तमा सीलहरू सपरिवार अनि आफ्नो दलबल बाँधेर सेन्ट पल द्वीपलाई छोड़ी गहिरो समुद्रमा आइपुग्थे । त्यतिखेर शिशुकक्ष बनाउनका निम्ति कुनै झगड़ा हुँदैन थियो अनि किशोर-किशोरीहरू पनि जहाँ चाहन्थे त्यहीँ खेल्न पुग्थे । “अर्को वर्ष तँ पनि यिनै लाठे किशोरहरूका गन्तीमा आउनेछस् ।” मटकाले कोटिकलाई भनी, “तर यो वर्ष तैंले माछा समात्न सिक्नुपर्छ ।” ती दुवै सँगसँगै प्रशान्त महासागरमा पसे अनि पौड़ने अङ्गहरूलाई छेउमा खुम्च्याएर आफ्नो सानो नाकलाई पानीबाहिर निकाली ढाड़को भरमा पानीमा कसरी ढल्किनुपर्छ भन्ने कुरा मटकाले कोटिकलाई सिकाई । कुनै पनि कोको अर्थात पिङ प्रशान्त महासागरका छालहरूभन्दा आरामदायक हुन सक्तैनथ्यो । यसरी ढल्किँदा कोटिकलाई आफ्नो शरीरमा झमझम भएको अनुभव भयो । तब मटकाले भनी कि उसले पानीलाई अनुभव गर्न सिकिरहेछ अनि पानीमा झमझम अनुभव हुनको अर्थ मौसम बिग्रन आँटेको अनि ऊ चाँडो गरी पौडेर पानीदेखि बाहिर निस्कनुपर्छ ।
“केही समयपछि कुन दिशामा पौड़न ठीक होला भन्ने कुरो तिमीले सिक्नेछौ । अहिले त हामीहरू यस समुद्री सुँगुरको पछिपछि लाग्नुपर्छ किनभने त्यो अत्यन्त विवेकशील प्राणी हो ।” मटकाले भनी समुद्री सुँगुरको एक झुण्ड त्यहाँ पौडिरहेका थिए । फुच्चे कोटिक पनि तिनीहरूका पछिपछि चाँडो गरी पौड़ने कोशिश गर्न लाग्यो ।
“कुन दिशामा जानपर्ने हो भन्ने कुराको पत्तो कसरी लाग्छ?” उसले स्याँ… स्याँ… हुँदै समुद्री सुँगुरको दलको नेतालाई सोध्यो ।
“मेरो पुच्छरमा जब झमझम हुन थाल्छ तब म बुझिहाल्छु कि यतै कहीँबाट आँधीबेही चल्न आँटेको छ भनेर अनि हामीहरू उत्तरतिर फर्कनुपर्छ । मसँगसँगै आऊ । यहाँको पानी ठीक छैन ।” उसले उत्तर दियो ।
यसरी कोटिकले सबै प्रकारका प्राणीहरूबाट विभिन्न किसिमका ज्ञानप्रद कुराहरू सिकिरहेथ्यो । मटकाले उसलाई सिकाउँथी कि निम्न सतह भएको समुद्र किनारमा हलीबाट माछाहरूका पिछा कसरी गर्नुपर्ने हो अनि रक्रिङ माछाहरूलाई तिनको कुरबाट कसरी निकाल्नुपर्ने हो । यदि पानीभित्र कुनै जहाजको अवशेष रहेको छ भने कसरी एकातिरबाट छिरेर अर्कोतिरबाट निस्कनपर्ने हो, आकाशमा बिजुली चम्किरहेको बेलामा छालको टुप्पोमा चढेर कसरी नाच्नुपर्ने हो, गोलो पुच्छर भएको अल्वाट्स अनि शिकारी पक्षी बाज झम्टिए कसरी विनम्रतासित आफ्नो पौड़ने पखेटा तिनीहरूतिर हल्लाउनपर्ने हो, अङ्गहरूलाई छेउमा खुम्च्याएर अनि पुच्छर घुमाएर डल्फिनले जस्तै कसरी पानीबाट तीन-चार फीटमाथि उफ्रनपर्ने हो, उड़ने माछाहरूलाई चलाउनुहुन्न किनभने तिनीहरूका शरीरमा हड्डीहरूमात्र हुन्छन्, गहिरो पानीभित्र तेजीसित पौडेर गइरहेका कड माछाहरूका काँधहरूमा कसरी झम्टनुपर्ने हो, यदि पौइँदै गरेको ठाउँबाट कुनै नाउ वा जहाज देखिए त्यसलाई न हेर्नु हुन्छ न त्यसको नजिक जानु नै हुन्छ । यसको परिणामस्वरूप कोटिकले छः दिनभित्रमा नै समुद्रको गहिरो पानीमा माछा समात्ने विषयसित सम्बन्धित जति कुराहरू सिक्नपर्ने थियो, सबै सिक्यो । यस अवधिमा ऊ सुक्खा जमीनमा पटक्क आएन ।
एक दिन जुअन फर्नान्डिज द्वीपदेखि केही टाढ़ामा मनतातो पानीमा उँगिरहेको थियो । मान्छेहरूलाई वसन्त ऋतुको समयमा अल्छी लागे झैँ उसलाई पनि अल्छी लागिरहेको थियो । उसलाई सात हजार माइल टाढ़ोमा स्थित नोवास्तोशनाको समुद्रतट, त्यहाँ आफ्ना साथीहरूसित खेलकुद गरेको, समुद्री घाँसको गन्ध, सीलहरूका हल्ला र तिनीहरूका झगड़ा सबै कुराहरूको सम्झना हुन थाल्यो । ऊ त्यति नै खेर उत्तरतिर फर्कियो अनि तेजीसित पौड़िएर अघि बढ्न थाल्यो । बाटोमा उसले थुप्रै साथीहरू भेट्यो जो त्यतैतिर गइरहेका थिए । तिनीहरूले कोटिकलाई स्वागत गर्दै भने, “यो वर्ष हामी सबै वयस्क किशोरहरूका श्रेणीमा आइपुग्यौँ । हामीहरू ल्यूकेन्ननदेखि टाढ़ा छालहरूमा अग्नि नृत्य गर्न सक्छौँ अनि नयाँ घाँसहरूमा खेल्न सक्नेछौँ! तर तिमीले यो कोट कहाँ पायौ?” कोटिकको छालाको भुत्लाको रङ्ग अब प्रायःजसो सेतो भइसकेको थियो अनि उसलाई त्यसको रङ्गप्रति धेरै गर्व भए तापनि उसले कुरा टार्दै भन्यो, “छिटो-छिटो पौड़ । म चाँडै नै जमीनमा पुग्न चाहन्छु ।” अनि तिनीहरू सबै त्यो समुद्रको किनारमा आइपुगे जहाँ तिनीहरूको जन्म भएको थियो । त्यहाँ सधैं जस्तो कुइरो लागेको थियो अनि तिनीहरूका बाबुहरू पनि आपस्तमा भिडिरहेका थिए । त्यस रात कोटिकले आफ्नै उमेरका एक वर्षे सीलहरूसित अग्नि नृत्य गस्यो । गर्मीका रातहरूमा नोवास्तोशनादेखि ल्यूकेन्ननसम्म आगोले भरिएको हुन्छ । प्रत्येक सीलले आफ्नो पछि जल्दै गरेको तेलझैँ कुनै पदार्थ छोड्दै जान्छ अनि जब त्यो सील उफ्रन्छ तब ऊसितै आगोको ज्वाला लप्के झैँ देखिन्छ । पानीमा उर्लने छालहरूमा पनि त्यो आगो प्रतिविम्बित भएर गोलो गोलो भुँवरीझैँ देखिन्छ । अग्नि नृत्यपछि तिनीहरू सील किशोरहरूका निम्ति तोकिएको स्थानमा गएर नयाँ जङ्गली घाँसमा लुटुपुटु हुँदै तिनीहरूले यस अवधिमा समुद्रमा के के गरे भन्ने कुरा एकार्कासित गर्न थाले । तिनीहरूले प्रशान्त महासागरको विषयमा यस किसिमले कुरा गरिरहेका थिए मानो केटाहरूले त्यो जङ्गलको विषयमा कुरा गरिरहेछन् जहाँ तिनीहरू फल टिप्न भनी गएका थिए । यदि कुनै मान्छेले तिनीहरूको कुरा बुझ्न सक्दो हो त उसले तिनीहरूको सूचनाको आधारमा प्रशान्त महासागरको यस्तो चित्र बनाउने थियो जो अभूतपूर्व हुने थियो । तिनीहरूभन्दा ठूलो वा तीनचार वर्षीय सील किशोरहरू हचिन्सनको टाकुराबाट हाम फाल्दै कराइरहेका थिए, “पर सर फुच्चेहरू! समुद्र गहिरो छ अनि अहिले तिमीहरूलाई राम्ररी थाहा छैन कि त्यस गहिराइभित्र के के छन् । अझ केही दिन पर्ख । औ फुच्चे, तिमीले यो सेतो कोट कहाँबाट पायौ?”
