मूल लेखक : रूडयार्ड किप्लिङ
अनुवादक : भानु छेत्री
तेस्रो खण्ड बाघ-बाघ
“म हुँ मोगली । एई गाईबस्तु चोर ! परिषद् शिलामा जाने समय आइपुग्यो । जा तलतिर जा । अकेला यिनीहरूलाई तलतिर हाँक् । रमा, तल हिँड् ।”
भैंसी र साँदहरूको हूल एकक्षणका निम्ति त्यो ओह्रालो परेको घाँटीको मुखमा अड़ियो तर जब अकेलाले पूरा जोशमा कराएर शिकारको नारा लगायो तब तिनीहरू यति छिटो अघि बढ़े कि तिनीहरूका चारैतिर ढुङ्गा र माटोका फोहोरा छुटे झैँ भयो । एकपटक हिँडिसकेपछि त तिनीहरू थामिने प्रश्न नै उठ्दैनथियो । घाँटीको फेदमा पुग्दानपुग्दै रमाले शेर खानलाई देख्यो अनि जोड़सित डुक्रन थाल्यो ।
“हा, हा!” मोगलीले भन्यो, “अब तैंले बुझिस् !” रमाको कालो सिङको हिर्काइको नथामिने वेग, फिजले भरिएको थुतुना अनि आगो बर्साउने आँखाहरू अघि कोही उभिन सक्तैनथ्यो । सोचेको भन्दा अलि कमजोर भैंसीहरूलाई उसले घाँटीको छेउतिर धकेलिदिएको थियो । तिनीहरूले त्यहाँ झुण्डिएका लहराहरूलाई तान्दै च्यातिरहेका थिए । त्यस्तो भैंसी र साँढ़हरूका झुण्डको सामु कुनै पनि बाघलाई उभिन असम्भव थियो । शेर खानले तिनीहरूका खुरको आवाज सुन्यो अनि उठेर लङ्गड़ाउँदै घाँटीको अर्को छेउतिर भाग्यो । भाग्दै गर्दा त्यसले यताउता हेर्दै छेउछाउका पहराहरूबाट भागेर बाहिर निस्कने साधन पनि बिचास्यो, तर घाँटीको दुवैतिरका पहराहरू ठाड़ो उकालो उठेका हुनाले उड्ने कुनै उपाय थिएन । भुँड़ी भरिएका हुनाले त्यो आफै पनि भिड़िन सक्ने स्थितिमा थिएन । घाँटीको अर्को छेउबाट भयो कि त्यो डरलाग्दो रमासित ठोकिएर पछारियो अनि रमा र त्यसको गाईबस्तुका अर्को झुण्डको जवाबी हुँकार सुनिदैथियो । शेर खानलाई धाक पछि आएर झुण्डद्वारा पिसिन पुग्यो । अब भने गाईबस्तुहरूका दुवै सुन्द एकार्कामा भिडिन पुगे । यस्तो आकस्मिक भिडन्तले कमजोर भैंसीहरुका खुट्टाहरू नै उखेलिए । यस्तो मौका हेरेर मोगली रमाको पिठ्यूँबाट उक्रिय अनि एउटा लट्ठीको सहायताले स्थितिलाई काबूमा पार्ने कोशिश गर्न थाल्य “छिटो अकेला ! दुवै हललाई छरपष्ट पारिदे नत्र यिनीहरू एकाकीसित नै भिड़न थाल्नेछन् । यिनीहरूलाई घाँटीबाट बाहिर निकालिदे । ए रमा! मेरा बच्चाहरू हो ! शान्त होऊ ! शान्त होऊ! हाम्रो काम भइसक्यो ।”
तिनीहरूलाई घाँटीमा जानदेखि रोक्न थाले । मोगलीले रमालाई मैदानपडे अकेला र फुसे भाइले भैंसीका खुट्टाहरूलाई चिथोरी-चिथोर फर्काइदियो अनि अरू गाईबस्तु पनि त्यसको पछिपट्टि आउन थाले ।
