साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

माधव वियोगी प्रतिष्ठानद्वारा तीन पुरस्कार घोषणा

माधव वियोगी प्रतिष्ठानद्वारा तीन पुरस्कार घोषणा

पोखरा । माधव वियोगी वाङ्मय प्रतिष्ठान, नेपालले २०८२ सालका लागि विभिन्न तीनवटा पुरस्कार तथा सम्मान घोषणा गरेको छ । प्रतिष्ठानको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

आगामी वैशाख ८ गते मनाइने छन्द दिवसका अवसरमा प्रदान गरिने ती पुरस्कारमध्ये ‘अग्निविष्णु छन्दसाधना पुरस्कार’ तनहुँ, देवघाट निवासी कवि कृष्णशरण उपाध्यायलाई प्रदान गरिने भएको छ । लामो समयदेखि छन्दोबद्ध कविता सिर्जना गर्दै आउनुभएकाे तथा द्रुतकाव्य सर्जकका रूपमा परिचित उपाध्यायलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । यो पुरस्कार प्रतिष्ठानका संस्थानायक माधव वियोगीका मातापिता विष्णुमाया र अग्निधर घिमिरेको नाममा स्थापना गरिएको हो । यसअघि उक्त पुरस्कार झापाका भानुभक्त कुभिण्डेलीले प्राप्त गर्नुभएकाे थियाे ।

त्यसैगरी ‘छन्द बचाऊँ वाचनकला पुरस्कार’ काठमाडौं निवासी कवि दिनेश पाण्डेलाई प्रदान गर्ने निर्णय गरिएको छ । कविता वाचनमा नवीन शैलीको प्रयोग गर्दै छन्दकविताको स्तरोन्नतिमा योगदान पुर्‍याएको भन्दै उहाँलाई यो सम्मान प्रदान गर्न लागिएको हो । यसअघि यो पुरस्कार कास्कीका शिव त्रिपाठी र बाराकी सरु बस्नेतले प्राप्त गरिसक्नुभएकाे छ ।

यसैक्रममा छन्द कविता लेखन र वाचनमा सक्रिय योगदान पुर्‍याउँदै आउनुभएकाे तनहुँकाे कवि वसुन्धरा पौडेललाई ‘माधव वियोगी सम्मान’ प्रदान गरिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष तथा काव्यकार छन्दमणि त्रिपाठीका अनुसार उक्त पुरस्कार तथा सम्मानहरू छन्द दिवसको अवसर पारेर औपचारिक रूपमा वितरण गरिनेछ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.