“यो मैले कहीँबाट पाएको होइन अनि यो मेरो शरीरकै हिस्सा हो ।” कोटिकले भन्यो अनि त्यो प्रश्न सोध्नेलाई धक्का दिन मात्र के आँटेको थियो कि बालुवाको थुप्रो पछिल्तिरबाट कालो केश र चेप्टो रातो वर्णका दुईजना मान्छेहरू आउँदै गरेको उसले देख्यो । कोटिकले यसभन्दा अघि कुनै मान्छे देखेको थिएन । उसले खोक्यो अनि टाउको निहुरायो । त्यो युवा सील पल्टिँदै केही परसम्म पुगेर बस्यो अनि लठुवाले झैँ हेरिरह्यो । ती दुई मान्छेहरू अरू कोही नभएर त्यस द्वीपको सीलका शिकारीहरूका मुखिया केरिक बूटेरिन र उसको छोरा पतलामन थिए । तिनीहरू समुद्रको किनारमा भएका सीलहरूको शिशुकक्षदेखि प्रायः आधा माइल टाढाको एउटा सानो गाउँबाट आएका थिए अनि अहिले सबैभन्दा पहिला कुन सीलहरूलाई कसाइखानामा लानुपर्ने हो भन्ने कुरो बिचारिरहेका थिए । तिनीहरूले सीलहरूलाई भँड़ाहरू झैँ हाँकेर लैजान्थे अनि तिनीहरूलाई मारेर तिनको छालाको ज्याकेट बनाउँथे ।
“अरे ! हेर त ! त्यो सेतो सील!” छोरोको कुरा सुनेर केरिकको अनुहार पहेँलो भयो । ऊ डराएर मनमनै प्रार्थना गर्न थाल्यो ।
“यसलाई नचलाउनू ।” उसले आफ्नो छोरालाई भन्यो, “मैले आफ्नो जीवनमा सेतो सीलको विषयमा न केही सुनेको छु न देखेको नै छु । यो त बूढ़ो जहरोर्फको भूत पो हो कि जस्तो लाग्दैछ त्यही बूढ़ो जो अस्तिको वर्षको आँधीबेह्रीमा हराएको थियो ।”
“म त्यसको छेउमा गएको छुइनँ ।” पतलामनले भन्यो, “त्यो अशुभ ! के तपाईलाई साँच्चै नै त्यो बूढ़ो जहोरर्फको भूत हो भन्ने लाग्छ ? मैले ऊबाट समुद्री पक्षी गलका केही अण्डाहरू लिएको थिएँ जसको पैसा तिर्न बाँकी नै थियो ।”
“त्यतापट्टि हेर्दा पनि नहेर ।” केरिकले भन्यो, “यी चार वर्षे मीलहरूलाई लिएर हिंड । आज दुई सय सीलहरूका छाला काढ्नु थियो तर अहिले यसको मौसम शुरू मात्र भएको छ अनि काम गर्नेहरू पनि अहिले नयाँ छन् । त्यसैकारण आज एक सयले पुग्छ । छिटो गर!”