शेर खान मरिसकेको थियो अनि त्यसको लाशमाथि चीलहरू घुन थालिसकेका थिए ।
“भाइ हो, कुकुरको मृत्यु मरेको छ यो ।” मोगलीले भन्यो अनि आफ्नो छुरी निकाल्यो । “यसको छालाले अब परिषद् शिलाको शोमा बढ़ाउनेछ । हामीहरूले छाला काढ्नुपर्नेछ ।
मान्छेहरूमाझ हुर्किएको कुनै पनि केटोले यसरी दश फीट लामो बाघको छाला एकलै काढ्न सक्ने थिएन तर मोगलीलाई यस्तो कामको ज्ञान थियो । तरै पनि यो काम त्यत्ति सजिलो त थिएन नै जसले गर्दा मोगलीलाई एक घण्टा जति समय लाग्यो । बीच-बीचमा अप्ठ्यारो पर्दा उसले ब्वाँसोहरूका मदत लिन्थ्यो । त्यसै बखतमा कसैले उसका काँधहरूमाथि हात राख्यो । मोगलीले टाउको उठाएर हेर्दा बलदेव उभिएको देख्यो । ऊसित आफ्नो बन्दुक पनि थियो । केटाहरूले गाउँमा गएर गाईबस्तु बिच्किएर भागेका घटना सुनाइदिएका थिए अनि बलदेव मोगलीलाई उसको लापरवाहीका निम्ति हपार्न भनी रिसाएर यता आएको थियो । ऊ यतातिर आउँदै गरेको देखेर दुवै ब्वाँसोहरू अघि नै भागिसकेका थिए ।
“यो कस्तो मूर्खता हो?” बलदेवले रिसाएर भन्यो, “तेरो विचारमा तँ बाघको छाला काढ्न सक्छस् ! भैंसीहरूले यसलाई कहाँ मारेको थियो?
यो त्यही लङ्गडो बाघ हो जसमाथि सय रुपियाँको इनाम राखिएको छ । हामी तँलाई माफ गरिदिनेछौँ अनि यसको छाला पेश गरेर सरकारबाट होस् केही छैन, तैंले भैंसीहरूको झुण्डलाई भगाइदिइस् त्यसका निमि इनाम पाइन्छ त्यसबाट शायद तँलाई पनि एक रूपियाँ दिनेछौं ।” उस आफ्नो वेस्टकोट गोजी खोदालेर दलसिङ्ग ढुङ्गा र चम्किलो फलाम टुक्रा निकाल्यो अनि बाघको जूँगा डढ़ाउन थाल्यो । गाउँले शिकारीहरूल यस्तो विश्वास थियो कि मरेको बाघको जूँगा डढाइदिनाले त्यसको १ उनीहरूको पछि लाग्नेछैन ।
“हूँऽऽ!” मोगलीले बाघको अघिल्लो पञ्जाको छाला काढ्दै आफूनि बोले झैँ गरी भन्यो – “त्यसो भए तैंले यो छालो पेश गरेर इनाम बटुल्नेछ अनि त्यसबाट शायद एक रूपियाँ मलाई पनि देलास्? तर मेरो विचान म आफैलाई नै यो छालाको खाँचो छ । एई! बूढ़ो बाबा यो आगो हट यहाँबाट ।”
“गाउँको खास शिकारीसित यो कसरी बोलेको ? आफ्नो भाग्य भैंसीहरूको मूर्खताको कारणले गर्दा तँ यसको शिकार गर्नमा सफल भड बाघ अघाएको थियो नत्र त्यो अहिलेसम्ममा बीस माइल टाढ़ो भागिसके हुने थियो । एई माग्ने केटा ! तँलाई त यसको छाला पनि राम्ररी का आउँदैन । अनि यसको जूँगा नडढ़ा भनी मलाई भन्छस् । मोगली! अब तँलाई इनामबाट एक आना पनि दिन्नँ अनि त्यसमाथि तैंले मेरो पि खाने कुरा त बेग्लै हो । छोड् यो मरेको बाघलाई!”
