साहित्यपोस्ट डट कम

लघुकथा: शिला

लघुकथा: शिला

“भेट्दै भेट्दैन यार ।” रत्नेले भन्यो ।

“यो थुप्रोमा कहाँ भेट्नु ?” उसलाई साथ दिन अस्थायी सेल्टर देखि आएको मोतीले पनि हार मान्यो ।

नजिक भेटिएको काठको डण्डीले खोस्रन पनि खोजे दुवैजनाले । आशा अझै मरेको थिएन ।

“ ठूला मान्छेको पनि आफ्नै मात्र ध्याउन्न हुने हो क्यार ।” उसको बोलीमा गुनासो थियो ।

कुराको मेसो नपाएर मोतीले उसलाई जिज्ञासु आँखाले हेर्यो ।

“ बाबा ममीले पनि आ-आफ्नो सामान मात्र निकाल्न भ्याएछ्न् ।” रत्नेको परिभाषामा ठूला मान्छे आफ्नै बुबा आमा रहेछन् अहिलेलाई । आफ्नो कुरा प्रष्ट पार्यो ।

केही समयको प्रयास पछि दुवै थकित देखिए ।

पल्लो तर्फ मोतीको घर भएको पुरानो ठाउँमा गएर “पानी पिउन मन लाग्यो अन्टी ।” भन्दै अभिनय गर्यो रत्नेले ।

“तेरै घर पिए हुन्छ ।” मोती पनि जिस्किन के कम ! तर पुरानो समय दुवैलाई याद आयो ।

“अब तेरो र मेरो घरसँगै हुन्छ कि हुँदैन होला ?” अहिले भने रत्ने अलि गम्भीर देखियो ।

“ जहाँ भए पनि भेट्न आइज ल ।” मोतीले भन्यो ।

उनीहरू भग्नावशेषको थुप्रोमाथि डुल्दै थिए । स्कूल पनि ढलेको देखेपछि दुवैको मन खिन्न भयो ।

“ जे सि बि ले स्कुल पनि भत्काएछ ।” लामो श्वास फेर्दै मोतीले भन्यो ।

“ ए फुच्चेहरू के देखिरहेछ तिमीहरू ।” कसैले सोधेको देखेर उनीहरू पछाडी फर्के । कवाडी उठाउने मान्छे रहेछ ।

“हामी त हाम्रो किताब कपी राखेको झोला खोज्न आएको ।” रत्नेले भन्यो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.