पतलामनले सीलको काँधका दुई हड्डीहरू लगेर त्यसलाई सील किशोरहरूका एक झुण्डको छेउमा ठोकेर बजायो । तिनीहरूलाई देखेर त्या… स्याँ… भइरहेका सीलहरूको त्यो झुण्ड डराएर अचानक अड़ियो । त्यसपछि केरिक तिनीहरूका अघिअघि हिँड्न थाल्यो अनि त्यो झुण्ड उसको पछिपछि लाग्यो । सैकड़ों सीलहरूले तिनीहरूलाई त्यसरी हाँकिएर गएको देखे तर तिनीहरू अघि जस्तै नै खेलिरहे । कोटिकले मात्र तिनीहरूको विषयमा सोध्यो तर उसले कुनै सन्तोषजनक उत्तर पाएन । उसले यति मात्र बुझ्न सक्यो कि प्रत्येक वर्ष डेढ़-दुई महिनासम्म यसरी नै सीलहरूलाई हाँकेर लगिन्छ ।
“म तिनीहरूको पछि लागेर यस कुराको पत्तो लगाउनेछु ।” भन्दै कोटिक त्यस झुण्डको पछि लाग्यो ।
“त्यो सेतो सील हाम्रो पछि आइरहेछ ।” पतलामनले कराउँदै भन्यो, “कुनै सील एकलै नै कसाइखानातिर आएको यो पहिलोचोटि हो ।”
“चुप लाग! पछिल्तिर नहेर”, केरिकले भन्यो, “यो जहरोर्फको भूत हो । म यसको विषयमा पूजारीसित कुरो गर्नेछु ।”
कसाइखाना केवल आधा माइल टाढ़ो थियो तर त्यहाँ पुग्न एक घण्टा लाग्यो, किनभने केरिकलाई थाहा थियो कि यदि सीलहरूलाई हतारसित लगे तिनीहरूलाई गरम लाग्नेछ अनि तिनीहरूका शरीरको छाला राम्ररी काढ़िने छैन बरू टुक्रा-टुक्रा हुनेछ । त्यसैकारण तिनीहरू बिस्तारै अघि बढिरहेका थिए । कोटिक पनि तिनीहरूको पछि परि नै रह्यो। उसले आफ्नो पछिल्तिर सीलहरूका शिशुकक्षबाट आएको स्वर सुनिरहेको थियो । कसाइखानामा पुगेर केरिक घाँसमाथि बस्यो अनि गोजीबाट आफ्नो घड़ी निकालेर समय हेस्यो । उसले सीलहरूका झुण्डलाई आधा घण्टासम्म शीतल पार्न चाहन्थ्यो । केरिकले उसको टोपीको किनारबाट पग्लिएका कुइरोका थोपाहरू चूहेको आवाज स्पष्ट रूपमा सुनिरहेको थियो । त्यति नै खेर दश-बाह्रजना मान्छेहरू प्रत्येकले आ-आफ्ना हातमा फलामले बनिएको तीन-चार फुट लामो हतियार लिएर त्यहाँ आए । केरिकले झुण्डको एकदुईवटा सीलहरूतिर औंल्यायो जसको शरीरमा आफ्ना साथीहरूले टोकेको चोट थियो अर्थात जो धेरै तातिएका थिए । ती मान्छेहरूले वालरस अर्थात समुद्री घोडाका गर्दनको छालाले बनाइएका आफ्ना गह्रौँ जुत्ताहरूले लात लगाएर तिनीहरूलाई एकातिर पन्साए । त्यसपछि केरिकले तिनीहरूलाई काम शुरू गर्ने हुकुम दियो अनि तिनीहरूले आफ्ना हतियारले सीलहरूका टाउकोमाथि भएभरका बलले हिर्काउन थाले ।
दश मिनटपछि कोटिकले आफ्ना साथीहरूलाई चिन्नसमेत सकेन किनभने तिनीहरूका नाकदेखि लिएर पछिल्लो पौड़ने अङ्गसम्मको शरीरको जम्मै छाला कादिइसकिएको थियो । भुइँभरि छालाको थुप्रो लागेको थियो । कोटिकका निम्ति यति देख्नु नै पर्याप्त थियो । ऊ फर्केर छिटो-छिटो समुद्रतर्फ लाग्यो । डरले गर्दा केही दिनअघि मात्र उम्रिएको उसको दूधे जुंगा ठाड़ा-ठाड़ा भएका थिए । ऊ समुद्रको त्यो भागनेर आइपुग्यो जहाँ समुद्री सिंह अर्थात् सी लायन बस्ने गर्थे । उसले पानीमा हाम फालेर स्याँ… स्याँ… गर्न थाल्यो ।
“को हो हैं?” एउटा समुद्री सिंहले रूखो स्वरमा सोध्यो । समुद्री सिंहहरू आफ्नो जातिबाहेक अरू कसैसित कुनै सरोकार राख्दैनथे ।
“म एकलो छु, एकदमै एकलो!” कोटिकले भन्यो, “ती मान्छेहरूले समुद्र किनारका सबै सील किशोरहरूलाई मारिरहेछन् ।”
सी लायनले अनुहार बिगार्दै भन्यो, “बगमफुसे कुरा नगर ! तिम्रा साथीहरूले झर्को लाग्ने गरी हल्ला गरिरहन्छन् । बूढ़ो केरिकले त तिनीहरूलाई राम्रो आचरण सिकाउने कोशिश गर्छ । तीस वर्षदेखि बिचरा बूढ़ोले यही गरी आइरहेछ ।”
“उफ! कति डरलाग्दो !” कोटिकले भन्यो । यस्तैमा एउटा छाल कुमाथिबाट उर्लेर गयो । कोटिकले आफ्ना दौडने अङ्गहरूका सहायताद्वारा आफैलाई सम्हाल्यो तर उसको यस प्रयासमा ऊ एउटा धारिलो पहरानेर पुग्यो जो ऊभन्दा केवल तीन इञ्च टाढो थियो ।
“वाह! तिम्रो उमेरको हिसाबले विचार्दा तिमी धेरै सतर्क देखिन्छौ ।” सी लायनले भन्यो, “तिम्रो दृष्टिले विचास्यो भने यी सबै धेरै नराम्रा देखिन्छन् तर यसमा भूल कसको छ? यदि तिमी सीलहरू प्रत्येक वर्ष यहाँ आइरह्यौ भने मान्छेहरूले त थाहा पाउने नै छन् । जबसम्म तिमीहरूले कुनै मान्छेबिनाको टापु खोज्दैनौ तबसम्म तिमीहरूको अवस्था यस्तै नै रहनेछ ।”
“के त्यस्तो कुनै टापु छैन?” कोटिकले सोध्यो ।
“मैले बीस वर्षसम्म हलीबाट माछाहरूका पछि लागेर हेरेको छु तर यस्तो कुनै टापु भेटिनँ । सुन शायद तिमीलाई आफूभन्दा ठूला र केही परिपक्वहरूसित कुरा गर्ने सोख छ – तिमीले वालरसको सानो टापुमा गएर सी विचसित किन नसोध्ने ? हुनसक्छ उसले कुनै उपाय बताउँला । व्यर्थमा हातखुट्टा चलाएर केही फायदा हुनेछैन । यदि म तिम्रो ठाउँमा भए पहिले अलिकता आँखाको विष मार्ने थिएँ । त्यो टापु यहाँदेखि छ माइल टाढामा छ ।”
कोटिकलाई उसको सुझाउ धेरै राम्रो लाग्यो । ऊ पौडेर आफ्नो समुद्रतटमा आइपुग्यो र आधा घण्टासम्म सुत्यो । त्यसपछि ऊ पौड़ेर सोझै वालरसतिर लाग्यो जो नोवास्तोशनाको उत्तरपूर्वमा स्थित एउटा सानो टापु थियो । कोटिक सोझै सी विच भए ठाउँमा पुगेर थामियो जो एक ठूलो, कुरूप, मोटो घिचो भएको, लामालामा दाँत भएका समुद्री घोड़ा अर्थात् वालरस थियो । त्यस समय ऊ निदाएको थियो ।
“उठ! ब्यूँझ !” कोटिकले कराएर भन्यो किनभने समुद्री चराचुरुङ्गीहरूले हल्ला गरिरहेका हुनाले उसको आवाज मुश्किलसित सुनिँदै थियो ।
“हूँ! के भयो?” भन्दै सी विचले आफ्नो छेउमा सुतेको वालरसलाई आफ्ना दाँतहरूले धक्का दियो, उसले अर्कोलाई अनि अर्कोले अर्कोलाई
गर्दै समुद्री घोड़ाहरूका पूरा पक्ति नै निन्द्राबाट ब्यूँझिए अनि सही दिशालाई छाडेर अरू चारैतिर हेर्न थाले ।
“म यहाँ छु ।” कोटिकले एउटा सानो सिडाने कीरा झैँ छालसँगसँग डुब्दै पौहुँदै उसको ध्यान आफूपट्टि पार्नका निम्ति कराएर भन्यो ।
“ओहो!” सी विचले भन्यो अनि ती सबैले ऊतिर यसरी हेर्न थाले जसरी वृद्धहरूले कुनै सानो केटोलाई हेरिरहन्छन् । कोटिकले सीलहरूका छाला कादिएको वर्णन अरू गर्न चाहँदैन थियो । त्यसैकारण उसले सोझ सोध्यो. “के सीलहरूलाई जानका निम्ति त्यस्तो कुनै ठाउँ छ जहाँ मान्छे कहिल्यै पुगेको नहोस् ?”