“मेरो मूल्यको रूपमा दिइएको साँढ़को कसम !” छाला काढ्दै बाध् काँधसम्म पुगिसकेको मोगलीले भन्यो, “के मैले दिनभरि नै यो बूढ़ो बाँदर बकबक सुनिरहनु ? अकेला ! यो मान्छेले मलाई दिक्क दिँदैछ ।”
त्यसैबेला ब्वाँसोहरू कतैबाट निस्केर शेर खानको लाशतिर निहुरिए बलदेवलाई झम्टेर घाँसमा लड़ाइदियो अनि त्यहीँ नै रोकिदियो । मोगली आफ्नै धुनमा काम गरिरह्यो ।
“भन्न त तैंले ठीकै भन्दैछस् बलदेव”, मोगलीले दाँत किट्दै भन “तँले मलाई इनामबाट एक आना पनि दिनेछैनस् । यो लङ्गड़े बाघ र मम् धेरै अघिदेखि नै पुरानो लड़ाइँ चलेर आएको हो- धेरै पुरानो लड़ाईं,
मैले जितें ।”
यदि दश वर्षअघि कुनै जङ्गलमा बलदेवको सामना कुनै ब्वाँसोसि हँदो हो त कुरा बेग्लै थियो । तर यहाँ त परिस्थिति नै भिन्न किसिमक ब्वाँसोहरूले जसको हुकुम मानिरहेको थियो, कुनै साधारण बालक हुन थियो । यो केटा जसको मान्छे खाने बाघहरूसित पुरानो दुश्मनी थियो अभि सक्तैन । उसलाई लाग्यो कि यो कुनै डरलाग्दो किसिमको कालो जादू है । आफ्नो गलामा बाँधिएको बुट्टीमाथि आफै नै उसको हात पुग्यो । ऊ लड़ा सोचिरहेको थियो कि यो बुट्टीले उसको रक्षा गर्ला ! बरू कतै मोगलीत बाघको रूप त धारण गर्दैन भन्ने आशङ्काले उसलाई प्रत्येक मिनटमा सताइरहेको थियो ।
“महाराज! राजाधिराज !” उसले रूञ्चे स्वरमा भन्यो । “हाँ”, मोगलीले टाउको नघुमाइ हाँसो थाम्दै भन्यो । “म एउटा बूढ़ो मान्छे हुँ । तँलाई एउटा साधारण गोठालो सम्ट्रोको थिएँ । के म उठेर जान सक्छु, कि तेरो यी चाकरहरूले मेरो टुक्रा-टुङ्गा पारोस्?”
“जा तँलाई अभयदान दिन्छु । यति हो कि अबोप्रान्त म र मेरो शिकारको बीचमा कहिल्यै दखल नदिनू । यसलाई जान दे अकेला ।”
बलदेव लरखराउँदै जति सक्दो छिटो गरी गाउँतिर हानियो । कतै मोगलीले कुनै डरलाग्दो प्राणीको रूप त धारण गरेको छैन भन्ने आशङ्कामा पछिल्तिर पनि हेर्दै कुट्यो । गाउँमा पुगेर उसले जादू-टुना र सम्मोहनको यस्तो कथा सुनायो कि त्यो सुनेर गाउँको पूजारी पनि अत्याधिक गम्भीर बन्न पुगे ।
उता मोगलीले आफ्नो काम गरिरह्यो । उसले ब्वाँसोहरूको सहायता लिएर बाघको सम्पूर्ण छाला काढुञ्जेलसम्म प्रायः साँझ परिसकेको थियो
लैजानपर्छ ।” मोगलीले भन्यो, “अकेला यिनीहरूलाई भेला गर्न मेरो सहायत “अब हामीहरूले यो छालालाई लुकाउनपर्छ अनि भैंसीहरूलाई घ गर् ।”
लाग्यो । गाउँको नजिक पुगेर मोगलीले बत्तीहरू जलेको देख्यो अनि मन्दिरव त्यस गोधूलिको समयमा मोगली आफ्नो गाईबस्तु लिई गाउँतिर लाग्यो । गाउको नजीक पुगेर मोहलीले बत्तीहरू जलेको देख्यो अनि मन्दिराको
