साहित्यपोस्ट डट कम

‘मेरो कविता : द रिदम अफ पोएट्री’का अन्तिम चार प्रतिस्पर्धी छनोट

‘मेरो कविता : द रिदम अफ पोएट्री’का अन्तिम चार प्रतिस्पर्धी छनोट

काठमाडौं । कविताको रियालिटी सो ‘मेरो कविता : द रिदम अफ पोएट्री’काे अन्तिम चार प्रतिस्पर्धी कवि छनोट हुनुभएकाे छ । आयोजक माइ प्लेटफर्मले उहाँहरूलाई अन्तिम प्रतिस्पर्धीका रूपमा छनोट गरेको हो ।

विगत तीन महिनादेखि झापाको बेलडाँगीमा छायाङ्कन भइरहेको उक्त सोमा १४ प्रतिस्पर्धी भोटिङ चरणमा पुग्नुभएकाे थियाे । निर्णायकहरूको मूल्याङ्कन र सार्वजनिक भोटिङका आधारमा अन्तिम चार प्रतिस्पर्धी छनोट गरिएको निर्देशक केवल क्षेत्रीले जानकारी दिनुभयो ।

फाइनलमा पुग्ने कविमा पाँचथरका सेसे थाम्सुहाङ, तेह्रथुमका प्रवेग हाङस्रोङ, झापाको कचनकवलका टोलिप्रसाद राजवंशी र भारतको पश्चिम सिक्किमका सोनाम पाल्झोर रहनुभएकाे छ ।

करीब २ सय ५० जनाले डिजिटल अडिसनमा सहभागिता जनाएको सोमा ५० कविलाई फिजिकल अडिसनका लागि छनोट गरिएको थियो । विभिन्न चरण पार गर्दै अन्ततः चार प्रतिस्पर्धी फाइनलमा पुग्नुभएकाे हाे ।

कार्यक्रमको ग्रान्ड फिनाले आगामी चैत १६ गते हुने आयोजकले जनाएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.