“गएर खोज”, सी विचले आँखा मिच्दै भन्यो, “जाइहाल यहाँबाट, जाइहाल । हामीसित समय छैन ।”
कोटिक डल्फिन झैँ पानीमा अग्लो उफ्रियो अनि जोड़सित करायो, “सिपी खञ्चुवा! सिपी खञ्चुवा !” उसलाई थाहा थियो कि सी विचले आफ्नो जीवनमा कहिल्यै एउटा माछासम्म समातेको छैन, बरू सिपी र समुद्री झारपातले नै पेट भर्ने गर्थ्यो, तर ऊ बड़ो हिंसक छ भन्ने बहाना गर्थ्यो । त्यसपछि त के थियो र छेउछाउका सबै प्राणीहरूले पनि “सिपी खञ्चुवा ! सिपी खञ्चुवा !” भनेर कराउँदै सी विचलाई गिजाउन थाले । त्यहाँ यस्तो हल्ला हुन थाल्यो कि वालरस टापुमा यदि कसैले बन्दुक पड्काएको भए तापनि त्यसको आवाज सुनिने थिएन । त्यहाँका सबै प्राणीहरू हल्ला गरिरहेका थिए, “बूढ़ो सिपी खञ्चुवा !” अनि सी विच फतफताउँदै र खोक्दै यताउता पल्टिरहेको थियो ।
“अब भन्ने कि नभन्ने?” कोटिकले स्याँ… स्याँ… हुँदै सोध्यो ।
“गएर समुद्री गाईलाई सोध”, सी विचले भन्यो, “यदि ऊ अहिलेसम्म जिउँदै छ भने उसले यी सबै कुराहरू तिमीलाई भन्नेछ ।”
“यदि मैले उसलाई भेटिहाले भने कसरी चिन्नु?” कोटिकले केही अप्ठ्यारो मान्दै सोध्यो ।
“त्यो मात्र एउटा यस्तो प्राणी हो जो सी विचभन्दा पनि कुरूप छ ।” छेउमा नै उड्दै घुमिरहेकी एउटा समुद्री चरोले कराएर भनी, “योभन्दा
पनि धेरै कुरूप र बेहोरा सिद्धिएको छ । हठी बूढ़ो ।”
ती चराचुरुङ्गीहरूलाई त्यतिकै छाडेर कोटिक पौडेर नोवस्तोशना फर्कियो । त्यहाँ पनि उसका सीलहरूका निम्ति कुनै सुरक्षित स्थान खोज्ने कुरामा कसैको पनि सहानुभूति थिएन । त्यहाँका प्राणीहरूले भने कि मान्छेले न सधैं यसरी नै सीलहरूलाई हाँकेर लैजान्छ यो त तिनीहरूले सधैं गर्ने काम हो अनि यदि उसलाई सीलहरूका छाला काढिएको दृश्य राम्रो लागेन पने ऊ त्यहाँ जानु नै हुने थिएन । तिनीहरूले त्यो डरलाग्दो दृश्य नदेखेको नाले नै शायद यस्तो उदासीन भाव दर्शाएका होलान् । अनि फेरि कोटिक – तिनीहरूमाझ अर्को एउटा भिन्नता पनि थियो, कोटिक एउटा सेतो सील थयो ।
बूढ़ो सी क्याचले आफ्नो छोरोबाट यी सबै कुराहरू सुनेपछि भने, पहिले तिमी बढ़ेर आफ्नो पिता झैँ एउटा ठूलो सील बन अनि समुद्रको नारमा आफ्नै एउटा शिशु कक्ष बनाऊ । त्यसपछि तिनीहरूले तिमीप्रति सो राख्ने छैनन् । पाँच वर्षपछि तिमीभित्र आफूलाई रक्षा गर्ने शक्ति र मर्थ्य पनि आउनेछ ।”
सौम्य प्रकृतिको मटकाले पनि भनी, “तिमीले सीलहरूको यस्तो रोक्न सक्नेछैनौ, कोटिक ! गएर समुद्रमा खेल ।” कोटिक त्यहाँबाट । ऊ गह्रौँ मन लिई अग्नि नृत्यमा पनि सामेल भयो ।
शरद् ऋतु लाग्नेबित्तिकै उसले चाँडोभन्दा चाँड़ो समुद्रतट छोड़ेर लै हिँड्यो किनभने उसले एउटा निश्चय गरेको थियो । त्यो के भने यदि न्द्री गाई नामक कुनै त्यस्तो प्राणी वास्तवमा छ भने त्यसको पत्तो लगाउनेछ सीलहरूका निम्ति एउटा यस्तो शान्तिपूर्ण टापुको खोज गर्नेछ जहाँ छेहरू आई तिनीहरूलाई सताउने छैनन् । उसले चौबीस घण्टाभित्रमा न सय माइल प्रतिघण्टाको वेगले पौड़िएर प्रशान्त महासागरमा उत्तरदेखि क्षणसम्म खोज्यो, धेरै दुर्घटनाहरूको सामना गस्यो, कतिपटक सार्क छाहरूका शिकार बन्नबाट बाँच्यो अनि कतिपय दुष्ट प्राणीहरूलाई पनि ट्यो तर न समुद्री गाईको पत्तो लाग्यो न उसको सपनाको टापु नै ।
एउटा सानो पुच्छर भएको अल्बाट्रस पक्षीले उसलाई भन्यो कि ग्र्ग्यूलेन टापु एउटा त्यस्तै शान्तिपूर्ण ठाउँ हो जहाँ पुगेर कोटिक भारी
ठोक्किनबाट बाँच्यो । यति कष्ट सहेर पनि उसलाई निराशा नै हात पस्यो । हिमपात र आँधीबेह्रीमा फस्यो । ऊ केही डरलाग्दा काला पहराहरूसित उसले त्यहाँ पनि सीलहरूको शिशुकक्षको अवशेष भेट्यो । उसले अरू पनि केही टापुहरू देख्यो तर सबैतिर त्यस्तै अवस्था थियो ।
लिमरशिनले त्यस टापूको एउटा लामो सूची दिएको थियो । उसले भन्यो कि कोटिकले पाँच वर्षसम्म त्यस्तो टापुको खोजी गरिरह्यो । त्यसमध्ये प्रत्येक वर्ष ऊ चार महिनाका निम्ति नोवास्तोशना गई आराम गर्ने गर्थ्यो ।
उसका साथीहरूले उसको र त्यस काल्पनिक टापुको हाँसो उड़ाउने गर्थे । ऊ ग्यालापागोज, जो भूमध्यरेखाको नगिचमा स्थित एउटा शुष्क स्थान हो अनि जहाँ उसले झण्डै मृत्यु अँगाल्न पुग्यो, ज्योर्जिया द्वीप समूहमा गयो तथा अर्कनीज, एकरल्ड, लिटल नाइटिङ्गेल, गौफ, बोवेट, क्रोसेट आदि टापुहरूमा गयो तथा केप अफ गुड होपको दक्षिणमा स्थित एउटा सानो टापुमा पनि गएर उसले सोधखोज गरयो तर सबै ठाउँमा समुद्रका प्राणीहरूले
