काठमाडौं । लेखिका शीबा शाहको नवीनतम उपन्यास ‘MOTHER MINE’ केन्द्रित साहित्यिक भेटघाट कार्यक्रम ललितपुरमा आयोजना हुने भएको छ ।
सन् २०२५ डिसेम्बरमा Speaking Tiger प्रकाशनबाट प्रकाशित २ सय ६८ पृष्ठको ‘मदर माइन’ उपन्यास एक युवा नेपाली आमाले लिएका असामान्य निर्णयहरू र त्यसले आमा–छोरीको जीवनमा पार्ने दीर्घकालीन प्रभावमाथि आधारित छ । कथाले दुई दशकपछि भारतको गोवामा हुने पुनर्मिलनमार्फत सम्बन्ध, पछुतो र पहिचानका तहहरूलाई उजागर गर्छ ।
कार्यक्रममा प्राज्ञ प्रा. अरुण गुप्ता र लेखिका तथा पोडकास्टर अल्फा एम. शाक्यसँगको संवादसमेत रहनेछ । उक्त कार्यक्रम ‘कथासाथा’को पहलमा आयोजना हुन लागेको हो । नेपाली लेखन र लेखकलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित कथासाथाले यसअघि पनि विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
पुस्तक Pilgrims Book House (ठमेल र झम्सिखेल) बाट अप्रिल ११ सम्म २० प्रतिशत छुटमा अग्रिम अर्डर गर्न सकिनेछ । साथै कार्यक्रमस्थलमै पनि सोही छुटदरमा पुस्तक उपलब्ध हुने जनाइएको छ ।
आगामी शनिबार, ११ अप्रिल २०२६ दिउँसो ३ बजे जावलाखेलस्थित म्यानी’ज इटेरी एण्ड बारमा आयोजना हुने उक्त कार्यक्रम सबैका लागि निःशुल्क र खुला रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार कार्यक्रमले नेपाली सन्दर्भमा लेखिएको अंग्रेजी साहित्यप्रति पाठक र स्रष्टाबीच संवाद विस्तार गर्ने अपेक्षा गरिएको छ ।