शब्द्ध, घण्टी आदि बजेको पनि सुन्यो । यस्तो लाग्यो मानो आधा गाउँ नै मूल फाटकमा उभिएर उसलाई पर्खिरहेछ । “मैले शेर खानलाई मारेको हुनाले नै यो स्वागत भइरहेछ ।” उसले सोच्यो । तर मान्छेहरूले बर्साएको ढुङ्गाले ऊ अलिकताले मात्र बाँच्यो । गाउँलेहरू उसलाई देखेर कराउन थाले, जादूवाला! ब्वाँसोको बच्चा ! जङ्गलको राक्षस! भागी हाल! छिटो जाइहाल, नत्रभने पूजारीज्यूले तँलाई फेरि ब्वाँसो बनाइदिनेछन् । बलदेव, गोली हान् ।”
बलदेवले गोली ठोक्यो जसले एउटा भैंसीलाई लाग्यो । त्यो पीड़ाले कराउन थाली । “हेर हेर, जादू!” गाउँलेहरू कराए । “त्यसले गोलीको गति बदल्न सक्छ । बलदेव गोली तेरो भैंसीलाई लागेको छ ।”
“के भयो?” मोगलीले अचम्म मान्दै भन्यो, “तर पनि ढुङ्गाको वर्षा क्रमशः बढ़ि नै रहेको थियो ।
“तेरा यी साथीभाइहरू पनि झुण्डका ब्वाँसोहरू भन्दा कम छैनन् ।” अकेलाले भन्यो, “यो गोली चलेको देखेर मलाई लाग्दैछ कि यिनीहरूले तँलाई निकालिदिने छन् ।”
ब्वाँसो ! एई ब्वाँसो ! भागी हाल्!” पवित्र तुलसीको पातको हाँगा हल्लाउँदै पूजारी करायो ।
“फेरि त्यस्तै ? पहिला म मान्छे भएको हुनाले यस्तो भएको थियो अनि यसपटक चाहिँ म ब्वाँसो हुँ भनेर । हिँड् अकेला यहाँबाट जाऊँ ।”
यस्तैमा एउटी आइमाई दौड़ेर अघि आई । ऊ मेसुआ थिई । उसले कराएर भन्न थाली, “ए मेरो छोरा, मेरो छोरा ! यिनीहरूले भन्दैछन् कि तैंले जादू-टुना जान्दछस् अनि जति बेला चाहन्छस् जनावर बन्न सक्छस् । मलाई त यस कुरामा विश्वास छैन तर तँ यहाँबाट जा नत्र यिनीहरूले तँलाई मार्नेछन् । बलदेवले भन्दैछ कि तँ जादूवाला होस् – तर म जान्दछु कि तैंले नाथूको मृत्युको बदला लिएको होस् ।”
“फर्केर आइज मेसुआ”, भीड़ले करायो, “फर्केर आइज नत्र हामी तँलाई पनि ढुङ्गाले हिर्काउनेछौँ ।”
मोगली हाँस्न खोज्यो तर सकेन किनभने कसैले उसको मुखमा ढुङ्गाले हिर्काइदियो । उसले भन्यो, “मेसुआ फर्केर जा । म कुनै जादूवाला होइन । यिनीहरू बेलुकी फलैंचामा बसेर यस्तो मूर्खतापूर्ण कथाहरू
भनिरहन्छन । कमसेकम मैले तेरो छोराको बदला लिएको छु । म बिदा लिन्छ! तँ छिट्टै दौडेर फर्किहाल किनभने अब म गाईबस्तुका झुण्डल दौड़ाएर भित्र पुराइरहेछु यिनीहरूले हिर्काएको ढुङ्गाभन्दा पनि तेजसित
“एकपल्ट फेरि अकेला!” उसले कराएर भन्यो, “झुण्डलाई मित्र लिएर आइज ।”
अकेलाको गुहारको आवश्यकता थिएन । तिनीहरू यति छिटो फाटकमित्र भैंसीहरू आफै नै भित्र पस्न चाहन्थे । यसका निम्ति तिनीहरुलाई पसे कि मान्छेहरूको भीड़ छरपष्ट भयो ।
“गनेर हेर!” मोगलीले कराएर गाउँलेहरूलाई भन्यो, “कतै मैले एक-दुईवटा चोरेको पो छू कि । राम्ररी गनेर हेर किनभने अब म तिमीहरूको गाईबस्तु चराउने काम गर्ने छइनँ । मान्छेका बच्चाहरू हो, म तिमीहरूसित बिदा लिन्छु । मेसुआलाई धन्यवाद दे कि म मेरो ब्वाँसोहरूसित भित्र पसी तिमीहरूलाई सताइरहेको छुइनँ ।”
ऊ फर्केर अकेलासित गयो । माथि आकाशमा ताराहरू चम्किरहेका थिए । ती देखेर उसले खुशी हुँदै भन्यो, “अब म पिञ्जड़ा जस्तो यस्तो बन्द झोपड़ीहरूमा सुत्न पर्दैन । शेर खानको छाला लिएर जङ्गलमा फर्कनपर्छ । हैन हामीहरूले गाउँलेहरूलाई कुनै हानि पुरयाउनेछैनौँ किनभने मेसुआले मलाई साह्रै माया गर्थी ।”