उसलाई एकै किसिमको सूचना दिए । कुनै समयमा सीलहरू यहाँ आएका थिए तर मान्छेहरूले तिनलाई मारिपठाए ।
गौफ टापुबाट फर्कदा प्रशान्त महासागरबाहिर पनि जब ऊ हजारौं माइल पौड़िएपछि केप कोरियन्टस् नामक स्थानमा पुग्यो तब त्यहाँ उसले एउटा पहरामा केही लुतो लागेका सीलहरू भेट्यो जसले उसलाई भन्यो, त्यो ठाउँ पनि मान्छेहरूदेखि मुक्त छैन ।
उसको खोजको यस्तो फलले उसलाई निराश तुल्यायो अनि ऊ पहिला आफूले चिनेकै समुद्रतटहरूतिर लाग्यो । जब ऊ पौडेर उत्तरतिर आइरहेको थियो तब ऊ एउटा यस्तो टापुतिर फर्कियो जहाँ थुप्रै हरिया रूखहरू थिए । त्यहाँ उसले एउटा बूढ़ो र मर्न आँटेको सीललाई भेट्यो । कोटिकले उसलाई माछाहरू समातेर खान दियो अनि आफ्नो व्यथाको कथा पनि सुनायो ।
“अहिले म नोवास्तोशना गइरहेछु ।” कोटिकले भन्यो, “अनि यदि अरू सीलहरूसितै मान्छेहरूले मलाई पनि मार्न लगे म त्यसको वास्ता गर्ने छुइनँ ।”
बूढ़ो सीलले उसलाई सल्लाह दियो, “एकपटक अझै कोशिश गरेर
हेर । म आफ्नो प्रजातिको अन्तिम सील हैं । त्यो समयमा जतिखेर जब मान्छेहरूले हामीहरूलाई हजारौंका सङ्ख्यामा लगी मार्थे, त्यतिखेर यहाँका समुद्रतटहरूमा एउटा कथा प्रचलित थियो । त्यो के भने कुनै दिन उत्तरी एउटा शान्तिपूर्ण स्थानमा लगेर जानेछ । म बुढो भएको छु । म त त्यो दिन देशाबाट एउटा सेतो सील आउनेछ जसले सील जातिका प्राणीहरूलाई देख्नका निम्ति जीवित रहने छुइनँ, तर अरूहरूले त देख्नेछन् । एकपटक अझै कोशिश गर ।”
कोटिकले आफ्नो सुन्दर जूँगा मुसार्दै भन्यो, “समुद्र किनारमा जन्मिएका सीलहरूमध्ये म मात्र एउटा सेतो किसिमको हुँ अनि मैले मात्र नयाँ टापु खोजी निकाल्ने सपना साँचेको छु ।”
यस घटनाले उसको मनमा नयाँ आशा पलायो अनि त्यो साल गर्मीको समयमा जब ऊ नोवास्तोशना फर्कियो तब उसकी आमा मटकाले अनुरोध गर्दै भनी कि अब उसले विवाह गरेर आफ्नो घर बसाओस् किनभने अब ऊ किशोर रहेन । बरू एउटा पूर्ण वयस्क सील बन्न पुगेको छ जसका पुष्ट काँधहरूमा सेतो रङ्गका घुँघुरिएको जगर पलाइसकेको छ । ऊ आफ्नो बाबु झैँ अग्लो, मोटो र गतिलो देखिन थालेको थियो ।
“अब अरू एक वर्ष पर्ख, आमा!” उसले भन्यो, “यो कुरो याद राख के धैर्यको फल मीठो हुन्छ । पछिल्लो छाल नै सबैभन्दा अघिसम्म पुग्छ ।”
झुण्डमा एउटा यस्तो सील पनि थिई जो अर्को वर्षसम्म बिहे गर्न चाहँदैन थिई । कोटिकले आफ्नो अन्तिम खोजका निम्ति हिँड्ने अघिल्लो रात ऊसित हृदय खोलेर अग्नि नृत्य गस्यो । यसपटक ऊ पश्चिमतिर लाग्यो किनभने उसले हलीबट माछाहरूका एउटा ठूलो झुण्डलाई त्यतैतिर लागेको देख्यो अनि उसलाई आफ्नो स्वास्थ्य ठीक राख्नका निम्ति दिनहुँ सय पाउण्ड माछाको आवश्यकता पर्थ्यो । उसले ती माछाहरूका पिछा बगरयो अनि अन्त्यमा थाकेर कप्पर टापुतिर बगाई लैजाने छालहरूका काखमा सुत्न पुग्यो । ऊ त्यो बाटो राम्ररी चिन्दथ्यो । राति जब ऊ कुनै समुद्री उद्भिदको जरा-बुटामा गई ठोकियो तब उसको मुखबाट निस्कियो, “छालहरूमा ज्वार चलेको जस्तो छ ।” अनि पानीभित्र नै उसले आफ्ना आँखा खोलेर आङ तन्कायो । एक्कासि ऊ बिरालो झैँ उफ्रन पुग्यो किनभने उसले त्यहाँ केही ठूलो शरीर भएका प्राणीहरू देख्यो जसले पानीमा केही सुँघ्दै समुद्री घाँसपातमा चरिरहेका थिए ।
“यो गहिरो पानीमा कुन प्राणी छ?” ऊ फतफतायो । कोटिकले यसभन्दा अघि कहिल्यै पनि त्यस्तो प्राणी देखेको थिएन । ती उसले देखेका समुद्री घोड़ा, सी लायन, सील, समुद्री भालु, ह्वेल, सार्क, माछा, स्क्वीड अर्थात् समुद्रमा पाइने खपटे माछा, सिङाने कीरा इत्यादि कुनै प्राणीसित पनि मिल्दैन थिए । तिनीहरूको लम्बाइ कम्तीको पनि बीस र तीस फीटको माझमा रहेको हुनपर्छ । तिनीहरूका शरीरमा पछिल्लो पौड़ने अङ्ग पनि थिएन, बरू लामो खुर्पाजस्तो पुच्छर थियो जसलाई हेर्दा यस्तो लाग्थ्यो मानो भिजेको छालालाई ताछेर बनाइएको हो । तिनीहरूको टाउको एकदमै बेढङ्गको थियो अनि जब तिनीहरू चर्न छाड्थे तब गहिरो पानीमा आफ्नो पुच्छरको भरमा उभिएर एकार्काअघि टाउको निहुराएर आफ्नो अघिल्लो अङ्ग हल्लाउन थाल्थे मानो कुनै मोटो मान्छेले आफ्नो हात हल्लाइरहेछ ।
“उ होम !” कोटिकले भन्यो, “शुभ शिकार, भद्रजन ।” ती विशाल प्राणीले केही निहुरिँदै एउटा भ्यागुते खुट्टो मान्छेले झैँ आफ्ना अघिल्ला पौड़ने अङ्गहरू हल्लाएर अभिवादनस्वरूप उत्तर दियो ।
