साहित्यपोस्ट डट कम

मिलन अधिकारीकाे तीन मुक्तक

मिलन अधिकारीकाे तीन मुक्तक

दुखेको छ भित्री मन त खोज्नुपर्छ

पीडाहरूको छ भिडन्त खोज्नुपर्छ ।

भन्छन् छोराले आँसु देखाउन हुन्न

मैले रुन पनि एकान्त खोज्नुपर्छ ।

रहन्न सधैँ कालो रात उज्यालो आउँछ

एकदिन पक्कै मेरो पनि पालो आउँछ।

तिम्रा यादले पनि यसरी घोचिदिन्छन्

यो मनको बस्तीमा भुइँचालो आउँछ ।

राखेर आँखाका नानीमा जानेछु

डुङ्गा न हुँ, बगेर पानीमा जानेछु ।

मेरो जीवनमा तिमी कुन पात्र थियौ

एकदिन सुनाएर कहानीमा जानेछु।

साझा गर्नुहोस्:
मिलन अधिकारी

लेखकको बारेमा

मिलन अधिकारी

कतार, दोहामा हाल अस्थायी बसोबास गरिरहनु भएका मिलन अधिकारीका फुटकर रचना प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.