आकाशमा जून देखा परेर जब सम्पूर्ण मैदान दूधले नुहाए झैँ सेतो भयो तब यस्तो उज्यालोमा डराएका गाउँलेहरूले मोगलीलाई दुई ब्वाँसोहरूसित अघि-अघि लागेको देख्यो । उसको टाउकोमाथि एउटा गुण्टा थियो अनि ऊ ब्वाँसो झैँ छिटो-छिटो हिँडिरहेको थियो । गाउँका मान्छेहरू मन्दिरमा गई ठूल्ठूला आवाजमा शङ्ख र घण्टीहरू बजाउन थाले । मेसुआ रोइरहेकी थिई अनि बलदेवले आफ्नो साहसिक कामको मनगड़न्त कथा खूबै नून खोर्सानी छरेर मान्छेहरूलाई सुनाइरहेको थियो । अन्त्यमा उसले मान्छेहरूलाई यसो पनि भन्यो कि अकेला आफ्ना पछिल्ला खुट्टाहरूका भरमा उभिएर मान्छेले झैँ बोलिरहेको थियो ।
जब मोगली र दुई ब्वाँसोहरू परिषद् शिला भएको पहाड़नेर पुगे तब जून डुब्न लागेको थियो । तिनीहरू आमा ब्वाँस्सो फामा नै बसे ।
“आमा, मान्छेहरूले मलाई आफ्नो झुण्डबाट निकालिदिए ।” मोगलीले कराउँदै भन्यो, “तर मैले आफ्नो वाचाअनुसार शेर खानको छाला लिएर आएको छु ।”
आमा ब्वाँसो आफ्ना बच्चाहरू लिएर गुफाबाहिर आई अनि शेर खानको छाला देखेर उसका आँखाहरू चम्किए ।
“मेरो मोगली भ्यागुता ! जुन दिन शेर खानले तेरो ज्यान लिनका निम्ति आफ्नो टाउको र काँधहरू यस गुफाको मुखमा घुसारेर भित्र पस्ने कोशिश गरेको थियो त्यही दिन मैले त्यसलाई भनिदिएकी थिएँ कि त्यो आफै नै एक दिन तेरो शिकार बन्नेछ । स्याबास तैंले मेरो भनाइलाई साँचो सिद्ध गरिदिइस् ।”
“सानो भाइ, तैंले साह्रै राम्रो गरिस् ।” झ्याङहरू भित्रबाट आवाज आयो, “तँबिना हामी एकलो भएका थियौँ ।” यो बघेराको आवाज थियो जो दौड़ेर मोगली भएतिर आइरहेको थियो । तिनीहरू सबै मिलेर परिषद् शिलामा गए अनि मोगलीले शेर खानको छालालाई त्यो चेप्टो शिलामाथि बिछ्याइदियो जहाँ अकेला बस्ने गर्थ्यो । अकेलाले त्यसमाथि पल्टिएर आफ्नो त्यही पुरानो गुहार लगायो, “राम्ररी हेर ए ब्वाँसोहरू हो !” ठीक त्यही प्रकारले जसरी उसले मोगलीलाई पहिलोपटक ल्याइँदा लगाएको थियो ।
“राम्ररी हेर ब्वाँसोहरू हो ! मैले आफ्नो बाचा पूरा गरे कि गरिनँ”, मोगलीले भन्यो । ब्वाँसोहरूले चिच्याउँदै भने, “हो” अनि एकजनाले भन्यो, “अकेलाले फेरि हाम्रो नेतृत्व गरोस् भन्ने हामी चाहन्छौँ । ए मान्छेको बच्चा हामी यस्तो अराजकता र अव्यवस्थादेखि वाक्क भइसकेका छौं । हामी फेरि उही स्वतन्त्र प्राणी बन्न चाहन्छौँ ।”
“अरे त्यसो होइन ।” बघेराले भन्यो, “हुनसक्छ पेटभरि खाइसकेपछि तिमीहरूमा फेरि उही बौलाहापन दोहोरिन्छ कि ? तिमीहरूलाई त्यसै स्वतन्त्र जाति भनिएको हो र ! यही स्वतन्त्रताका निम्ति त भिड़िएका थियौँ तिमीहरू! अब जब तिमीहरूले यो पाइसकेका छौ भने यसैलाई चबाई-चबाई खाऊ ए ब्वाँसोहरू हो !”