त्यसपछि उनीहरू फेरि जब चर्न थाले तब कोटिकले देख्यो कि ती सबैका ओठको माथिल्लो भाग दुई भागमा विभक्त थियो जसको माझमा झण्डै एक फूटसम्मको दूरत्व बनाउन सक्थ्यो अनि त्यसमा तिनीहरूका खाद्य अर्थात् समुद्री घाँसपात टिपेर चेप्न सक्थ्यो । तिनीहरूले चाहेका खण्डमा ओठका ती दुवै भागलाई नजीक ल्याउन पनि सक्थ्यो । ओठका दुवै भागको माझमा अल्झिएको त्यस घाँसको बिटालाई तिनीहरूले बिस्तारै चबाइरहन्थे ।
“कस्तो नमिल्ने खालको खाना हौं!” कोटिकले भन्यो । तिनीहरूले फेरि निहुरिएर अभिवादन गरे । अहिले भने कोटिकलाई रिस उठ्न थाल्यो ।
“ठीक छ यदि तिमीहरूको अघिल्लो पौड़ने अङ्ग त्यति सक्रिय छ भने त्यसलाई घरीघरी किन देखाइरहनुपस्यो? मैले अघिदेखि नै तिमीहरूको यो सुन्दर अभिवादन देखिरहेकै छु तर म तिमीहरूको नाम जान्न चाहन्छु ।” तिनीहरूको त्यो काटिएको ओठ हल्लिन थाल्यो अनि तिनीहरूले आफ्ना
काँच झैँ आँखाहरूले घुर्न थाले तर केही बोलेन ।
“मैले अहिलेसम्म जति पनि प्राणीहरू देखें तीमध्ये तिमीहरू सबैभन्दा कुरूप छौ- सी विचभन्दा पनि धेरै कुरूप अनि सबैभन्दा बेहोरा सिद्धिएको पनि छौ ।” कोटिकले भन्यो ।
उसलाई अचानक समुद्री पक्षीले गरेको कुराको सम्झना भयो जब ऊ एक वर्षको हुँदा वालरस टापुमा गएको थियो, त्यस सम्झनाले झस्किएर ऊ झण्डै पछिल्तिर पल्टियो । उसले बुझ्यो कि अन्त्यमा उसको भेट समुद्री गाईसित भएरै छाड्यो
ती समुद्री गाईहरू उसरी नै घाँसपात चर्न र चबाउनमा तल्लीन रहे । कोटिकले अहिलेसम्मको आफ्नो यात्राको अवधिमा धेरै किसिमका भाषाहरू सिकेको थियो । समुद्री प्राणीहरूमाझ पनि मान्छेहरूमा झैँ धेरै भाषाहरू प्रचलित छन् । उसले आफूले जाने जति सबै भाषाहरूमा प्रश्न गरयो तर तिनीहरूले कुनै उत्तर दिएनन् किनभने समुद्री गाईहरू बोल्न सक्दैनन् । तिनीहरूका घाँटीमा सातवटाको साटो केवल छवटा हड्डीहरू हुन्छन् अनि समुद्रमा बस्ने प्राणीहरूका कथनअनुसार तिनीहरूका आपस्तमा पनि बात हुने गर्दैन । अँ, तिनीहरूको अघिल्लो पौड़ने अङ्गमा एउटा फाल्तु जोर्नी हुन्छ जसलाई माथि तल हल्लाएर तिनीहरूले आफ्नो कुरो अरूलाई बुझाउने गर्छन् ।
दिन छिप्पिएपछि तिनीहरू बिस्तारै उत्तरी दिशातर्फ बढ्न थाले बीच-बीचमा थामिएर तिनीहरूले टाउको निहुराई निहुराईकन आफ्न साङ्केतिक भाषामा सरसल्लाह पनि गर्ने गर्थे । कोटिकले तिनीहरूका पछि लाग्दै सोच्न थाल्यो कि यस्ता मूर्ख प्राणीहरूका सुरक्षाका निम्ति यदि कुनै सुरक्षित टापु नहुँदो हो त यिनीहरू उहिले नै मासिने थिए । जुन स्थानल समुद्री गाईहरूलाई सुरक्षा दिन सक्छ त्यस स्थानले सीलहरूलाई पनि अवश्य सुरक्षा दिन्छ । तर यिनीहरू कति बिस्तारो हिँडेका ! अलि छिट हिँडेका भए !
कोटिक तिनीहरूसित पौहुँदा-पौहुँदा थाकिसकेको थियो । तिनीहरू दिनभरिमा केवल चालीस वा पचास माइलको यात्रा गरे अनि राति खान खानका निम्ति थामिए । तिनीहरू सधैं किनार-किनार भएर बस्थे । कोटिव
तिनीहरूका चारैतिर पौडिरहन्थ्यो तर उसले तिनीहरूका गतिलाई किञ्चित पनि बढ़ाउन सक्तैन थियो । तिनीहरू केही घण्टापछि थामिन्थे र साङ्केतिक सरसल्लाह गर्थे अनि कोटिक भने अधीर बनी जंगा चबाउन थाल्थ्यो ।
त्यसपछि तिनीहरू एउटा तातो पानीको प्रवाहमा पसे अनि पहिलोचोटि तेजीसित पौडन थाले । यसपटक तिनीहरूको पौडने गति देखेर कोटिक अचम्मित भयो । यति सुस्तरी पौड़ने यी प्राणीहरू यति वेगसित पौड़न सक्लान् भन्ने कुरो उसले सपनामा पनि चिताएको थिएन । तिनीहरू किनारमा स्थित एउटा ठूलो पहरानेर गइरहेका थिए । त्यो पहरा गहिरो पानी भित्रसम्म पसेको थियो । त्यहाँ पुगेर तिनीहरू पहराको तल्लो भागमा बनिएको एउटा अँध्यारो खाल्डोभित्र पसे जो समुद्रभित्र धेरै गहिरोमा स्थित थियो । त्यस अँध्यारो सुरुङभित्र तिनीहरू धेरै टाढासम्म पौडेर गए अनि कोटिकलाई स्वच्छ र ताजा हावाको आवश्यकता पर्न थालेको बोध हुन गयो । सुरूङ सिद्धिएपछि खुल्ला समुद्र आइपुग्यो र उसले शान्तिको श्वास फेस्यो ।
