साहित्यपोस्ट डट कम

मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

काठमाडौं । पत्रकारिता पृष्ठभूमिकी मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ काठमाडौंमा सार्वजनिक गरिएको छ ।

पुस्तकमा शिक्षासँग सम्बन्धित व्यक्तिगत अनुभव, स्मृति तथा सामाजिक यथार्थलाई समेटिएको छ । यसमा विद्यालय जीवनका अनुभव, शिक्षक–विद्यार्थी सम्बन्ध, शिक्षाको महत्व र समाजमा शिक्षाको प्रभावलाई सरल तथा भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

कृति सार्वजनिक भएपछि साहित्यप्रेमी तथा पाठकहरूले खड्काको प्रयासको प्रशंसा गर्नुभएकाे छ । विशेषगरी विद्यार्थी र अभिभावकका लागि पुस्तक प्रेरणादायी हुने विश्वास व्यक्त गरिएको छ । लेखिका खड्काले लेखनलाई केवल अभिव्यक्तिको माध्यम मात्र नभई समाज परिवर्तनको साधनका रूपमा लिने बताउँदै आगामी दिनमा पनि समाजमुखी कृतिहरू ल्याउने योजना रहेको जानकारी दिनुभएकाे छ ।

‘मेरो स्कुल’ हाल बजारमा उपलब्ध भइसकेको छ । हाल अमेरिका बसोबास गर्दै अध्ययन र लेखनमा सक्रिय खड्काको स्थायी घर सल्यान रहेको जनाइएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.