“ब्वाँसो र मान्छे दुवैका झुण्डले मलाई निकालिदिएका छन् ।” मोगलीले भन्यो, “मैले त अब जङ्गलमा एकलै नै शिकार गर्नुछ ।”
त्यस दिनदेखि मोगलीले ती चारजनासित मिलेर जङ्गलमा शिव्थर “हामी तँसित शिकार गर्नेछौँ ।” ब्वाँसोका चारैवटा बच्चाहरूले भने गर्न थाल्यो तर ऊ सधैंका निम्ति एकलो रहेन । वषौंपछि जब ऊ लाठे मग उसले बिहे गरयो ।
तर त्यो कथा त वयस्कहरूका निम्ति हो ।
मोगलीको गीत
मोगली मेरो नाम हो जान्नू वृत्तान्त मेरो जङ्गलले सुन्नू शेर खान मलाई मार्छु भन्थ्यो मोगली भ्यागुतालाई खान्छु भन्थ्यो ।
खायो पियो खाँदी खाँदी मस्त निदायो सपना साँची पस्यो भ्रममा घमण्डले गर्दा के फेरि त्यसको मुँड़ी भर्ला ?
एकलै छु म यो चरनमा फुसे भाइ अब आउन यहाँ एकले ब्वाँसो तिमी पनि आऊ तलतिर गई शिकार फँसाऊ राता र रिसाहा आँखा भएका बलिया भैंसी-साँढ़ लिएर
हाँकी तिनलाई माथि तल घेर्नेछु शत्रु हुकुम दिएर मस्त निन्द्रामा अझै रहेछस् ब्यूँझी अब त दुष्ट शेर खान आएँ म तेरो सेखी झार्न भैंसी-साँढ़का सैन्य लिइकन रमा हो राजा भैंसीहरूका धूलो बन्नेछस् खुट्टाले थिच्दा वेणगङ्गाको पानीले भन्छ शेर खान तेरो थला कहाँ छ? प्वालमा लुक्ने साही होइनस् न मयूर झैँ उड़ी भाग्न सक्छस् चमेरा झैँ झुण्डी हाँगामा कसरी आफ्नो प्राण बचाउँलास् मसिना बज्ने बाँसहरू हो भन मलाई त्यो भागी कहाँ गो अहो ! यो त यहाँ रहेछ रमाको खुट्टा मुनि परेछ उठ् लङ्गड़े दुष्ट शेर खान उठेर गतिलो पञ्जाले हान भाँच् घिचो साँदहरूका मारेर यिनको मासु सबै खा सुतेको बाघलाई जगाउनुहुन्न ऊत छ शक्ति सम्पन्न माथिबाट चील पनि आयो तल कमिलाको ताँती लाग्यो भेला भए सबै चार दिशाको दिनलाई सम्मान अन्तिम बिदाको आफूलाई ढाक्ने वस्त्रबिना नै चीलले देख्यो नाङ्गो मलाई बनेको छु म लाजले पानी कसरी भेट्नु सबैलाई अनि पैंचो माग्छु शेर खान तँलाई चाहियो छाला तेरो मलाई जान्छु ओड़ी कोट बनाई शिला परिषद् जानुछ मलाई मेरो मूल्य चुकाउने साँढ़को खाई कसम आएको छु म तेरो छालाको कोटले मात्र पूरा हुनेछ कसम त्यो आज मान्छेको त्यो छुरी चलाई बस्छु म त छाला काढ्न शिकारीले झैँ छुरी चलाउँदै लिन्छु उपहार खूबै रमाउँदै वेणगङ्गाको पानीले सुन्नु प्रीति हाम्रो कस्तो रहेछ छाला यही हो सिद्ध गर्ने शेर खान भुतुक्क भई मर्ने फुसे भाइ जोड़ले तान अकेला तिमी धन्दा नमान गाह्रो छ नमान झर्को गहाँ छ छाला शेर खानको मान्छे जति सबै रिसाए भएभरका ढुङ्गा बर्साए मुख मेरो रक्ताम्मे भो भाग्यले कता लैजाने हो गर्मीको यो तातो रातमा भाइहरू पनि लिई साथमा जाऔं गाउँको जीवन त्यागी बन्दै उज्यालो जूनको भागी वेणगङ्गाको पानीले बुझ्छ मान्छे कति अबूझ रहेछ गरिनँ मैले कुनै हानि डराउँछन् अझै मलाई के ठानी? ब्वाँसोहरूका झुण्डले पनि सहेनन् मलाई मान्छे हो भनी बन्द भयो जङ्गलको बाटो किन बन्द भो ढोका गाउँको ?