“कसम होला!” उसले स्याँ… स्याँ… हुँदै भन्यो, “धेरै लामो डुबुल्की मार्न पस्यो, तर जोरको डुबुल्की ।” समुद्री गाई त्यहाँ पुगेर छरपष्ट भएका थिए अनि त्यहाँको सबैभन्दा राम्रो समुद्रको किनारमा आरामसित चर्न थालेका थिए । यति राम्रो समुद्रको किनार कोटिकले अघि कहिल्यै देखेको थिएन । माइलौंसम्म सफा र चिल्लो ढुङ्गा फैलिएको थियो जो सीलहरूका शिशुकक्षका निम्ति एकदमै उपयुक्त थियो अनि त्यसको पछिल्तिर खेल्नका निम्ति बलौटे मैदान थियो, सीलहरूलाई नाच्न सुहाउने ठूल्ठूला छालहरू थिए, लुटुपुटु गर्नका निम्ति लामा लामा घाँसहरू थिए, चढ्दै उत्रनका निम्ति बालुवाका थुप्रोहरू थिए अनि त्यहाँको पानीलाई छुनेबित्तिकै पारखी कोटिकले बुझ्यो कि मान्छे भन्ने प्राणी कहिल्यै त्यहाँ आएका छैनन् ।
त्यहाँ प्रशस्त मात्रामा माछाहरू पाइने देखेर कोटिक आश्वस्त बन्यो । किनार-किनार भई पौहुँदै उसले ती होचा होचा आनन्ददायक बलौटे टापुहरू पनि गन्यो जो त्यस समय आंशिक रूपले मन हर्ने कुइरोले ढाकिएका थिए । उत्तरतिर ढुङ्गाको यस्तो पर्खाल बनिएको थियो कि किनारदेखि छः माइल टाढासम्म कुनै जहाज आउने आशङ्का थिएन । टापुहरू र मुख्य स्थलमाझ भएको गहिरो पानी ती ठूल्ठूला ठाड़ा पहराहरूसम्म फैलिएका
चिए अनि ती पहराहरूमुन्तिर नै कतैतिर त्यस अँध्यारो सुरुङ्गको मुख थियो ।
“यी सबै नोवास्तोशना जस्तै छन तर त्यसभन्दा दश गुणा राम्रा छन ।” कोटिकले सोच्यो, “यी समुद्री गाईहरू साहै बुद्धिमानी रहेछन । यदि छेउछाउमा मान्छेहरू भएकै भए तापनि तिनीहरूले यी पहराहरूलाई नाघेर आउन सक्ने थिएनन अनि समुद्र भएतिर जुन छिपछिपे पानीको भाग छ त्यसले कुनै पनि जहाजलाई टुक्रा-टुक्रा पारिदिन सक्छ । यदि समुद्रमा कुनै सुरक्षित स्थान हुन सक्छ भने त्यो यहीँ नै हो ।”
उसले त्यो बूढ़ो सीलको विषयमा सोच्न थाल्यो जसलाई उसले छाडेर आएको थियो । उसलाई नोवास्तोशना फर्कने हतार हुँदाहुँदै पनि उसले यस नयाँ प्रदेश सम्बन्धमा सम्पूर्ण जानकारी लियो जसमा कि उसले सबैको प्रश्नका उत्तर दिन सकोस् ।
उसले फेरि डुबुल्की मारेर सुरुङ्गको मुखलाई एकपटक जाँच्यो अनि त्यहीँ भित्रबाट भएर दक्षिणतिर लाग्यो । कुनै एउटा समुद्री गाई वा सीलले मात्र त्यहाँ त्यस्तो स्थान हुन सक्ने कल्पना गर्न सक्थ्यो अनि कोटिकले जब पछि फर्केर हेस्यो तब यो कुरो विश्वास गर्न कठिन थियो कि ऊ ती पहराहरूमुन्तिर भई आएको हो ।
घर पुग्न उसलाई छः दिन लाग्यो, यद्यपि ऊ खूबै तेजीसित पौड़िरहेको थियो । बाटोमा सबैभन्दा पहिला उसको त्यही बूढ़ो सीलसित भेट भयो जसले उसलाई पर्खिरहेथ्यो अनि कोटिकको आँखातिर हेरेर नै अन्त्यमा उसले आफूले चाहेको टापु खोज्न सफल बन्नेछ भन्ने कुरा बुझ्यो ।
तर घर पुगेर जब उसले सबैसित आफ्नो नयाँ खोज सम्बन्धमा बतायो तब उसका बाबु र साथीहरूले उसको हाँसो उड़ाउन थाले अनि उसकै उमेरको एउटा सीलले भन्यो, “त्यो सबै त ठीकै छ कोटिक । तर जब हामी यहाँ शिशुकक्ष बनाउनका निम्ति एकअर्कासित भिडिरहेका थियौँ त्यतिखेर तँ भने उता समुद्रमा नयाँ शिकारको खोजमा डुल्न मस्त थिइस् ।
अहिले तँ अचानक कहाँबाट आएर हामीहरूमाथि हुकुम चलाइरहेछस् । यस्तो स्थितिमा हामीहरूले तेरो कुरो कसरी मान्नु?”
उसको कुरो सुनेर अरू सीलहरू हाँस्न थाले अनि ऊ भने गजक्क परेर आफ्नो टाउको झटकार्न थाल्यो । त्यो वर्ष भर्खरै उसको बिहे भएको हुनाले उसले निकै फूर्ति देखाइरहेको थियो ।
“मलाई कुनै शिशुकक्ष बनाउनु नै छैन भने त्यसका निम्ति किन भिड़िन?” कोटिकले भन्यो, “म त केवल तिमीहरूलाई एउटा यस्तो ठाउँ देखाउन चाहन्छु जहाँ तिमीहरू सुरक्षित रहनेछौ ! त्यहाँ तिमीहरू भिड़िनपर्ने पनि छैन ।”
“अहो, यदि तिमी आफै नै भिडिनदेखि हिचकिचाउँदैछौ भने म के गर्नु सक्छु र!” त्यस नवविवाहित युवा सीलले व्यङ्ग्य कस्दै भन्यो ।
“यदि मैले तिमीसित भिडिएर जिते भने तिमी मसित जान तयार हुनेछौ?” कोटिकले सोध्यो, यद्यपि उसलाई भिड़िने कुरा पटक्क मन पर्दैन थियो ।
“ठीक छ ।” युवा सीलले लापरवाहीसित भन्यो । “यदि तिमीले जित्यौ भने म तिमीसित जानेछु ।”
कोटिकले उसलाई आफ्नो विचार परिवर्तन गर्ने कुनै मौका नै दिएन । उसले तुरन्तै झम्टिएर त्यस युवा सीलको गर्दनमा आफ्नो दाँत गाड्यो । त्यसपछि उसले आफूलाई सम्हाल्दै फेरि आफ्नो शत्रुमाथि आक्रमण गस्यो र उसलाई भुइँमा पछारिदियो । त्यसपछि उसले सीलहरूलाई गर्जेर भन्यो, “मैले यी पाँच वर्षमा तिमीहरूकै निम्ति आफ्नो दिन र रातलाई एक तुल्याएँ अनि तिमीहरूकै निम्ति भनेर एउटा सुरक्षित टापुको खोजी पनि गरेँ तर जबसम्म तिमीहरूका टाउको शरीरदेखि काटेर फ्याँकिँदैन तबसम्म तिमीहरूलाई कुनै कुरोको विश्वास लाग्दैन । म तिमीहरूलाई पाठ पढ़ाउने नै छु । सतर्क बस्नू !”
