साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

लक्जेम्बर्गमा पहिलोपटक साहित्यिक कार्यक्रमसहित २१३औँ भानुजयन्ती मनाइयो

लक्जेम्बर्गमा पहिलोपटक साहित्यिक कार्यक्रमसहित २१३औँ भानुजयन्ती मनाइयो

लक्जेम्बर्ग । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लक्जेम्बर्गको आयोजनामा २१३औँ भानुजयन्ती विशेष कार्यक्रम सम्पन्न भएको छ । यसलाई लक्जेम्बर्गमा नेपाली समुदायले आयोजना गरेको पहिलो साहित्यिक कार्यक्रमका रूपमा लिइएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष बालहरि राईले नेपाली भाषामार्फत राष्ट्रिय एकताको भावना सुदृढ बनाउने आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको बताउनुभयो ।

संस्थाका महासचिव नवजोत न्युरेले आफूजस्ता विदेशमा जन्मिएर पनि मातृभूमिप्रति आत्मीयता राख्ने नेपाली पुस्ताका लागि यस्ता कार्यक्रमले भाषा, साहित्य र संस्कृतिप्रतिको लगाव अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका अग्रज सदस्य खगेश्वर रेग्मीले आदिकवि भानुभक्त आचार्यको जीवनी र नेपाली भाषाको विकास तथा राष्ट्रिय एकतामा उहाँले पुर्‍याएको योगदानबारे प्रकाश पार्नुभयो। पत्रकार प्रतीक लामिछानेले भानुभक्तको जीवनका विविध उतारचढाव र साहित्यिक योगदानमाथि चर्चा गर्नुभयो ।

कवि तथा लेखक पदम गौतमले एनआरएनए लक्जेम्बर्गले भानुजयन्तीका अवसरमा साहित्यिक कार्यक्रम आयोजना गरेर सचेत र सांस्कृतिक उत्तरदायित्व बहन गर्ने संस्थाको परिचय दिएको उल्लेख गर्दै आफ्ना कविता वाचन गर्नुभयो । कार्यक्रममा कवि रेनुका भट्ट र नवोदित युवा कवि कसिक थापाले पनि कविता वाचन गर्नुभयो ।

संस्थाकी अध्यक्ष दुर्गा थापा केसीले संस्थाले विगतभन्दा फरक र सिर्जनात्मक कार्यक्रम आयोजना गर्ने लक्ष्यका साथ भानुजयन्ती विशेष कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।

कार्यक्रममा चार वर्षीय प्रतिभा प्रथम भट्ट गौतमले नेपालको राष्ट्रिय गान प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाउनुभएको थियो ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.