जङ्गलका ती जन्तुमाझ जसरी उड्छन् चराचमेरा गाउँ र जङ्गलमाझ म यसरी घुम्दै हिँड्ने भएँ यो कसरी ? छालामा नाचे पनि शेर खानको बनेको छु म भारी मनको चोट र घाउ छ मुखमा मेरो पारेर गाउँले घृणाको फेरो मन छ हलुको मेरो अहिले जङ्गल फर्की आएकोले वसन्तमा सर्प जुझे जस्तै जुझ्छन् यी कुरा मनभित्रभित्रै हाँसिरहेको हुन्छु तथापि बहन्छ पानी आँखामा किन यी?
मोगली दुई छन् गाउँको र वनको टेकेको छु छाला मैले शेर खानको जङ्गल सारा साक्षी मेरो शेर खान शिकार बन्न पुगेको भारी छ मन तै पनि मेरो बुझ्न सकिनँ सेरो फेरो । सेतो सील चुप लाग् प्यारो नानी सकियो अब रात दिउँसो हरियो देखिने सागर बन्यो कालो हठात् आकाशको जूनले चियाइरहेछ सुत्यो कि सुतेन भन्दै सुनसान रातमा उज्यालो उसको लहरहरूमा ठोकिँदै लहर लहर आई सिरानी तिम्रो नरम बनाई जान्छ थकित तिम्रो शरीर बटार मीठो निन्द्रा आउँछ आँधी बेही चल्नेछैन शार्क आई तर्साउने छैन सुत लहरको कोक्रोमा हल्लिई तिमीले चिन्ता लिनु छैन ।
(सीलको निनीनानी गीत)
यी सबै धेरै वर्षअघि बेरिङ्ग सागरमा उत्तरपूर्वतिर स्थित सेण्ट पल द्वीपको नोवास्तोशना नामक स्थानमा घटेका घटनाहरू हुन् जो मलाई ठण्डा महिनामा पाइने पक्षी लिमरशिनले सुनाएको थियो । जापानतिर गइरहेको एउटा स्टीमरको पालबाट मैले त्यस घाइते भएको पक्षीलाई निकालेर आफ्नो क्याबिनमा लगेको थिएँ अनि जबसम्म त्यो फेरि उड़ेर सेण्ट पल पुग्ने योग्य भएन तबसम्म मैले त्यसको सेवा-सुश्रुषा गरिरहेँ । त्यो लिमरशिन नामक पक्षी आफ्नै ढङ्गको विचित्रको हुन्छ, तर सबै कुरो साँचो भन्छ ।
व्यापार-वाणिज्यबाहेक अरू कुनै कामले कोही पनि नोवास्तोशना जाँदैन । यदि त्यहाँ सधैं नै कोही भेटिन्छ भने त्यो हो सीलको समूह/ गरम महिनामा तिनीहरू सैकड़ौँका सङ्ख्यामा समुद्रबाट निस्केर त्यहाँ जान्छन् किनभने नोवास्तोनाको समुद्र तट तिनीहरूका निम्ति संसारको सबैभन्दा अधिक अनुकूल स्थान हो । सी क्याच यो कुरो जान्दथ्यो, त्यसैकारण सन्त ऋतु लाग्नेबित्तिकै जहाँ भए पनि ऊ टरपीडो नौकाको वेगमा पौहुँदै सोझै नवोस्तोशना पुग्थ्यो अनि त्यहाँ समुद्रनजिकको पहराहरूमाझ राम्रो बस्ने ठाउँ पाउनका निम्ति आफ्नो साथीहरूसित झगड़ा गर्दै एक महिना बिताउँथ्यो । सी क्याच फुस्रो रङ्गको मसमस परेको छाला भएका काँधहरूमा जगर अनि तीखो दाँत भएको एक पन्ध्र वर्षीय ठूलो शरीर भएको सील थियो । जब ऊ आफ्नो अघिल्लोपट्टिको पौड़ने अङ्गको भरमा उभिन्थ्यो तब उसको उँचाइ जमीनदेखि पूरा चार फीटको हुन्थ्यो अनि यदि कसैले उसलाई तौलन खोजे उसको ओजन प्रायः सात सय पाउण्डको हुने गर्थ्यो । जीवनभरि नै सङ्घर्ष गरेको हुनाले उसको शरीरभरि नै चोटहरू थिए, तैपनि ऊ सधैँ भिड़िनलाई तयार रहन्थ्यो । शत्रुलाई सामु देख्नेबित्तिकै ऊसित आँखा जुझाउन डराए