लिमरशिन जसले प्रत्येक वर्ष लगभग दश हजार सीलहरूलाई आपस्तमा भिड़िएको देख्तै आएको छ, उसले मलाई भन्यो कि उसले आफ्नो आजसम्मको जीवनमा यस्तो डरलाग्दो भिड़न्त कहिल्यै पनि देखेको थिएन । कोटिकले सबैभन्दा ठूलो सीलको घिचो अठ्याएर तबसम्म उसलाई बजार्थ्यो जबसम्म उसले दयाको भीख माग्दैन थियो । त्यसपछि उसले त्यसलाई एकापट्टि पछारेर अर्कोसित भिड़िन पुग्थ्यो । ती सीलहरू हेर्दा ठूल्ठूला देखिए तापनि वर्षमा चार महिना उपवासमा बस्थे तर कोटिकले भने त्यस्तो कहिल्यै गरेको थिएन । त्यसबाहेक उसले समुद्रको गहिरो पानीमा पौडिएर जुन लामा लामा यात्राहरू गरेको थियो त्यसको फलस्वरूप उसको स्वास्थ्य खुबै राम्रो भएको थियो । त्यति मात्र नभई त्यसभन्दा अघि उसले कसैसित भिडिएर आफ्नो शक्तिको नचाहिँदो खर्च पनि गरेको थिएन । रिसले गर्दा उसको सेतो घूँघुरिएको जगर पनि ठाड़ो भएको थियो, आँखाबाट ज्वाला दन्किए झैँ भइरहेथ्यो अनि ठूल्ठूला दाँतहरू टल्किरहेका थिए त्यतिखेर उसको सम्पूर्ण भावभङ्गी हेर्न लायकको थियो । उसको बाबु बूढ़ो सी क्याचले देख्यो कि ऊ सीलहरूका झुण्डमा पसेर तिनीहरूलाई यसरी अन्याइरहेको थियो मानो ती मसिना हलीबट माछाहरू हुन् अनि उसले त्यहाँ भएका सबै युवा सीलहरूलाई आतङ्कित तुल्याइदिएको थियो ।
सी क्याचले गर्जदै भन्यो, “त्यो मूर्ख नै भए तापनि यहाँ समुद्रतटमा भएका सबै योद्धाहरूभन्दा श्रेष्ठ छ । स्याबास छोरा ! तिमीले आफ्नो बाबुलाई सम्झाउनुपर्ने छैन, ऊ तिमीसितै छ ।”
त्यसको प्रत्युत्तरमा कोटिक पनि गर्जियो अनि बूढ़ो सी क्याचले फूर्ति देखाउँदै आफ्नो जुंगा मुसास्यो अनि सिटी बजाएर रेलको इञ्जिनको नक्कल गर्न थाल्यो । मटका र त्यो सील जो कोटिकसित बिहे गर्न तयार थिई, दुवै नै डरले काँप्दै भए पनि आफ्नो लोग्नेहरूका प्रशंसा गर्नमा तल्लीन थिए । युद्ध बड़ो गजबको थियो । कुनै पनि सीलले टाउको उठाउने आँट नगरुञ्जेलसम्म कोटिक र उसको बाबु तिनीहरूसित भिड़ि नै रहे अनि जब कसैसित पनि ती दुई बाबु-छोरालाई सामना गर्ने साहस रहेन तब तिनीहरू विजय गर्वले गर्जदै किनारको चक्कर काट्न थाले ।
राति जब उत्तरतिरबाट आउने उज्यालो कुइरोको पर्दा फाट्यो कोटिकले एउटा पहरामाथि चढेर छरपष्ट भएका शिशुकक्ष अनि रगतपच्छे भई घाइते बनेका सीलहरूलाई हेरेर भन्यो, “मैले तिमीहरूलाई पाठ पढ़ाइदिएँ ।”
“कसम होला!” तिनै घाइते बनेको बूढ़ो सी क्याचले आफैलाई उत्साहित पार्नका निम्ति बल गर्दै भन्यो, “ह्वेल माछाले पनि यिनीहरूलाई यसभन्दा बेसी टोक्न सक्ने थिएन । छोरो मलाई तिमीमाथि गर्व छ । अनि यति मात्र होइन म तिमीसित तिम्रो टापुमा जानेछु – यदि त्यस्तो टापु साँच्चै नै छ भने ।”
“सुन ! सबैले सुन ! मसित समुद्री गाईको सुरूङ्गमा को-को जान चाहन्छ? छिटो भन, नत्र भने म फेरि पाठ पढ़ाउन थाल्नेछ ।” कोटिकले गर्जिएर भन्यो ।
छालहरूमा ज्वार आए डौँ सीलहरू आपस्तमा खुसखुस गरेको सुनियो । अनि हजारौं थाकेका स्वरहरू बोले, “हामी जानेछौँ । हामी सेतो सील कोटिकको पछि लाग्नेछौँ ।”
कोटिकले गर्वसित आफ्नो टाउकोलाई दुवै काँधहरूमाझ बिस्तारै हल्यो अनि आँखा बन्द गरयो । अहिले ऊ सेतो सील झैँ पटक्क देखिएको थिएन बरू टाउकोदेखि पुच्छरसम्म रातो रगतले लथपथ देखिन्थ्यो । तर उसलाई आफ्नो चोटको किञ्चित पनि पर्वाह थिएन ।
एक हप्तापछि ऊ आफ्नो दल (प्रायः दश हजार सील जसमा बूढ़ा युवा सबै सामेल थिए)-लाई लिई उत्तरमा समुद्री गाईको सुरूङ्गतर्फ लाग्यो । नोवास्तोशनामा बसेका सीलहरूले तिनीहरूलाई मूर्ख सम्झिरहेका थिए । तर अर्को वसन्तमा जब प्रशान्त महासागरका किनारहरूमा माछा समात्दा जब तिनीहरूको भेटघाट भयो कोटिकको दलका सीलहरूले समुद्री गाईको सुरूङ्गपारिको समुद्रतटको विषयमा यस्ता कथाहरू सुनाए कि धेरै सीलहरूले नोवास्तोशना त्यागेर तिनीहरूलाई पछ्याए । अँ यी सबै एकैचोटि नभएर बिस्तारैसित भयो किनभने सीलहरूमा धेरै बुद्धि त हुँदैन नै । तिनीहरूले सोचविचार गर्नुमा नै धेरै समय फाल्छन् ! तर प्रत्येक वर्ष नोवास्तोशनामा ल्यूकेन्नन र अन्य शिशुकक्षहरूलाई त्याग्दै त्यस नयाँ, शान्त अनि सुरक्षित टापुमा जाने सीलहरूका सङ्ख्या बढ्दै गयो, जहाँ कोटिकले आफ्ना गर्मीका दिनहरू बिताउने गर्छ । प्रत्येक वर्ष ऊ अझ स्वस्थ, पुष्ट र बलियो बन्दै गइरहेछ अनि उसका साथी युवा सीलहरू उसैको छेउछाउमा खेलिरहन्छन् । त्यस समुद्रमा कहिल्यै कुनै मान्छे आउँदैन ।
क्रमश:
(भानु छेत्रीको अनुवादमा रहेको विश्वप्रसिद्ध पुस्तक ‘जङ्गल बूक’ पुस्तकबाट)