झैँ गरी उसले आफ्नो टाउको अर्कोतिर फर्काउँथ्यो अनि बिजुली चम्के झैँ गरी ऊमाथि जाइलागेर आफ्नो तीखो दाँत उसको घिचोमा गाड़िदिन्थ्यो । त्यसपछि उसको शत्रुलाई ऊदेखि बाँचेर भाग्नु हम्मे-हम्मे पर्थ्यो । सी क्याच हारेर भाग्ने सीलको पछि कहिल्यै पर्दैन थियो । किनभने यो समुद्रतटको नियम विरूद्ध थियो । ऊ त्यो समुद्रतटमा आफ्नो शिशुकक्ष बनाउनका निम्ति सानो ठाउँ चाहन्थ्यो । तर त्यहाँ त चालीस-पचास हजार अन्य सील पनि थिए जसलाई यसै उद्देश्यका निम्ति प्रत्येक वर्ष यस ऋतुमा समुद्र नजिक राम्रो ठाउँको खाँचो पर्थ्यो । तिनीहरूले सिटी बजाएको, कराएको अनि एकार्कासित भिड़िएको डरलाग्दा आवाजहरू सम्पूर्ण वातावरणमा व्याप्त थियो । त्यहाँ स्थित हचिन्सनको पहाड़ नामक एउटा सानो पहाड़को टाकुरामाथि चढेर हेरे समुद्रको किनारमा लगभग साँढ़े तीन माइल जमीन आपसमा झगड़ा गरिरहेका सीलहरूले भरिएको देखिन्थ्यो । समुद्रका छालहरूमा, बालुवामा, किनारका चिल्ला ढुङ्गाहरूमा चारैतिर नै आपस्तमा जुझिरहेका सीलहरू मात्र देखिन्थे किनभने तिनीहरू पनि मान्छेहरूजस्तै विवेकहीन र असन्तोषी थिए । तिनीहरूका स्वास्नीहरू मई महिनाको अन्त वा जून महिनाको शुरूतिर मात्र त्यहाँ पुग्ने गर्थे किनभने तिनीहरू यस्तो झै-झगड़ामा पर्न रूचाउँदैन थिए । बरू दुई-तीन वा चार वर्ष पुगेका साना सीलहरू, जसले अहिले घर-गृहस्थी बसाएका थिएनन्, जुझिरहेका सीलहरूका बीचबाट भई अझ केही भित्र पसी झुण्ड-झुण्डमा बाँडिएर बालुवाको थुप्रोमाथि चढेर खेलिरहन्थे अनि त्यहाँ उम्रने सबै झारपातहरू लथालिङ्ग पारिदिन्थे । ती सबै सीलहरू अविवाहित अर्थात कुमारहरूका श्रेणीमा पर्थे अनि नोवास्तोशनामा यस खालका लाखौं सीलहरू थिए ।
एक यस्तै वसन्त ऋतुको समयको कुरो हो, सी क्याचले आफ्नो पैंतालीस लडाइँ सिध्याएको मात्र के थियो कि उसकी विनम्र र सौम्य स्वास्नी समुद्रबाट निस्केर किनारतिर आई । सी क्याचले उसको कठालो समातेर उसलाई आफूले दखल गरेको ठाउँमा ल्याएर बसाउँदै भन्यो, “सधैं जस्तो आउनमा ढिलो गरिस, होइन ? कहाँ थिइस् अहिलेसम्म?”
सी क्याचले समुद्र तटमा चार महिना बिताउँथ्यो अनि त्यस अवधिभरि उसले केही पनि खाँदैनथ्यो जसले गर्दा उसको स्वभावमा रुखोपन झल्कन्थ्यो । मटकालाई यो कुरा थाहा थियो । त्यसैकारण उसले यस्तो कुरोको कुनै उत्तर दिँदैन थिई । उसले चारैतिर हेरेर कोमल स्वरमा भनी, “तिमी कति बुझकी छौ – तिमीले त्यही पुरानो ठाउँमाथि फेरि कब्जा गरेछौ ।”
“त्यो त गर्नु नै थियो”, सी क्याचले भन्यो, “हेर त मेरो कस्तो हालत भएको छ ।” उसको शरीरका विभिन्न ठाउँहरूबाट रगत बहिरहेको थियो अनि एउटा आँखा झण्डै झण्डै बाहिर निस्कन आँटेको थियो ।
क्रमश:
(भानु छेत्रीको अनुवादमा रहेको विश्वप्रसिद्ध पुस्तक ‘जङ्गल बूक’ पुस्तकबाट)

